#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
    • दुर्गा पंगेनी
नेपाली सांगीतिक क्षेत्रको अवस्था निकै दयनीय छ । त्यो कसरी भने यहाँ कलाकारहरू एकदमै सोझा  छन् । सबै होइन अधिकांश कलाकार ‘लिखित सम्झौता’ को बारे अनभिज्ञ नै छन् । पढेलेखेका र बाठा भनिएका अत्यन्तै चर्चित कलाकारहरू समेत “प्रतिलिपि अधिकार” र “सम्पत्ति माथिको हक” को बारेमा कुरागर्न अनिच्छुक नै भएको अनुभूति अहिले घटेका केही घटनाक्रमले पुष्टि गरेका छन् । त्यस मध्येको एक प्रतिनिधि घटनाको बारेमा आज यहाँ चर्चा गरौँ।
  • कोही कुनै पनि सर्जक या गायक गायिका अथवा लगानीकर्ता प्रति मेरो कुनै आग्रह पुर्वाग्रह  नरहेको स्पष्ट पार्न चाहन्छु यो ब्लग कसैको पक्ष या विपक्षमा लेखिएको पनि होइन भन्ने जानकारी गराउन चाहन्छु -धन्यवाद
महामारीको कारण लोकदोहोरी गीतको क्षेत्र लगभग शून्य प्राय अवस्थामा पुग्नै लागेको अवस्थामा अचानक हलचल मच्चाउँदै गत तीजमा यौटा गीत आयो “सोचे झैँ जिन्दगी रैनछ” भन्ने । त्यो गीतमा प्रयोग भएका शब्द, लय र नृत्यका केही स्टेपले गीत भाइरल हुन पुग्यो । त्यही गीतलाई अन्य कुनै तरिकाले फिल्माएको भए र नृत्यका ती स्टेप समावेश नगरेको भए यो गीत यसरी भाइरल हुन्थ्यो या हुन्थेन अनुमान गर्न गाह्रो छ किनकि टिकटक लगायत जति पनि गीतको विज्ञापन हुने प्लेटफर्महरू छन् त्यहाँ तिनै डान्स स्टेपहरु अत्यधिक प्रयोग भएका छन् ।अब विवाद तर्फ हेरौँ । गीत तयार हुँदा सम्म यो गीतले यसरी तहल्का नै मच्चाउने र हजारौँ डलर आम्दानी गर्ने अनुमान कसैको पनि थिएन ।  सायद गीतकार, सङ्गीतकार र गायक गायिका कोही कसैले पनि यसरी गीत सुपर हिट हुन्छ भन्ने तर्फ सोचेका थिएनन् । हालांकी त्यसरी भाइरल भइदेओस् भन्ने चाहना सबैको हुन्छ । तर जब अचानक गीतले बजारमा तहल्का मच्चाउन सुरु गर्‍यो तब विवादले पनि तुल समाउँदै गएको प्रत्यक्ष देख्न भने सकिन्छ ।आज सम्म गायिका मधु छेत्रीले लगाएको आरोप अनुसार “गीतको लगानीकर्ता आफू भएको र त्यो भिडियोमा आफ्नो हक भएको कारण त्यसबाट हुने आम्दानी को ‘ड्यासबोर्ड’ आफूले हेर्न पाउनुपर्ने र बाँडफाँड न्यायोचित रूपमा हुनुपर्ने” मात्र हो जस्तो लागिरहेको थियो हालांकी दुवै कलाकारले लिखित रूपमा कुनै कागज भने गरेका रहेनछन् । जुन अधिकांश कलाकारहरूले गर्दैनन् पनि ।  तर जब खेम सेन्चुरीले आफ्नो कुरा मिडियामा राखे तब अर्को प्रश्न उब्जिएको छ ।खेम सेन्चुरी भन्छन् “गीत गाएको र लय बनाएको ‘तिस हजार पारिश्रमिक बेग्लै लिएर’ पनि गीतको सम्पूर्ण स्वामित्व आफूमा निहित रहने गरी मात्र मधुले लगानी गरेको हो” । यहाँ सम्म आइपुग्दा लागानीकर्ताको कुरा के हुनसक्छ भने “लगानीकर्ता को हक” खोइ त? अडियो रेकर्ड देखी भिडियो निर्माण सम्म लगातार पैसा लगानी गरेकी गायिकाको ‘हक’ केवल त्यो गीत गाउन पाउने ‘मौका पाउनु’ मात्र हो? त्यसो हो भने यसलाई नयाँ प्रचलन नै मान्नु पर्छ नत्र आम रूपमा आजसम्म बुझिँदै आएको कुरा के हो भने लय,शब्दहरूमा  सर्जकको प्रतिलिपि अधिकार रहे पनि त्यसबाट जुन सम्पत्ति तयार हुन्छ त्यसमा लगानीकर्ताको ‘हक’ स्थापित हुनु पर्दछ । तर यहाँ त्यस्तो देखिएन । (यो मेरो बिचार नभई लगानीकर्ताको तर्फबाट युट्युब भिडियोहरूमा आएको कुरा हो भन्ने जानकारी गराउन चाहन्छु) ।