कोभिड-१९: विश्वभर २ लाख २६ हजार ६०३ जना निको भए, १० लाख ९९ हजार ३८९ संक्रमित

कोभिड-१९: विश्वभर २ लाख २६ हजार ६०३ जना निको भए, १० लाख ९९ हजार ३८९ संक्रमित


काठमाडौं ।
कोरोना भाइरसले विश्वभर ५८ हजार ९०१ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९९ हजार ३८९ जना संक्रमित छन् । २ लाख २६ हजार ६०३ जनालाई निको भएको छ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन्। यहाँ एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन् भने १ लाख १९ हजार ८२७ जना संक्रमित छन् ।

अमेरिकामा पनि एकै दिन ५ सय १२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ६ हजार ५ सय ६२ जनाले हालसम्म ज्यान गुमाएका छन् भने २ लाख ७७ हजार ९५३ जना संक्रमित छन्। यहाँ ९ हजार ८२३ जना निको भएका छन् ।

बेलायतमा एकै दिन ६८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन्। युकेमा ३८ हजार ६९० जना संक्रमित छन्।

स्पेनमा एकै दिन ५८७ जनाले ज्यान गुमाएका छन् । यहाँ हालसम्म ११ हजार १९८ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा १ लाख १९ हजार १९९ जना संक्रमित छन्।

जर्मनीमा ९१ हजार १५९ संक्रमित रहेका छन् । यहाँ १ हजार २७५ जनाले ज्यान गुमाएका छन् । २४ हजार ५७५ जना निको भएका छन् । फ्रान्समा संक्रमित संख्या ६५ हजार २०२ छ भने यहाँ ६ हजार ७ हजाले ज्यान गुमाएका छन् ।

चीनमा संक्रमितको संख्या ८२ हजार ५१८ छ , यहाँ ७६ हजार ९२३ जना निको भए । करिव ३ हजार ३ सयको ज्यान गयो ।

Logo