गायिका कनिका कपूर तनावमा, पाचौँ पटकको टेस्टमा पनि कोरोना पोजेटिभ

गायिका कनिका कपूर तनावमा, पाचौँ पटकको टेस्टमा पनि कोरोना पोजेटिभ


भारतीय गायिका कनिका कपूरको पाचौँ पटक कोरोना भाइरस टेस्ट गरिएको छ । तर यसपटक पनि उनमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसकारण उनी गम्भीर अवस्थामा रहेको भारतीय संचार माध्यामहरुले बताएका छन् ।

उनि २० मार्च देखि लखनउको संजय गान्धी पोस्ट ग्राजुयट इन्स्टिट्यूट अफ मेडिकल साइन्सको आईसोलेसनमा छिन् । र त्यहीँका डाईरेक्टर आर.के धिमानले कनिकाको पछिल्लो पोजेटिभ रिपोर्टको बारेमा भारतीय मिडियालाई जानकारी दिएका थिए ।

डाईरेक्टरका अनुसार भाईरस पोजेटिभ देखिएपनि कनिकामा भाईरसको लक्षण भने देखिएको छैन । त्यसैले पोजेटिभ देखिदैमा बिरामीको अवस्था सिरियस हुन्छ भन्ने हुँदैन । धेरैजसो मानिसहरुको उपचार पछि भाइरस टेस्ट गर्दा दुइ हप्ता पछि नेगेटिभ आउने गर्दछ । तर कसैकसैमा यो भाईरस २८ दिनसम्म पोजेटिभ देखिने गर्दछ । कनिकाको १४ दिनसम्मको टेस्ट पोजेटिभ आएकोले डराईहाल्नुपर्ने अवस्था छैन ।

१५ मार्चमा लन्डनबाट भारत फर्किएकी उनमा कोरोना संक्रमण भेटिएको थियो । कोरोना देखिए पछि पटक पटक परिक्षण गरिसकेकी उनको पछिल्लो रिपोर्टमा पनि कोरोना पोजेटिभ नै देखिएको हो ।

Logo