खेमले भनेझैँ हुने हो भने, आफ्नो युट्युबमा हाल्दैमा अरूले लगानी गरेको गीत युट्युब वालाको हुने हो भने म्युजिक नेपालले सम्बन्धित लगानीकर्ताहरूलाई धमाधम गीत किन फिर्ता गरिरहेको छ ? किन लगानीकर्ताहरू करार अवधि सकिएपछि आफ्नो सम्पत्ति फिर्ता मागिरहेका छन् ? किनभने  सम्झौताको समयावधि हुन्छ, करार हुन्छ । मधु छेत्रीले त्यो गीत कति समयको लागि खेमको च्यानलमा राखेर बजार व्यवस्थापन या बेचबिखन  गर्नको  लागि अधिकार दिएको हो त्यो समय सकिएपछि भिडियो मधुको हुन्छ । सामान्य नियम यही नै हो ।खेमले आफ्नो लय आफूखुसी प्रयोग गर्न पाउँछन् त्यसका पनि “व्यापारिक” र “गैह्र नाफामूलक” प्रयोग सम्बन्धी व्यवस्थाहरू छन् । सबै कुरा मौखिक सहमतिको आधारमा गरिएको हो भन्दैमा अरूले लाखौँ लगानी गरेको भिडियो युट्युबमा अपलोड गरेकै भरमा लगानीकर्ताको अस्तित्व नै अस्वीकार गर्न  कसैले पनि पाउँदैन । तर अब मुद्दा सतहमा आइसकेपछि त्यसको छिनोफानो कानुन अनुसार होला नै त्यो भने प्रतीक्षाको विषय बनेको छ ।केही गल्तीहरू गायिका मधु छेत्रीको तर्फबाट पनि भएको देखिन्छ ।  आवेशमा आएर जथाभाबी भन्नु, धम्क्याउनु लगायतका काम भएका हुन् भने ती मर्यादित हुन् भनेर समर्थन गर्न सकिँदैन ।  गायिकाले नबुझेको अर्को कुरा के पनि हो भने ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय” मा बसेर अग्रजहरूको रोहवरमा सम्पूर्ण लगानी फिर्ता र आगामी एक बर्ष सम्मको आम्दानी बाँडफाँड सम्बन्धी कागज गरेर सहमती जनाई सकेपछी (यो खेम सेन्चुरी को दावी हो) फेरी पटक पटक पैसा माग्न मिल्ने थिएन की ? यो प्रश्न पनि अनुत्तरित नै छ ।अथवा त्यो कागजले त्यो भिडियोमा ‘गायिकाको सम्पत्ति माथिको हक’ लाई प्रमाणित गरेको थियो भने  आज बजार व्यवस्थापन गर्ने जिम्मा लिएको कम्पनी या मान्छे ले हिसाब नदेखाएर केही फरक पर्ने थिएन ।  बाँडफाँडमा चित्त नबुझे उनले उजुरी गर्ने धेरै ठाउँहरू थिए ।  कागज अनुसार भुक्तानी नपाए ‘ठगी’ ठहरिन्थ्यो ।  त्यो कुरालाई ठुलो रूप दिनुपर्ने केही थिएन ।  तर मधुले सिङ्गो संस्थाको अपमान हुने गरी मिडियामा अभिव्यक्ति दिन पुगिन, त्यो गल्ती भने उनले स्विकार्नु र सुधार्नु पर्दछ । गायक सेन्चुरी को हकमा पनि सोहीअनुसार –यदि कागज गरेर गीतको स्वामित्व आफुले लिएको र गायिकालाई एक बर्ष सम्मको आम्दानीमा भाग दिने भनिसकेको हो भने कानुन अनुसार गर्नु गराउनु भन्न सक्नु पर्थ्यो –यहाँ त्यसो हुन सकेन किनभने ‘लिखत’ को महत्व ‘झगडिया’ दुवै पक्षले बुझ्न सकेको देखिएन ।अहिले सम्म यो गीतलाई लिएर जति पनि झगडा भए जति पनि विवादहरु भए अब यी विवादहरूको समाधान खोज्ने बेला भएको छ । झगडा बढ्दै गएपछि खेम सेन्चुरीले ‘गीतको सम्पूर्ण लगानी फिर्ता गरेको’ देखिन्छ । त्यसरी लगानी फिर्ता गरिसक्दा समेत कुनै कागज नगर्नु र स्वामित्व हस्तान्तरण को प्रमाण नराख्नु उनको कमजोरी हो र लगानी फिर्ता गर्दा स्वामित्व फिर्ता को कागज किन नगरेको ? किनभने उनीहरू सबै त्यो समय सम्म पनि ‘भावना’ मै चलिरहेका थिए ।  सबै कुरा भावनामा मात्र चल्दैनन् भन्ने कुरा अब सर्जक र लगानीकर्ता दुवैले बुझ्ने समय भएको छ । युग अनुसारको व्यवहार गर्नु जरुरी हुन पुगेको छ ।अब सम्पत्ती माथिको स्वामित्व, लय र शब्दको प्रतिलिपि अधिकार बारे कानुनतः परिभाषित गराउनै पर्छ र यस बारेमा कलाकारलाई बुझाउनै पर्छ । किनभने आजसम्म जति पनि गीत बनेका छन र जति पनि म्युजिक भिडियो बजारमा छन् ती मध्ये अधिकांश गीतका लगानीकर्ताले अहिलेसम्म नाफा बापत कुनै रकम फिर्ता पाएका छैनन् । अझ केही चल्तीका सर्जकहरूले ‘गीत मेरै च्यानलबाट अपलोड गर्ने भए मात्र गीत बनाइदिन्छु” भनेर अधिकांश लगानीकर्ताहरूलाई चेपुवामा पारेको प्रत्यक्ष देख्न सकिन्छ । चल्तीका गीतकारहरू ढुक्क छन् । गीत चाहिएका ग्राहक आउँछन् तर “मेरो आफ्नै च्यानलमा अपलोड गर्ने भए गीत दिने हो नत्र दिन्न” भन्छन् । लगानीकर्ता ‘मजबुर’ छन् । यो सर्जक को गीत गाउन सके त पक्का हिट हुन्थेँ कि भन्ने आशामा हुन्छन् । यस्तो अवस्थामा समेत लिखत कागज गर्दैनन् र गीत हिट भएपछि विवाद सुरु हुन्छ ।केही सर्जकले तिमी लगानी गर, मेरो च्यानलमा अपलोड गरौँ, एक वर्ष सम्मको कमाइ तिमीलाई भयो भनेर लोभ्याउने गरेको पनि देखिन्छ सुनिन्छ । लगानीकर्ता त्यतिमै मक्ख परेको देखिन्छ । यस्ता कुरा मा समेत कुनै लिखित दस्ताबेज गराउने गरेको देखिँदैन । म्युजिक नेपाल, विन्दवासिनी म्युजिक लगायत केही ठुला कम्पनीहरूले लिखत गर्ने गरेको भए पनि अधिकांश सर्जकले “मौखिक” र लगानीकर्ताले “भावनात्मक” रूपमै सम्झौता गरेर काम गरेको देख्न सकिन्छ ।तीजका लगभग सबै गीतमा महिला कलाकारको लगानी हुन्छ तर उत्पादन अनुसार पच्चीस प्रतिशत गीत पनि गायिकाहरूको च्यानलमा अपलोड भएको देखिन्नन् त्यति मात्र होइन गायिकाहरूले कुनै प्रतिफल या कमाइको हिस्सा प्राप्त पनि गरेका छैनन् । अधिकांश गायिकाले त ती ‘सर्जक या कलाकार’ सँग काम गर्न पाउनु नै आफ्नोलागि मौकाको कुरा हो भनेर आफ्नो सम्पत्ति हस्तान्तरण गरेका छन् तर आधिकारिक लिखत या दस्ताबेज कसै सँग छैन । कुनै सम्झौताको कागज गरेका छैनन् ।अब कलाकारहरू एक स्टेप अगाडी बढेर ‘लिखित सम्झौता’ गर्ने तौर तरिकामा बानी पर्न सिक्नु पर्दछ र पछि विवाद नगर्ने गरी आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने समय भएको छ –कसैको पनि झगडा नहोस्, सबैको जय होस्, भलो होस् अनि नेपाली साङ्गीतिक क्षेत्रका समस्याहरू सधैँ ‘भावना’ मा मात्र नचलुन्, कानुन अनुसार समस्याको समाधान भएको देख्न पाइयोस्, सबैको प्रतिलिपि अधिकार सम्पत्ति माथिको अधिकार सुरक्षित बनोस् भन्ने कामना गर्दै –छिट्टै आउन लागेको दीपावलीको अनेक अनेक शुभकामना व्यक्त गर्न चाहन्छु ।

