#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
पोखराः विजयादशमीका दिन सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर यस वर्षा काेरोनाका कारण सुनसान देखिएको छ ।परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नभएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो । नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उनले जानकारी दिए ।

कोरोनाका कारण कोटभैरव मन्दिर सुनसान

पोखराः विजयादशमीका दिन सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर यस वर्षा काेरोनाका कारण सुनसान देखिएको छ ।

परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नभएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो । नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।

ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।

विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार