#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कास्की ।गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन तीन तथा म्याग्दीका दुई जना छन् ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।त्यसैगरी पोखरा–२२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।पोखरा–३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।त्यस्तै पोखरा–१५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।रासस

कोरोनाबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु

कास्की ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन तीन तथा म्याग्दीका दुई जना छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा–२२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड–१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

पोखरा–३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड–१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

त्यस्तै पोखरा–१५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार