प्रधानमन्त्रीका सल्लाहकारलाई काठमाडौं प्रेसमा प्रकाशित समाचार हटाएको आरोप

प्रधानमन्त्रीका सल्लाहकारलाई काठमाडौं प्रेसमा प्रकाशित समाचार हटाएको आरोप


सरोज बस्याल
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले काठमाडौंं प्रेसमा प्रकाशित समाचार हटाएको सञ्चालक पक्षले आरोप लगाएको छ । काठमाडौं प्रेसले बुधबार प्रकाशित गरेको महँगोमा स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको संलग्नता शिर्षकको समाचार हटाएको आरोप लगाएको हो ।

काठमाडौं प्रेसका कार्यकारी सम्पादक गोविन्द परियारका अनुसार समाचार प्रकाशित भएदेखि नै पटक पटक समाचार हटाउन दबाब आएको थियो । आफूले समाचार हटाउन नमानेपछि सिस्टम कब्जा गरेर हटाइएको उनले बताए ।

उनले भने–‘हामीले सरकारले चीनसँग खरिद गरेको स्वास्थ्य सामाग्रीमा रक्षामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारका छोराहरुको संलग्नताबारे समाचार प्रकाशित गरेका थियौ । समाचार प्रकाशित भएदेखि नै हटाउन दबाब आएको थियो । हामीले हटाएनौ ११ बजे हाम्रो साइट डेभलपर्ससँग मिलेर हटाइयो । केही समयमा प्रेस विज्ञप्ति जारी गदैछौ ।’

यो पनि पढौँ

समाचार हटाएको विषयमा काठमाडौं प्रेसको विज्ञप्ति

Logo