मधु छेत्री र खेम सेन्चुरी बिचको विवाद र लिखित सम्झौताको महत्त्व

    • दुर्गा पंगेनी

नेपाली सांगीतिक क्षेत्रको अवस्था निकै दयनीय छ । त्यो कसरी भने यहाँ कलाकारहरू एकदमै सोझा  छन् । सबै होइन अधिकांश कलाकार ‘लिखित सम्झौता’ को बारे अनभिज्ञ नै छन् । पढेलेखेका र बाठा भनिएका अत्यन्तै चर्चित कलाकारहरू समेत “प्रतिलिपि अधिकार” र “सम्पत्ति माथिको हक” को बारेमा कुरागर्न अनिच्छुक नै भएको अनुभूति अहिले घटेका केही घटनाक्रमले पुष्टि गरेका छन् । त्यस मध्येको एक प्रतिनिधि घटनाको बारेमा आज यहाँ चर्चा गरौँ।

  • कोही कुनै पनि सर्जक या गायक गायिका अथवा लगानीकर्ता प्रति मेरो कुनै आग्रह पुर्वाग्रह  नरहेको स्पष्ट पार्न चाहन्छु यो ब्लग कसैको पक्ष या विपक्षमा लेखिएको पनि होइन भन्ने जानकारी गराउन चाहन्छु -धन्यवाद

महामारीको कारण लोकदोहोरी गीतको क्षेत्र लगभग शून्य प्राय अवस्थामा पुग्नै लागेको अवस्थामा अचानक हलचल मच्चाउँदै गत तीजमा यौटा गीत आयो “सोचे झैँ जिन्दगी रैनछ” भन्ने । त्यो गीतमा प्रयोग भएका शब्द, लय र नृत्यका केही स्टेपले गीत भाइरल हुन पुग्यो । त्यही गीतलाई अन्य कुनै तरिकाले फिल्माएको भए र नृत्यका ती स्टेप समावेश नगरेको भए यो गीत यसरी भाइरल हुन्थ्यो या हुन्थेन अनुमान गर्न गाह्रो छ किनकि टिकटक लगायत जति पनि गीतको विज्ञापन हुने प्लेटफर्महरू छन् त्यहाँ तिनै डान्स स्टेपहरु अत्यधिक प्रयोग भएका छन् ।

