टोलटोलमा १० प्रतिशत छुटसहित खाद्यान्न बेच्दै साल्ट ट्रेडिङ

टोलटोलमा १० प्रतिशत छुटसहित खाद्यान्न बेच्दै साल्ट ट्रेडिङ


काठमाडौँ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले टोल टोलमा १० प्रतिशत छुटसहित खाद्यान्न बिक्री गरिरहेको छ ।

कोरोना भाइरसको प्रभावले मुलुक लकडाउन भएकाले अहिले खाद्यान्नको अभाव हुन नदिन हरेक दिन मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री गरिरहेको कर्पोरेशनले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने यसअघि नै सरकारले निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार छुट दिएर खाद्यान्न बिक्री गरिरहेको कर्पोरेशनले जनाएको हो ।

बुधबार उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँ बजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनामंगल, पाटन लगायतका क्षेत्रहरुमा चामल, नुन, चिनी, आटा, मैदा लगायतका खाद्यान्न बिक्री गरिरहेको छ ।

Logo