कोविड–१९ विरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघको थप सहयोग

कोविड–१९ विरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघको थप सहयोग


संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोक्न सो सहयोग गरिएको हो ।

कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका ५ हजार भन्दा बढी सामानहरु याङ्गुनको क्षेत्रीय स्वास्थ्य विभागमा चाँडै पठाइने संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् । संघले याङ्गुनमा क्वारन्टाइन सुविधालयात खाद्यान्न सहयोग पु¥याउने डुजारिकले थप जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसंघले यसअघि म्यानमारको स्वास्थ्य र खेलकुद मन्त्रालयलाई पाँच हजार भन्दा बढी टेस्ट किटहरू पठाउने घोषणा गरी सकेको छ । म्यानमारमा अहिलेसम्म कोरोना भाइरस संक्रमित २० भन्दा बढी भएको स्वास्थ्य र खेलकुद मन्त्रालयले जनाएको छ । –रासस ÷सिन्ह्वा

Logo