अब विवाद तर्फ हेरौँ । गीत तयार हुँदा सम्म यो गीतले यसरी तहल्का नै मच्चाउने र हजारौँ डलर आम्दानी गर्ने अनुमान कसैको पनि थिएन ।  सायद गीतकार, सङ्गीतकार र गायक गायिका कोही कसैले पनि यसरी गीत सुपर हिट हुन्छ भन्ने तर्फ सोचेका थिएनन् । हालांकी त्यसरी भाइरल भइदेओस् भन्ने चाहना सबैको हुन्छ । तर जब अचानक गीतले बजारमा तहल्का मच्चाउन सुरु गर्‍यो तब विवादले पनि तुल समाउँदै गएको प्रत्यक्ष देख्न भने सकिन्छ ।

आज सम्म गायिका मधु छेत्रीले लगाएको आरोप अनुसार “गीतको लगानीकर्ता आफू भएको र त्यो भिडियोमा आफ्नो हक भएको कारण त्यसबाट हुने आम्दानी को ‘ड्यासबोर्ड’ आफूले हेर्न पाउनुपर्ने र बाँडफाँड न्यायोचित रूपमा हुनुपर्ने” मात्र हो जस्तो लागिरहेको थियो हालांकी दुवै कलाकारले लिखित रूपमा कुनै कागज भने गरेका रहेनछन् । जुन अधिकांश कलाकारहरूले गर्दैनन् पनि ।  तर जब खेम सेन्चुरीले आफ्नो कुरा मिडियामा राखे तब अर्को प्रश्न उब्जिएको छ ।

खेम सेन्चुरी भन्छन् “गीत गाएको र लय बनाएको ‘तिस हजार पारिश्रमिक बेग्लै लिएर’ पनि गीतको सम्पूर्ण स्वामित्व आफूमा निहित रहने गरी मात्र मधुले लगानी गरेको हो” । यहाँ सम्म आइपुग्दा लागानीकर्ताको कुरा के हुनसक्छ भने “लगानीकर्ता को हक” खोइ त? अडियो रेकर्ड देखी भिडियो निर्माण सम्म लगातार पैसा लगानी गरेकी गायिकाको ‘हक’ केवल त्यो गीत गाउन पाउने ‘मौका पाउनु’ मात्र हो? त्यसो हो भने यसलाई नयाँ प्रचलन नै मान्नु पर्छ नत्र आम रूपमा आजसम्म बुझिँदै आएको कुरा के हो भने लय,शब्दहरूमा  सर्जकको प्रतिलिपि अधिकार रहे पनि त्यसबाट जुन सम्पत्ति तयार हुन्छ त्यसमा लगानीकर्ताको ‘हक’ स्थापित हुनु पर्दछ । तर यहाँ त्यस्तो देखिएन । (यो मेरो बिचार नभई लगानीकर्ताको तर्फबाट युट्युब भिडियोहरूमा आएको कुरा हो भन्ने जानकारी गराउन चाहन्छु) ।

खेमले भनेझैँ हुने हो भने, आफ्नो युट्युबमा हाल्दैमा अरूले लगानी गरेको गीत युट्युब वालाको हुने हो भने म्युजिक नेपालले सम्बन्धित लगानीकर्ताहरूलाई धमाधम गीत किन फिर्ता गरिरहेको छ ? किन लगानीकर्ताहरू करार अवधि सकिएपछि आफ्नो सम्पत्ति फिर्ता मागिरहेका छन् ? किनभने  सम्झौताको समयावधि हुन्छ, करार हुन्छ । मधु छेत्रीले त्यो गीत कति समयको लागि खेमको च्यानलमा राखेर बजार व्यवस्थापन या बेचबिखन  गर्नको  लागि अधिकार दिएको हो त्यो समय सकिएपछि भिडियो मधुको हुन्छ । सामान्य नियम यही नै हो ।

