#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं।गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए ।पुर्ननिर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए।भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाई छ ।स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवरोध गरिरहेको बताइन । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उनले बताइन ।निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।https://www.youtube.com/watch?v=78jKI3QmNQE

मस्जिद पुनर्निर्माणमा वडाध्यक्षको अवरोध, मुस्लिम समुदाय आक्रोशित (भिडियो)

काठमाडौं।

गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए ।

पुर्ननिर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए।

भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उनले बताए । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाई छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवरोध गरिरहेको बताइन । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उनले बताइन ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार