#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको शानदार जित निकालेको छ ।यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । क्रिस गेलले ६३ बलमा ९९ रनको योगदान दिए ।अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए ।पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ अंक तालिकाकाे शीर्षस्थानमा छ । बैङलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १३ खेलमा ७ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।राजस्थान १३ खेलमा ७ मा हार र ६ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जितसहित आठौंस्थानमा छ ।

पन्जाबमाथि राजस्थान विजयी हुँदा प्लेअफकाे सम्भावना कायमै

दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको शानदार जित निकालेको छ ।

यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । क्रिस गेलले ६३ बलमा ९९ रनको योगदान दिए ।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए ।

पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ अंक तालिकाकाे शीर्षस्थानमा छ । बैङलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १३ खेलमा ७ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ७ मा हार र ६ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जितसहित आठौंस्थानमा छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार