#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण सुरु हुन सकेको थिएन ।पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण सुरु गर्न १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए । यो महिनामै ठेक्का गर्न लागिएको उहाँले जानकारी दिनुभयो । विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको छ ।

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

फाइल फोटो

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण सुरु हुन सकेको थिएन ।

पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण सुरु गर्न १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।

पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए । यो महिनामै ठेक्का गर्न लागिएको उहाँले जानकारी दिनुभयो । विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार