मार्सेका पूर्वअध्यक्षको कोरोनाका कारण निधन

मार्सेका पूर्वअध्यक्षको कोरोनाका कारण निधन


काठमाडौँ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण फ्रेन्च क्लब मार्सेका पूर्वअध्यक्ष पेप डिउफको निधन भएको छ ।

कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो । मार्सेले सामाजिक सञ्जाल ट्वीटरबाट पूर्वअध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ ।

डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए । डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ ।

Skip This
Logo