#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
file photo
कपिलवस्तु ।जिल्लाको विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो ।कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको भनाइ छ ।गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले हरेक क्षेत्रमा महिला पछाडि परेकाले तिनको उच्च शिक्षामा ध्यान जरुरी रहेको बताइन् । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बीचैमा विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई खोजेर उडान सिकाइ केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरिएको बताइन् ।साइकल पाएपछि किशोरीले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहुँदा यहाँका बालबालिका पाँच किलोमिटरको पैदल हिँडी विद्यालय आउने गरेका थिए ।रासस

१५७ जना किशोरीलाई साइकल वितरण

file photo

कपिलवस्तु ।

जिल्लाको विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो ।

कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले हरेक क्षेत्रमा महिला पछाडि परेकाले तिनको उच्च शिक्षामा ध्यान जरुरी रहेको बताइन् । सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बीचैमा विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई खोजेर उडान सिकाइ केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरिएको बताइन् ।

साइकल पाएपछि किशोरीले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहुँदा यहाँका बालबालिका पाँच किलोमिटरको पैदल हिँडी विद्यालय आउने गरेका थिए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार