#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
रौतहट ।नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ । विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपडा लगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ ।नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोष्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवा लगायतबाट कपडा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओलीले कडा कारवाही गर्नुभएको छ । कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामदसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिनुभयो ।उहाँका अनुसार विशेष सूचना पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । शनिबार राति मोटरसाइकलसहित करीब रु नौ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ । भारत नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब रु चार लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा –रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब रु चार लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताउनुभयो ।विभिन्न नाकाबाट तस्करी हुन थालेपछि मातहतका एकाइलाई नियन्त्रण गर्न र भागेका तस्करको खोजतलाससमेत गर्न निर्देशन दिइएको छ । बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि कार्यालय खुलेपछि भन्सार कार्यालय बुझाइने सप्रउ ओलीले जानकारी दिनुभयो ।रासस

रौतहटबाट मोटरसाइकलसहित तस्करीका सामग्री बरामद

रौतहट ।

नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ । विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपडा लगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ ।

नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोष्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवा लगायतबाट कपडा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।

जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओलीले कडा कारवाही गर्नुभएको छ । कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।

नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामदसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचना पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । शनिबार राति मोटरसाइकलसहित करीब रु नौ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ । भारत नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब रु चार लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा –रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब रु चार लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताउनुभयो ।

विभिन्न नाकाबाट तस्करी हुन थालेपछि मातहतका एकाइलाई नियन्त्रण गर्न र भागेका तस्करको खोजतलाससमेत गर्न निर्देशन दिइएको छ । बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि कार्यालय खुलेपछि भन्सार कार्यालय बुझाइने सप्रउ ओलीले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार