स्वास्थ्यकर्मीलाई थप सुविधा

स्वास्थ्यकर्मीलाई थप सुविधा


रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम अघि सारेको छ । उक्त प्रोत्साहन प्रदेश सरकार र संघीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त हो ।

पालिकाले भाइरस नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारीहरुलाई ५ लाखको जोखिम बिमा गर्ने र नियन्त्रण अभियानमा खटिएका कर्मचारीलाई खाइपाइ आएको तलव सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिने भएको छ । अब खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलव सुविधामा ७५ प्रतिशत अतिरिक्त सुविधा पाउनेछन् ।

गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले तलव सुविधामा ५० प्रतिशत थप तलव सुविधा पाउने छन् । गाउँपालिकामा ६७ लाख ५० हजारको रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना पनि गरिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए ।– रासस

Skip This
Logo