#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये दुर्गापक्षको मुख्य दिन विजयादशमीमा टीका लगाउन जान नभ्याएकाहरुले आज पनि आफन्त र मान्यजनहरुको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका छन् । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर रहनेछ ।तिहारपछि सुरु गर्ने योजना रहेको दैलेखको पेट्राेलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम कोरोना भाइरसका कारण फागुनदेखि मात्र सुरु हुने भएको छ । दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखिएपछि हाल कुन स्थानबाट ड्रिल गर्ने भन्ने अध्ययनको प्रतिवेदन तयार भईसकेको बताईएको छ ।युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । श्रेयस एयरको कप्तानी मैदान उत्रने दिल्ली सहज जितको खोजिमा हुनेछ भने यता डेविड वार्नरको कप्तानिमा मैदान उत्रने हैदराबादलाइ प्ले अफको सम्भावना कायम राख्न पनि जित्नै पर्ने दवाब रहेको छ ।२०२४ सम्म चन्द्रमाको सतहमा मानिसलाई पुर्याई आगामी १ दशकभित्र स्थायी मानव उपस्थिति सुनिश्चित गर्ने नासाको लक्ष्य चाँडै पूरा हुने संकेत देखिएको छ । किनकी हालसालै सार्वजनिक भएको जानकारी अनुसार नासाले गरेको एक अध्ययनमा चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटिएको छ ।राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । तर कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान माग गरेपछि मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को विवाद कायमै रहेको छ । भिडियो : 

चन्द्रमाको सतहमा पानी भेटियोदेखि दैलेखमा पेट्राेलियम पदार्थ अन्वेषण फागुनदेखि सम्म (भिडियो)

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये दुर्गापक्षको मुख्य दिन विजयादशमीमा टीका लगाउन जान नभ्याएकाहरुले आज पनि आफन्त र मान्यजनहरुको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका छन् । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर रहनेछ ।

तिहारपछि सुरु गर्ने योजना रहेको दैलेखको पेट्राेलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम कोरोना भाइरसका कारण फागुनदेखि मात्र सुरु हुने भएको छ । दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखिएपछि हाल कुन स्थानबाट ड्रिल गर्ने भन्ने अध्ययनको प्रतिवेदन तयार भईसकेको बताईएको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । श्रेयस एयरको कप्तानी मैदान उत्रने दिल्ली सहज जितको खोजिमा हुनेछ भने यता डेविड वार्नरको कप्तानिमा मैदान उत्रने हैदराबादलाइ प्ले अफको सम्भावना कायम राख्न पनि जित्नै पर्ने दवाब रहेको छ ।

२०२४ सम्म चन्द्रमाको सतहमा मानिसलाई पुर्याई आगामी १ दशकभित्र स्थायी मानव उपस्थिति सुनिश्चित गर्ने नासाको लक्ष्य चाँडै पूरा हुने संकेत देखिएको छ । किनकी हालसालै सार्वजनिक भएको जानकारी अनुसार नासाले गरेको एक अध्ययनमा चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटिएको छ ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । तर कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान माग गरेपछि मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को विवाद कायमै रहेको छ । भिडियो :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार