चैतेदशैं मनाइएकोदेखि इटालीमा ९ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमितसम्म (भिडियोसहित)

चैतेदशैं मनाइएकोदेखि इटालीमा ९ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमितसम्म (भिडियोसहित)


काठमाडौँ ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ।

आजका प्रमुख समाचारहरु मध्ये कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी पीडित इटालीमा ९ हजार स्वास्थ्यकर्मी संक्रमित छन् भने ६६ जना डाक्टरको मृत्यु भइसकेको छ ।

यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

यता सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।

यसैगरि सरकारले हालै खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । हेरौं यो भिडियोमा :

 

Logo