खेमले आफ्नो लय आफूखुसी प्रयोग गर्न पाउँछन् त्यसका पनि “व्यापारिक” र “गैह्र नाफामूलक” प्रयोग सम्बन्धी व्यवस्थाहरू छन् । सबै कुरा मौखिक सहमतिको आधारमा गरिएको हो भन्दैमा अरूले लाखौँ लगानी गरेको भिडियो युट्युबमा अपलोड गरेकै भरमा लगानीकर्ताको अस्तित्व नै अस्वीकार गर्न  कसैले पनि पाउँदैन । तर अब मुद्दा सतहमा आइसकेपछि त्यसको छिनोफानो कानुन अनुसार होला नै त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

केही गल्तीहरू गायिका मधु छेत्रीको तर्फबाट पनि भएको देखिन्छ ।  आवेशमा आएर जथाभाबी भन्नु, धम्क्याउनु लगायतका काम भएका हुन् भने ती मर्यादित हुन् भनेर समर्थन गर्न सकिँदैन ।  गायिकाले नबुझेको अर्को कुरा के पनि हो भने ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय” मा बसेर अग्रजहरूको रोहवरमा सम्पूर्ण लगानी फिर्ता र आगामी एक बर्ष सम्मको आम्दानी बाँडफाँड सम्बन्धी कागज गरेर सहमती जनाई सकेपछी (यो खेम सेन्चुरी को दावी हो) फेरी पटक पटक पैसा माग्न मिल्ने थिएन की ? यो प्रश्न पनि अनुत्तरित नै छ ।

अथवा त्यो कागजले त्यो भिडियोमा ‘गायिकाको सम्पत्ति माथिको हक’ लाई प्रमाणित गरेको थियो भने  आज बजार व्यवस्थापन गर्ने जिम्मा लिएको कम्पनी या मान्छे ले हिसाब नदेखाएर केही फरक पर्ने थिएन ।  बाँडफाँडमा चित्त नबुझे उनले उजुरी गर्ने धेरै ठाउँहरू थिए ।  कागज अनुसार भुक्तानी नपाए ‘ठगी’ ठहरिन्थ्यो ।  त्यो कुरालाई ठुलो रूप दिनुपर्ने केही थिएन ।  तर मधुले सिङ्गो संस्थाको अपमान हुने गरी मिडियामा अभिव्यक्ति दिन पुगिन, त्यो गल्ती भने उनले स्विकार्नु र सुधार्नु पर्दछ । गायक सेन्चुरी को हकमा पनि सोहीअनुसार –यदि कागज गरेर गीतको स्वामित्व आफुले लिएको र गायिकालाई एक बर्ष सम्मको आम्दानीमा भाग दिने भनिसकेको हो भने कानुन अनुसार गर्नु गराउनु भन्न सक्नु पर्थ्यो –यहाँ त्यसो हुन सकेन किनभने ‘लिखत’ को महत्व ‘झगडिया’ दुवै पक्षले बुझ्न सकेको देखिएन ।

अहिले सम्म यो गीतलाई लिएर जति पनि झगडा भए जति पनि विवादहरु भए अब यी विवादहरूको समाधान खोज्ने बेला भएको छ । झगडा बढ्दै गएपछि खेम सेन्चुरीले ‘गीतको सम्पूर्ण लगानी फिर्ता गरेको’ देखिन्छ । त्यसरी लगानी फिर्ता गरिसक्दा समेत कुनै कागज नगर्नु र स्वामित्व हस्तान्तरण को प्रमाण नराख्नु उनको कमजोरी हो र लगानी फिर्ता गर्दा स्वामित्व फिर्ता को कागज किन नगरेको ? किनभने उनीहरू सबै त्यो समय सम्म पनि ‘भावना’ मै चलिरहेका थिए ।  सबै कुरा भावनामा मात्र चल्दैनन् भन्ने कुरा अब सर्जक र लगानीकर्ता दुवैले बुझ्ने समय भएको छ । युग अनुसारको व्यवहार गर्नु जरुरी हुन पुगेको छ ।

अब सम्पत्ती माथिको स्वामित्व, लय र शब्दको प्रतिलिपि अधिकार बारे कानुनतः परिभाषित गराउनै पर्छ र यस बारेमा कलाकारलाई बुझाउनै पर्छ । किनभने आजसम्म जति पनि गीत बनेका छन र जति पनि म्युजिक भिडियो बजारमा छन् ती मध्ये अधिकांश गीतका लगानीकर्ताले अहिलेसम्म नाफा बापत कुनै रकम फिर्ता पाएका छैनन् । अझ केही चल्तीका सर्जकहरूले ‘गीत मेरै च्यानलबाट अपलोड गर्ने भए मात्र गीत बनाइदिन्छु” भनेर अधिकांश लगानीकर्ताहरूलाई चेपुवामा पारेको प्रत्यक्ष देख्न सकिन्छ । चल्तीका गीतकारहरू ढुक्क छन् । गीत चाहिएका ग्राहक आउँछन् तर “मेरो आफ्नै च्यानलमा अपलोड गर्ने भए गीत दिने हो नत्र दिन्न” भन्छन् । लगानीकर्ता ‘मजबुर’ छन् । यो सर्जक को गीत गाउन सके त पक्का हिट हुन्थेँ कि भन्ने आशामा हुन्छन् । यस्तो अवस्थामा समेत लिखत कागज गर्दैनन् र गीत हिट भएपछि विवाद सुरु हुन्छ ।

केही सर्जकले तिमी लगानी गर, मेरो च्यानलमा अपलोड गरौँ, एक वर्ष सम्मको कमाइ तिमीलाई भयो भनेर लोभ्याउने गरेको पनि देखिन्छ सुनिन्छ । लगानीकर्ता त्यतिमै मक्ख परेको देखिन्छ । यस्ता कुरा मा समेत कुनै लिखित दस्ताबेज गराउने गरेको देखिँदैन । म्युजिक नेपाल, विन्दवासिनी म्युजिक लगायत केही ठुला कम्पनीहरूले लिखत गर्ने गरेको भए पनि अधिकांश सर्जकले “मौखिक” र लगानीकर्ताले “भावनात्मक” रूपमै सम्झौता गरेर काम गरेको देख्न सकिन्छ ।

तीजका लगभग सबै गीतमा महिला कलाकारको लगानी हुन्छ तर उत्पादन अनुसार पच्चीस प्रतिशत गीत पनि गायिकाहरूको च्यानलमा अपलोड भएको देखिन्नन् त्यति मात्र होइन गायिकाहरूले कुनै प्रतिफल या कमाइको हिस्सा प्राप्त पनि गरेका छैनन् । अधिकांश गायिकाले त ती ‘सर्जक या कलाकार’ सँग काम गर्न पाउनु नै आफ्नोलागि मौकाको कुरा हो भनेर आफ्नो सम्पत्ति हस्तान्तरण गरेका छन् तर आधिकारिक लिखत या दस्ताबेज कसै सँग छैन । कुनै सम्झौताको कागज गरेका छैनन् ।

अब कलाकारहरू एक स्टेप अगाडी बढेर ‘लिखित सम्झौता’ गर्ने तौर तरिकामा बानी पर्न सिक्नु पर्दछ र पछि विवाद नगर्ने गरी आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने समय भएको छ –कसैको पनि झगडा नहोस्, सबैको जय होस्, भलो होस् अनि नेपाली साङ्गीतिक क्षेत्रका समस्याहरू सधैँ ‘भावना’ मा मात्र नचलुन्, कानुन अनुसार समस्याको समाधान भएको देख्न पाइयोस्, सबैको प्रतिलिपि अधिकार सम्पत्ति माथिको अधिकार सुरक्षित बनोस् भन्ने कामना गर्दै –छिट्टै आउन लागेको दीपावलीको अनेक अनेक शुभकामना व्यक्त गर्न चाहन्छु ।

सम्बन्धित समाचारहरु

ताजा समाचार