#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बुधबार राति भएको च्याम्पियन्स लिग फुटबलमा समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे । यता नेपाली राष्ट्रिय फुटबल टिमले आज बाट प्रशिक्षण सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भिड नभएको पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए । भिडियो :
[embed]https://www.youtube.com/watch?v=-i87g9GgEU0[/embed]

तातोपानी नाका खुल्योदेखि विश्व बैंकले ९ अर्ब दिनेसम्म (भिडियो)

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बुधबार राति भएको च्याम्पियन्स लिग फुटबलमा समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे । यता नेपाली राष्ट्रिय फुटबल टिमले आज बाट प्रशिक्षण सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भिड नभएको पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए । भिडियो :

सम्बन्धित समाचारहरु

ताजा समाचार