#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बडा दशैँको दशौँ र मुख्य दिन आज विजयादशमी । सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले रातो टीका एवं जमरा लगाएर हर्षोल्लासका साथ मनाएका छन् । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।नेपालीहरुले बडा दशैँलाई आफ्नो दैनिक कामबाट विश्राम लिएर आफ्नो पुख्यौली घर फर्कने पर्वका रुपमा लिन्छन् । तर यहि दशैँकै समयमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढिरहेको छ । सिनो हाइड्रोले परिचालन गरेका करिब २ सय २० भन्दा बढी नेपाली मजदूर दशैं मनाउन घर गएपछि हाल चिनियाँ मजदूरले धमाधम आयोजनाको काम गरिरहेका छन् ।लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।युएइमा जारि इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकत्ता नाइट राइडर र किङ्स इलाभने पन्जाबबिच प्रतिस्पर्धा हुदैछ । सारजाहा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साझ ७ः४५ शुरु हुनेछ । केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब छैटौं जित निकाल्न चाहन्छ । कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको आतंक आगामी महिनामा झन् बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण कम हुनुको सट्टा धेरै देशहरुमा झन् बढ्दै गइरहेको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भिडियो :

विजयादशमीको टीका लगाइयोदेखि हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदियोसम्म (भिडियो)

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बडा दशैँको दशौँ र मुख्य दिन आज विजयादशमी । सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले रातो टीका एवं जमरा लगाएर हर्षोल्लासका साथ मनाएका छन् । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।

नेपालीहरुले बडा दशैँलाई आफ्नो दैनिक कामबाट विश्राम लिएर आफ्नो पुख्यौली घर फर्कने पर्वका रुपमा लिन्छन् । तर यहि दशैँकै समयमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढिरहेको छ । सिनो हाइड्रोले परिचालन गरेका करिब २ सय २० भन्दा बढी नेपाली मजदूर दशैं मनाउन घर गएपछि हाल चिनियाँ मजदूरले धमाधम आयोजनाको काम गरिरहेका छन् ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

युएइमा जारि इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज कोलकत्ता नाइट राइडर र किङ्स इलाभने पन्जाबबिच प्रतिस्पर्धा हुदैछ । सारजाहा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साझ ७ः४५ शुरु हुनेछ । केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब छैटौं जित निकाल्न चाहन्छ । कोलकातालाई हराएर पन्जाब पनि प्ले अफ होड कायम राख्न चाहन्छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको आतंक आगामी महिनामा झन् बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण कम हुनुको सट्टा धेरै देशहरुमा झन् बढ्दै गइरहेको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।भिडियो :

सम्बन्धित समाचारहरु

ताजा समाचार