#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काभ्रे ।काभ्रेमा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । आज चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै आज थप ४४ जनामा कोरोना संक्रमण थपिएको छ भने ५ जना निको भएका छन् ।विहिबार पनि २ जनाको मृत्यु भएको थियो । विहिबार धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६०६ पुगेको छ ।संक्रमित मध्ये १ हजार १०३ जना निको भएका छन् । विहिबार २० जना निको भएका थिए । जिल्लामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।नयाँ थपिएका मध्ये बनेपाबाट २५, धुलिखेलका ११, पनौतीका ४, नमोबुद्धका १, मण्डनदेउपुर १, भुम्लु १ र बेथानचोकबाट १ जना रहेका छन् ।

कोरोनाबाट काभ्रेमा थप २ जनाको मृत्यु, ४४ जना संक्रमित थपिए

काभ्रे ।

काभ्रेमा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । आज चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै आज थप ४४ जनामा कोरोना संक्रमण थपिएको छ भने ५ जना निको भएका छन् ।

विहिबार पनि २ जनाको मृत्यु भएको थियो । विहिबार धुलिखेलकी ७० वर्षिया महिला र ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । यस्तै विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६०६ पुगेको छ ।

संक्रमित मध्ये १ हजार १०३ जना निको भएका छन् । विहिबार २० जना निको भएका थिए । जिल्लामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ११ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट २५, धुलिखेलका ११, पनौतीका ४, नमोबुद्धका १, मण्डनदेउपुर १, भुम्लु १ र बेथानचोकबाट १ जना रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार