‘छक्का पन्जा’ टिमद्वारा चलचित्र प्राविधिकलाई १ लाख सहयोग

‘छक्का पन्जा’ टिमद्वारा चलचित्र प्राविधिकलाई १ लाख सहयोग


लकडाउनका कारण दैनिक मजदुरी गरेर घर चलाउने र छाक टार्ने न्युन वर्गका मानिसहरु निकै मारमा परेका छन् । जसमा नेपाली चलचित्र क्षेत्रका प्राविधिकहरू पनि परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले यस्तो अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

यस कुरालाई आत्मसाथ गर्दै कलाकार तथा निर्माता दीपक राज गिरीले प्राविधिकहरूको यो कठिन समयमा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेका छन् । त्यस्तै उनले आफ्नो टिम (छक्का पन्जा)को तर्फबाट रु १ लाख १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । दिपकले आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै आफ्नो सहयोगबारे जानकारी गराएका हुन् ।

Logo