#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
एजेन्सी।बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।काजलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।

बेहुली बनिन् अभिनेत्री काजल, प्रेमीसँग लगनगाँठो कस्दै

एजेन्सी।

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

काजलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार