#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १७ रनमा अविजित रहे ।साथै अर्का ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा  ५४ रनमा अविजित रहे । दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् ।यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

राजस्थानसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।

राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले । स्टोक्स ६० बलमा १७ रनमा अविजित रहे ।

साथै अर्का ब्याट्सम्यान सन्जु स्यामसन ३१ बलमा  ५४ रनमा अविजित रहे । दोस्रो ओभरको पाँचौ बलमा ओपनर रोबिन उथप्पालाई जेम्स प्याटिनसनले कप्तान काइरन पोलार्डबाट १३ रनमा क्याच आउट गराएका थिए । पाँचौ ओभरको चौथो बलमा प्याटिनसनले स्टिभ स्मिथलाई ११ रनमा बोल्ड आउट गरेका थिए । मुम्बईका जेम्श प्याटिनसनले २ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १९५ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै हार्दिक पान्ड्या २१ बलमा ६० रनमा अविजित रहेपनि टोलीको हार टानए सकेनन् ।

यो जितसँगै राजस्थानको प्ले अफ सम्भावना कायमै रहेको छ । राजस्थानले अव शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार