#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
नयाँदिल्ली ।भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित मध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ ।भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ ।कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

नयाँदिल्ली ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित मध्ये ५७८ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ ।

भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ ।

कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार