#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।आजका प्रमुख समाचारहरु मध्ये आज बडा दशैंको नवौं दिन अर्थात महानवमी पर्व । हिन्दु धर्मावलम्वीहरुले भव्यताका साथ मनाएका छन् । तर हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भने यो वर्ष कोरोनाको प्रभावका कारण खोलिएन ।प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । तर यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण राजधानीका अधिकांश मन्दिरहरु बन्द छन् ।कोभिड १९ का विरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट वञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागी बाध्य बनाएको जनगुनासो आएपछि सरकारले उपचार खर्च तिर्न सक्ने अवस्था नभएका बिरामीहरुलाई निःशुल्क उपचार गर्न विभिन्न अस्तपालहरुलाई निर्देशन दिएको छ । त्यस्तै उपचारमा ढिलाई हुँदा विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुनुपर्ने बताईएको छ ।युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरि भएको आत्मघाती आक्रमणमा भएको छ । उक्त आक्रमणमा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ । त्यस्तै तालिबानीहरुलाई कारबाही गर्न गरिएको अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिएका छन् । भिडियो : 

महानवमी पर्व मनाइयोदेखि उपचार गर्न नसक्ने संक्रमितको निःशुल्क उपचार गराउन निर्देशनसम्म (भिडियो)

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये आज बडा दशैंको नवौं दिन अर्थात महानवमी पर्व । हिन्दु धर्मावलम्वीहरुले भव्यताका साथ मनाएका छन् । तर हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भने यो वर्ष कोरोनाको प्रभावका कारण खोलिएन ।

प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । तर यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण राजधानीका अधिकांश मन्दिरहरु बन्द छन् ।

कोभिड १९ का विरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट वञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागी बाध्य बनाएको जनगुनासो आएपछि सरकारले उपचार खर्च तिर्न सक्ने अवस्था नभएका बिरामीहरुलाई निःशुल्क उपचार गर्न विभिन्न अस्तपालहरुलाई निर्देशन दिएको छ । त्यस्तै उपचारमा ढिलाई हुँदा विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुनुपर्ने बताईएको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरि भएको आत्मघाती आक्रमणमा भएको छ । उक्त आक्रमणमा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ । त्यस्तै तालिबानीहरुलाई कारबाही गर्न गरिएको अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिएका छन् । भिडियो :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार