विदेशमा रहेका विद्यार्थीको उद्दार गर्न राप्रपा विद्यार्थी संगठनको माग

विदेशमा रहेका विद्यार्थीको उद्दार गर्न राप्रपा विद्यार्थी संगठनको माग


काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संघठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विदेशका अध्ययनका लागि गएर अलपत्र परेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सोमबार विद्यार्थी संघठनका अध्यक्ष महेश बहादुर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

‘५४ हजारको हाराहारीमा नेपाली विद्यार्थी रहेको अष्ट्रेलियासहित युरोप, अमेरिका लगाएत अन्य देशहरुमा लाखौंको संख्यामा अध्ययनरत विद्यार्थीहरु पनि कोरोनाको मारमा परेका छन । अष्ट्रेलियाका प्रधानमन्त्रीले विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्कन समेत भनिसकेका छन । यस्तो अवस्थामा विदेशमा रहेका नेपाली विद्यार्थीहरुका समस्या समाधानका लागी सरकारले कुटनैतिक माध्यमबाट पहल गर्न जरुरी छ, विद्यार्थीहरुको काम समेत बन्द भएको र हप्तौं देखी लकडाउनमा बसेका कारण घरभाडा, कलेज शुल्कका साथै खानपिनमा समेत समस्या आइरहेको छ’–विज्ञप्तिमा भनिएको छ–‘त्यसैले यि समस्याहरुलाई गम्भीरताका साथ लिइ सरकार छ भन्ने कुरा समेत विश्वस्त तुल्याउन र राहतका कार्यक्रमहरु ल्याउनका साथै स्वदेश फर्कन चाहने विद्यार्थीहरुलाइ विभिन्न देशहरुबाट उदार गर्न राप्रविसं जोडदार माग गर्दछ ।’

त्यस्तै राप्रपा विद्यार्थी संगठनले संकटको घडिमा सरकार जनताप्रति प्रतिबद्ध नभएको आरोप समेत लगाएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामाग्री, परीक्षण किट जस्ता अत्यावश्क सामाग्री सरकारले उपलब्ध गराउन नसकेको संगठनको आरोप छ ।

त्यस्तैगरी संगठनले भारतीय सीमामा रोकिएका नेपालीको उद्दार गर्न, स्वास्थ्य सामाग्री खरिदमा गरिएको अनियमितताको छानविन गर्नुका साथै उपचारमा संलग्न स्वास्थकर्मी र सुरक्षाकर्मीको सुरक्षाको उचित प्रबन्ध गर्न समेत माग गरेको छ ।

Logo