#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
  • तिलु शर्मा पौडेल; दोहा कतार
आस्थावानहरुको महान् पर्व बडा दशै विदेशमा रहेका नेपालीहरूले  पनि भव्य रूपमा मनाएका छन् । कोरोनाका कारण विगतमा जस्तो विविध कार्यक्रमहरू आयोजना गर्न असहज रहे पनि मान्यजनहरूको हातबाट टिका तथा आशीर्वाद लिने संस्कारले यो वर्ष पनि निरन्तरता पाएको छ ।कतारमा यो साल सीमित व्यक्ति, बस्ती तथा कम्पनीका निवास भित्र  दसैँ मनाइएको छ । कोरोनाका कारण यहाँका हल तथा होटेलहरूको क्षमता अनुसार ३०% भन्दा बढी जम्मा हुन नपाइने नियम भएकोले होटलहरुमा दसैँ मनाउनेहरू कम देखिएका हुन ।दशमी सोमबार परेका कारण पनि दसैँ मनाउनेहरूको सङ्ख्यामा केही कमी देखिएको हो ।किनकि खाडी राष्ट्र मा शुक्रवार मात्र साप्ताहिक बिदा मिल्ने गर्दछ  । यद्यपि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थागत विजयादशमी मनाएको छ । अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाले कम्पनीमा कार्यरत नेपालीहरू माझ दसैँ मनाए । कोरोनाका कारण संस्थागत गतिविधि गर्न नसकिएको थापाको भनाई छ । मोरङ सुनसरी सेवा समाजका अध्यक्ष दिलीप पराजुली, अर्धाखाची सेवा समाजका अध्यक्ष लगायतले पनि सीमित व्यक्ति माझ दसैँ मनाएका छन् ।कतारका नेपाली टिकटक प्रयोगकर्ताहरू सुरज चन्द, वर्षा कोइराला लगायतको टिमले एक कार्यक्रमको आयोजना गरी दसैँ मनाएका छन् । नेपाली प्रवासी एकता मञ्चका अगुवाहरू, एनआरएनए आइसिसीका सदस्य रमेश भट्ट, आइसिसी सल्लाहकार टिबी कार्की लगायत विभिन्न सङ्घ संस्था, व्यवसायी तथा बुद्धिजीवीहरूले साँघुरो घेरा भित्रै दसैँ  मनाएका छन्। 

कतारमा कोरोनाका कारण दसैँको रौनकमा कमी

  • तिलु शर्मा पौडेल; दोहा कतार

आस्थावानहरुको महान् पर्व बडा दशै विदेशमा रहेका नेपालीहरूले  पनि भव्य रूपमा मनाएका छन् । कोरोनाका कारण विगतमा जस्तो विविध कार्यक्रमहरू आयोजना गर्न असहज रहे पनि मान्यजनहरूको हातबाट टिका तथा आशीर्वाद लिने संस्कारले यो वर्ष पनि निरन्तरता पाएको छ ।

कतारमा यो साल सीमित व्यक्ति, बस्ती तथा कम्पनीका निवास भित्र  दसैँ मनाइएको छ । कोरोनाका कारण यहाँका हल तथा होटेलहरूको क्षमता अनुसार ३०% भन्दा बढी जम्मा हुन नपाइने नियम भएकोले होटलहरुमा दसैँ मनाउनेहरू कम देखिएका हुन ।

दशमी सोमबार परेका कारण पनि दसैँ मनाउनेहरूको सङ्ख्यामा केही कमी देखिएको हो ।किनकि खाडी राष्ट्र मा शुक्रवार मात्र साप्ताहिक बिदा मिल्ने गर्दछ  । यद्यपि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थागत विजयादशमी मनाएको छ । अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाले कम्पनीमा कार्यरत नेपालीहरू माझ दसैँ मनाए । कोरोनाका कारण संस्थागत गतिविधि गर्न नसकिएको थापाको भनाई छ । मोरङ सुनसरी सेवा समाजका अध्यक्ष दिलीप पराजुली, अर्धाखाची सेवा समाजका अध्यक्ष लगायतले पनि सीमित व्यक्ति माझ दसैँ मनाएका छन् ।

कतारका नेपाली टिकटक प्रयोगकर्ताहरू सुरज चन्द, वर्षा कोइराला लगायतको टिमले एक कार्यक्रमको आयोजना गरी दसैँ मनाएका छन् । नेपाली प्रवासी एकता मञ्चका अगुवाहरू, एनआरएनए आइसिसीका सदस्य रमेश भट्ट, आइसिसी सल्लाहकार टिबी कार्की लगायत विभिन्न सङ्घ संस्था, व्यवसायी तथा बुद्धिजीवीहरूले साँघुरो घेरा भित्रै दसैँ  मनाएका छन्।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार