#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीमा कर्णाली प्रदेशको विवाददेखि पर्सामा आफ्नै पार्टीका कार्यकर्ताहरुको झडपमा कार्यकर्ता मारिँदासम्म आईपुग्दा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो तीन दिनदेखि दाहाललाई भेट्न ओलीले आफ्ना दूतहरु पठाईरहेका छन् । तर, दाहालले ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।आज कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने प्रचलन छ । जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् ।गत शनिबार तोडफोड गरिएको मस्जिद पूनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । निर्माणाधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानी मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । भिडियो :

नेकपाको विवाद फेरि उत्कर्षमा देखि आज कोजाग्रत पूर्णिमासम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीमा कर्णाली प्रदेशको विवाददेखि पर्सामा आफ्नै पार्टीका कार्यकर्ताहरुको झडपमा कार्यकर्ता मारिँदासम्म आईपुग्दा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो तीन दिनदेखि दाहाललाई भेट्न ओलीले आफ्ना दूतहरु पठाईरहेका छन् । तर, दाहालले ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्ने प्रचलन छ । जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् ।

गत शनिबार तोडफोड गरिएको मस्जिद पूनर्निर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । निर्माणाधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानी मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । भिडियो :

सम्बन्धित समाचारहरु

ताजा समाचार