#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
  • दुष्यन्त भट्टराई
कुरा २०३९ साल आश्विनको हो । गते सम्झन सकिन तर पात्रो भेट्टाएँ भने चाहिँ भन्न सक्छु । “यो वर्षको दसैँ ताप्लेजुङमा मनाउन जाने” एकदिन बुबाले स्कुलबाट घर आइपुगेपछि आमालाई भन्नुभयो । दिदी र म पनि स्कुलबाट आएर खाजा खाँदै थियौँ । हामीले एक अर्कालाई हेर्यौँ । दिदी मुसुक्क हाँसी, मैले पनि दिदीकै हाँसोमा हाँसो मिसाइदिएँ ।त्यो भन्दा करिब एक महिना अगाडि एकदिन बुबा र आमा बेलुकाको खानपिन सकेर सुत्ने बेलामा सल्लाह गर्दै गरेको सुनेको थिएँ । आमाले भन्नुभयो “ छोरो पनि अब १० वर्षको भैसक्यो, छोराछोरी नभएर पाथिभरा माताको भाकल गरेको पनि यत्तिका वर्ष भैसके ।अब त छोराछोरी पनि ठूला भैसके । एकपल्ट माताको दर्शन गर्न जानु पर्छ, यसो समय मिलाउनु पर्छ कि ?” बुबाले सुनिरहनु भयो । अँ अँ भन्दा बढी केही बोल्नु भएन । त्यसपछि सबै सुत्यौँ ।बुबा अर्थात् पं नारायण प्रसाद भट्टराई । बुबाका परिचय धेरै थिए । दुहागढीको वाल सुवोधिनी निम्न माध्यमिक विद्यालयमा पढाउनु हुन्थ्यो, सबैले “ गुरुसर “ भन्थे । गुरु भनिसकेपछि सर किन भनेका हुन् मैले आजसम्म बुझेको छैन । सायद पढाउने सबै सर हुन् र संस्कृत र नेपाली पढाउने भएकोले सरमा गुरु पनि लगाएका होलान् । त्यस्तै चारआलीको सैनिक व्यारेकमा नियमित चौमासा पुराण भन्नु हुन्थ्यो , सबैले “पण्डित गुरु “ भन्थे । आमैको “नानी” ; हजुरबुबा, हजुरआमाको “ पण्डित” ; काकाहरूको “पण्डित दाजु” ; छर छिमेकीहरूको “भट्टराई पण्डित” यस्तै यस्तै थिए बुबाका परिचयहरू ।बिहानै खाना खाएर लगभग सवा घन्टा हिँडेर स्कुल जानुहुन्थ्यो । १० देखि ४ सम्म स्कुल । तर घर टाढा भएकोले हेडसर भोला सुवेदीसँग अनुरोध गरेर अन्तिम पिरियडमा आफ्नो कक्षा नराख्ने गर्नुभएको थियो । स्कुलबाट हतार हतार ४५ मिनेटमा चारआली सैनिक व्यारेक पुगेर ६ बजे सम्म पुराण भन्नु हुन्थ्यो र झमक्क साँझ पर्दा मात्र घर आउनुहुन्थ्यो । पछि २०३७ सालमा साइकल सिकेपछि अलिक सजिलो र छिटो हुनथाल्यो । मैले र बुबाले सँगै साइकल सिक्यौँ ८ र ४८ वर्षको उमेरमा । एक जना डोनस ग्रान्डन नाम गरेका कर्णेल थिए । नाम सुन्दा अंग्रेज जस्तो लागे पनि उनी नेपाली नै थिए । क्रिस्चियन नाम जस्तो लागे पनि हिन्दु नै थिए । तामांग जातिका उनी बौद्ध र हिन्दु धर्म बराबर मान्दथे । सैनिक व्यारेकमा कुनै पूजापाठ गर्नु पर्ने भएमा बुबालाई बोलाउँथे र कन्डेकेटा केटीलाई पनि टिका लगाईदिने, पैसा दिने र मिठो मिठो खुवाउने गर्थे । बुबासँगै विशेष पूजाको दिन म पनि व्यारेक जान्थेँ । पछि अम्बिका न्यौपाने कर्णेल आउँदा पनि यो क्रम जारी रहेको थियो । यो चलन मैले थाहा पाउन थाले देखिकै हो ।
ए साँच्ची त ! कता ताप्लेजुङ जाने कुरा छाडेर बुबाको काममा अल्झेँछु म पनि । अब नअल्मलिइकन ताप्लेजुङ जाने है त ।
हामी घरमा ८ जना थियौँ । आमै ( बुबाको मावलको हजुरआमा), बुबा, आमा, दिदी, म, चौधरी बाबै(हली), भरत राजवंशी ( गोठालो) र काउली ( चौधरी बाबैकी छोरी ) । चौधरी बाबैकी श्रीमती मरेपछि एक्ली छोरी लिएर बाबै दु:खले भौँतारिरहेको बेला बुबाले काम गर्छौ भने तिमीहरू बाबुछोरीलाई नै म बस्न खान र केही पैसा पनि दिन्छु भनेपछि खुसी हुँदै हाम्रोमा हली बसेका थिए ।बुबाले बसको दुईटा टिकट किनेर ल्याउनु भयो । घरमा घटस्थापना गरेर जमरा राख्ने काम गरियो । आमै र घरको राम्रो हेर बिचार गर्नु भनेर बुबाले सबैलाई अह्राईपराई गर्नु भयो । आमाले बाटाको लागि चिउरा, सख्खर, मकैको सातु, गुन्द्रुक, भटमास, अदुवाका चानाहरू, टर्चलाइट, जाडो मौसमलाई चाहिने कपडाहरू आदि सबै तयार गर्नुभयो । घटस्थापनाको भोलिपल्ट बिहान ४ बजे नै आमाले खाना तयार गर्नुभयो । हामी हिँड्ने चारजनाले खाना खायौँ । बुबाले बिहानै नित्य पान्चायन पूजा सकिसक्नु भएको थियो । आमैले सबैलाई साइतको टिका लगाइदिनु भयो । बिर्तामोडबाट ५:३०मा बस हिँड्ने भनेको रहेछ । हाम्रो घरबाट बस चढ्ने सड़क पुग्न १५ मिनेट हिँड्नु पर्थ्यो । सानागुरु ( माधव प्रसाद भण्डारी) जो होचो कदको हुनुहुन्थ्यो र आफ्नै घरमा गुरुकुल चलाएर बस्नु भएको थियो सबैले वहाँलाई सानागुरु भन्थे । अहिले गुरु बितेर गए पनि वहाँले दिएको जग्गामा बनेको माधव संस्कृत माध्यमिक विद्यालय चलिरहेको छ समाजकै दान र दाताहरूबाट । वहाँकै घर अगाडिको चौतारोमा बस रोकेर चढ्ने योजना रहेछ बुबाको । हामी ५:३० नबज्दै सानागुरुको घर अगाडि पुग्यौँ ।आश्विन महिना, न जाडो न गर्मी । ५:३० मा भर्खर उज्यालो हुँदै थियो । घाम झुल्किसकेका थिएनन् । ७ किमी परको बिर्तामोडबाट ५:३० मा हिँड्ने भनेको बस ६ बजे पनि आएन । अहिलेको जस्तो मोवाइल वा इन्टरनेटको सुविधा थिएन सोधखोज गर्न । पर्खनु सिवाय अर्को कुनै उपाय थिएन । हामी पर्खँदै थियौँ । सानागुरु पनि फलैँचामै आएर बुबासँग कुरा गर्दै हुनुहुन्थ्यो । ६:१५ भयो तर बस आएन । पहिलो पल्ट पहाड जाँदैथिएँ म । मनमा अनन्त उत्साह थियो । तर बस नआएर दिक्क हुँदै थियौँ । सबैका आँखा चारआली तिरको बाटोमा ओछ्याइएका थिए । बल्ल बल्ल ६:३० बजे मेची यातायातको बस छतभरि मान्छे बोकेर आइपुग्यो । बुबाले हात उठाउनु भयो । बस रोकियो । बस यति भीड़ छ कि चढ्ने ठाउँ छैन । बल्ल तल्ल ठेलम्ठेल गर्दै बस चढियो ।चढ्न त चढियो बस तर बुबाले काटेको टिकटको सिटमा त अरू नै मान्छे बसेका छन् । हामी केटाकेटी नै भएकोले बुबाले दुईटा मात्र टिकट काट्नु भएको थियो सायद छोरा छोरीलाई काखमा राखेर जान सकिन्छ भन्ने सोचले होला । तर यहाँ स्थिति उल्टो भयो, काटेको सीट पनि छैन । बसको स्टाफलाई भनेपछि र टिकट देखाएपछि बल्ल बल्ल ती बसेका मानिसले हाम्रो सीट छोडिदिए । बुबा र आमा सीटमा बस्नुभयो , दिदी बुबाआमाको बिचमा घुस्रिई । म झोलामाथि बसेँ । त्यति व्यवस्था हुँदा बस बर्नेको चियाबगान बिचबाट उकालो लाग्दैथियो ।करिब दुई घन्टामा बस फ़िक्कल पुग्यो । पूर्व पश्चिम (महेन्द्र) राजमार्ग मात्र कालोपत्रे थियो त्यो समयमा । चारआलीबाट उत्तर लागेको मेची राजमार्ग कच्ची ( ग्राबेल) थियो । बिहानै भएकोले फिक्कल पुगुन्जेल खासै धुलो उडेको थिएन । केहीबेर फिक्कलमा चिया नास्ताको लागि रोकेपछि बस पुन: आइतबारेको उकालो उक्लिन शुरु गर्यो । बाटाका दाँयाबाँया चियाका बुटाहरू बसकै गतिमा धुलोको कम्बल ओड्दै पछाडितिर दौडिन्थे । आइतबारेको डाँडाबाट ओरालो लागेपछि चियाबारी पनि सकियो । तीनघरे, गोदक हुँदै कच्चीबाटोमा बिस्तारै ओरालोमा बामे सर्दै बस माई खोला पुगेर रोकियो । बसका सबै यात्रुहरू उत्रेर माईखोलालाई नमस्कार गर्ने, तल खोलामै गएर सूर्यमा पानी चढाउने आदि गर्न थाले । केही यात्रीहरू लघुशंका गर्न पनि कुनामा छेलिँदै हराए र केहीबेरमै झुल्किए पनि । पुन: सबै यात्रुहरूलाई बोकेर माई तरेर उकालो लागेको बस ठस् ठस् कन्दै करिब २ बजे इलाम पुगेर रोकियो ।गाडीको बाटो इलाम सम्म मात्र थियो , त्यहाँबाट ताप्लेजुङको यात्रा पैदल हुने रहेछ । म मात्र दस वर्षको भए पनि करिब ५ किलोको झोला मेरो भागमा पनि परेको थियो । मधेसबाट पहाड जानेले प्राय: चिनी कोशेली लाने चलन रहेछ । हो त्यही ५ किलो चिनी मैले बोकेँ । दिदी, बुबा र आमाले पनि आफआफ्ना झोला बोक्नुभयो र बजारको बिचहुँदै चुरेघाँटी निस्कियौँ । करिब तीन बजेको थियो त्यतिबेला , बुबाले साँखेजुङ गएर बस्ने भन्नुभयो । बाटामा पैदल यात्रुहरू पनि हिँडिरहेका थिए । यस्तोमा साँझ साँझ पर्दैगर्दा करिब ५ बजे साँखेजुङ पुगेर एकजना लुईँटेलको घरमा बास मागेर बसियो ।भोलिपल्ट बिहानै उठेर हातमुख धोएपछि आमाले त्यहीँ तातोपानी पकाउनु भयो र सबैले एक एक गीलास तातोपानी पिएर लुईँटेल परिवारलाई धन्यवाद दिँदै बिदा भयौँ । चुरेघाँटीबाट साँखेजुङसम्म त तेर्सो तेर्सो बाटो थियो हिजो बेलुका आउँदा तर यहाँबाट त टोपी खस्ने उकालो चढ्नु पर्ने रहेछ रक्से डाँडा । शुरु शुरुमा त ५ किलो चिनीको झोला बोकेर सबैभन्दा अगाडि हिँड्दै थिएँ म तर करिब १ घन्टा उकालो हिँडेपछि मेरा खुट्टा हिँड्न नसक्ने भए । मधेसको समथरमा जन्मेर खेलेको म पहाड हिँड्न नजान्ने रहेछु । मेरो झोला बुबाले बोकीदिनु भयो । बुबाले सिकाएको तरिकाले हिँड्न थालेँ , हलुका पनि भयो र अलिक सहज भयो । दुई घन्टा उकालो चढेपछि एकजना भण्डारीको घरमा पुगेर बुबाले दाउरा र तरकारी माग्नु भयो । आमाले खाना पकाउनु भयो र खाना खायौँ ।आमा धन्दा गर्दैहुनुहुन्थ्यो । “अब हिँड्नु पर्छ, छिटो गर “ बुबाले भन्नुभयो । खाना पकाउने र खाने समयमा हाम्रो थकाई मरिसकेको थियो तर आमाको ? आमा केही बोल्नु भएन , दिदीले भाँडा पखाल्न सघाई । हतार हतार काम सकेर हिँड्दा १० बजेको हुनुपर्छ । उकालो सकिने छाँटकाँट छैन , चित्रे भन्ने गाउँबाट जङ्गल शुरु भयो । पहाडमा जङ्गललाई पाताल भन्दा रहेछन् । बुबाले भन्नुभयो “ अब पातालको बाटो छ , भालु लाग्न सक्छ त्यसैले हामी सरेसम्म अरू बटुवाहरू सँगै हिँड्नुपर्छ” । पाँचथर र ताप्लेजुङ जाने प्रमुख मार्ग भएकोले पनि होला मान्छेहरूको आवागमन बाक्लै थियो । तर जति गरेपनि हामीले कुनै एउटा समूहलाई पछ्याउन सकेनौँ । बेला बेला अरूसँगै र बेलाबेला हामीमात्र हुँदै अलिक सम्म र खुल्ला ठाउँमा पुग्यौँ । बाटाकै छेउमा एउटा पोखरी पनि रहेछ । पोखरीमा केही पानी थियो । यसलाई सुके पोखरी भन्दा रहेछन् । डाँडाको टुप्पामा पुगेका वटुवाहरूलाई प्यास मेट्ने पानी यही रहेछ । “पाताल छिचोल्न अझै धेरै छ हिड्नु पर्छ” भनेर त्यहाँ पनि नबसी हामी हिँड्यौ । भोक लाग्न थालेको थियो तर सुके पोखरीबाट उकालो सकिएर अलिक तेर्सो बाटो आएकोले हिँड्न सहज भयो । आमाले भुटेका ठेट्ना मकै बोक्नु भएको रहेछ । मेरा गोजीमा हालिदिनुभयो । म मकै चपाउँदै हिँड्न थालेँ । केही घन्टा हिँडेपछि एउटा खोल्सी आयो । त्यसको नाम नाम्दु खोला रहेछ । त्यसकै किनारै किनार हिँड्दै गयौँ । बाटो कहिले नाम्दु वारि कहिले नाम्दु पारि हुन्थ्यो । काठका मुडा तेर्स्याएर पुल त नभनौँ फड्के बनाइएका थिए । लेकको ठाउँ, खोलाको किनार, ओसिलो परेको जमिन जुका लाग्ने रहेछन् । सकेसम्म जुकाबाट जोगिँदै हिँड्दैथियौँ । हिँड्दाहिँड्दै साँझ पर्यो, वरपर गाउँ घर केही छैनन् । भर्खर औँसी सकिएकोले रात पनि अँधेरी छन्, आकाशमा अरवौँ तारा भएपनि एउटा जूनको जत्ति पनि काम गर्दैन रहेछन् । टर्चलाइटको सहायताले करिब ८ बजे राति एउटा घरमा पुग्यौ । घर लिम्बूको रहेछ । बुबाले बास माग्नुभयो । लिम्बूनी आमा साह्रै मज़ाकी रहिछन् , बास मात्र हैन , खानाको सबै सामाग्री तयार गरिदिइन्, आमाले खाना पकाउनु भयो । आगाको छेउमा बसेर आगो ताप्दै खुट्टामा हेरेको त सेतो कपडाको जुत्ता रातो भएको रहेछ । मलाई असाध्य डर लाग्यो र रुन थालेँ । बुबाले मेरा जुत्ता र मोजा खोलिदिनु भयो । औँलाका काप कापमा जुका अड्किएका थिए ।रगत चुसेर ढाडिएका जुकाहरू सजिलै निकालिदिनु भयो बुबाले , सबैको हालत उही रहेछ । अरूको देखेपछि म रुन छोडेँ । आमाले खाना पकाएपछि सबैले खाना खायौँ र सुत्दा निकै राति भैसकेको थियो । त्यो लालीखर्क रहेछ । थाकेको ज्यान भुसुक्कै निदायो आमाका काखमा ।बुबाले बिहानै उठाउनु भयो । हातमुख धोयौँ । लिम्बुनी आमाले तातोपानी र चिया दुवै दिइन् । आँगनमा निस्कँदा उघ्रेको आकास र लहरै सेताम्य हिमालहरू देखिए । म सँग क्यामरा हुँदो हो त कति फोटा खिच्थेँ होला । तल फाँटजस्तो ठाउँमा ठूलो बजार देखियो । बुबाले भन्नुभयो “ फिदिम बजार त्यही हो ।” कञ्चन्जङ्घा र कुम्भकर्ण हिमालमा बिहानको सूर्यको किरण पर्दाको सुनौलो दृश्य साँच्चिकै मन लोभ्याउने थिए । तर हेरेर बस्ने समय थिएन, सात बजेतिर हामीले लिम्बू दम्पतिलाई धन्यवाद दिँदै फिदिम तिरको बाटो ततायौँ ।समय त ९ मात्र बजेको थियो फिदिम पुग्दा । तर त्यहीँ बुबाले चिनेका एकजना भट्टराईकै घरमा खाना खाएर जाने कुरा भयो । घरबाट हिँडेपछि बल्ल एक छाक भएपनि पकाउनु नपरेर आमालाई आराम भयो । भट्टराई आमाले मिठो खाना खुवाउनु भयो । दही, मोही दुध, अचार , धेरै परिकार । घरमा खाएर हिँडेपछि घरमै खाएँ जस्तो भयो । तर पुग्नु धेरै टाढा भएकोले अलमल नगरी हामी बाटा लाग्यौँ ।
फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो ।
फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो । देख्न त बराहक्षेत्रमा सप्तकोशी पनि देखेको थिएँ तर शान्त , यहाँ त पानी पनि बौलाए जस्तै गरेर बग्दै थियो । यति उर्लेको, यति गर्जेको नदी मैले देखेकै थिएन । बुबाले भन्नुभयो “ यो तमोर त हामी सानामा पौडेर तर्थ्यौँ “। तमोर किनारमा बसेर हामीले चिउरा र सख्खर मिसाएर खाजा खायौँ , प्यास मेट्न तमोरको कलकल पानी छँदैथियो । हामी किनारै किनार केही हिँडेपछि एउटा झोलुङ्गे पुल देखियो । कुनै सिटौला दाताले बनाइदिएको हुनाले त्यसलाई सिटौला पुल भन्दा रहेछन् । सिटौला पुल तरेपछि बाटो ठाडो उकालो लाग्यो । मेरो काँधमा लालीखर्क देखिनै हिजोको ५ किलो झोला बुई चढेको थियो । बाटो धेरै उकालो भए पनि ढुंगा खिपेर सिँडी जस्तै बनाइएको हुनाले हिँड्न केही सहज भयो । फेरि मलाई पहाड हिँड्ने अनुभव पनि पूरै एक दिन र एक बिहानको भएकोले म पनि सिपालु भैसकेको थिएँ । घाम पश्चिम डाँडाको पिठ्यूँमा लुकिसकेका थिएँ । हाम्रो हिँडाई छिटो थिएन । बल्लबल्ल साँझमा छातेढुंगा पुगेर भवानी प्रसाद कन्दंगवाको घरमा बास बसियो । हिजो र अस्तिका बास बसेका घरहरू नचिनेका र मार्गमा खोजिएका बास थिएँ तर आज चाहिँ हामी यहीँ बस्ने भनेरै आएका थियौँ । किनकि कन्दंगवा झापामा दस वर्ष देखि हाम्रा छिमेकी हुनुहुन्थ्यो । अन्यस्थानमा बास बसे जस्तो हुन्थ्यो तर आज घरमा बसे जस्तो भैरहेको थियो । कन्दंगवा बा आमाहरूले खानपिनको सबै तयारी गरिदिनु भयो, आमाले पकाउनु भयो र सबैले खाएर सुत्यौँ । बिहान उठेर आमाले तातो पानी तताएर मलाई नुहाइदिनु भयो । तीन दिन पछाडि नुहायो ज्यानले । बिहान छिटो गरेर त्यहीँ खाना खाएर हामी हिँड्यौँ ।हिँड्ने बेलामा कन्दंगवा आमाले बारीमा फलेका अम्बक एक झोला हालिदिनु भयो । हामी खाँदै बाटा लाग्यौँ ।बेलुका करिब ५ बजे हामी ह्वाकु पुग्यौँ । ह्वाकुमा आमाको मावली घर थियो । मावलकी हजुरआमा र मामा श्रीप्रसाद अनि मामाका दुई (श्रीमती) परिवार त्यहीँ बस्नु हुन्थ्यो । हामी पुग्दा हजुरआमा पिँडीमा बसेर वाती कात्तै हुनुहुन्थ्यो । मामा बस्तुभाउको थान्कोमुन्को गर्दै हुनुहुन्थ्यो । कान्छी माइज्यू भान्साको तयारी , ठूली माइज्यू मतानमा के के गर्दै, अन्य मामाका छोराहरू यता उता घर धन्दामै व्यस्त हुनुहुन्थ्यो । आकस्मिक रूपमा हामी पुग्दा सबै आश्चर्य चकित हुनुभयो । भलाकुसारी गरेर खानपिन गर्दै बिहान सबेरै हिँड्ने र दसैँको टिका लगाउन पूर्णिमा सम्ममा आइपुग्ने कुरा गरेर सुत्यौँ ।“आज ताप्लेजुङ नै पुग्नु पर्छ, बाटो लामो छ , छिटो गर “ बुबा बिहानै उठेर भन्दै हुनुहुन्थ्यो । आमाकी माइज्युले बिहानको रातिनै उठेर खाना तयार गर्नुभएको रहेछ । सबैले खाना खाएर हिँड्दा लगभग ६ बजेको थियो । केही ओरालो, केही तेर्सो बाटो हुँदै हामी पैरे पुग्यौँ । तल तमोर नदीमा एउटा जीर्ण झोलुंगे पुल देखियो तर मानिसहरू जोखिम मोलेर पुलमा हिँड्दै थिएँ । गाउँकै कुनै लिम्बूनी आमैले आफ्नै खर्चमा बनाइदिएको पुल भएर त्यसलाई लिम्बूनी पुल भन्दा रहेछन् । त्यतिबेलाका मान्छेमा समाज सेवाको चेतना कति उच्च रहेछ जस्तो लाग्छ अहिले सम्झँदा । पैरेमा भोला सुवेदी बुबाको घरमा पुगेर केही बेर बसियो । पुन: हिँड्दै तमोरको किनारै किनार खर्कुणे पुगियो । खर्कुणे ताप्लेजुङमा र वरपर मर्ने मानिस जलाउने घाट रहेछ । एउटा झोलुंगे पुल पनि रहेछ । हामी पुग्दा पनि एउटा चिता जलिरहेको थियो ।खर्कुणेको झोलुंगे पुल तरेर ठाडो उकालो लागियो । अहिले सम्झँदा ताना शर्माको घनघस्याको उकालो पनि यस्तै थियो होला टोपी खस्ने । त्यति धेरै मानिस हिँड्ने भए पनि साँघुरो बाटो र अव्यवस्थित बाटो रहेछ । केही कुतौजी परेर खुट्टा चिप्लियो भने सिधै तमोर नदीमा ।बडो कठिनले यो उकालो काटेर करिब साँझको छ बजे बोझे घर पुगियो । बोझे घरमा बुबाको कान्छा काका, काकी, वहाँका दुई छोरा र दुवै छोराका परिवार बस्नुहुन्थ्यो । हजुरबुबाहरू दुई भाइमा जेठोको परिवार (हामी) मधेस र कान्छो हजुरबाको परिवार बोझेपुर्ख्यौली घरमा बस्दै आएको थियो । ढोगभेट,भलाकुसारी गर्ने काम भए । द्वितीया तिथिमा घरबाट हिँडेका हामी आज षष्टीका दिन पहाडको घरमै पुगेर बास बसियो । पाँच दिनको लगातार हिँडाईले सबैजना धेरै थाकेका थियौँ । भोलि सप्तमीको दिन आराम गर्ने र अष्टमीको दिन पाथिभरा जाने सल्लाह गरेर सुतियो ।सप्तमीको दिन बिहानै उठेर सेती धारामा नुहाउन लिएर जानुभयो बुबाले । पहाडको जरूवा पानीको धारा, बिहानै भएकोले बाहिरी मौसम चिसो तर धाराको पानी तातो लाग्यो र नुहाएँ । तर नुहाई सकेपछि भने जाडोले काम छुट्यो । म त दाँत किटेर काम्न थालेँछु । बुबाले हतार हतार घरमा ल्याएर अँगेनाको छेउमा बसाएर आफैँ हात खुट्टा सेकाई दिनु भयो । फूलपाति भित्र्याउने, पूजा गर्ने काम सकेर खाना खाएपछि बुबाले फुङ्लिँग बजार घुमाउन लानु भयो । आमा र दिदी घरमै बस्नुभएकोले बुबा, म र पहाडको कान्छो काका (लेखनाथ भट्टराई) मात्र गयौँ । केहीबेर बजार घुम्न गएका हामी बजार पुगेपछि त बुबा भेटे जति सबैसँग गफ गर्न थाल्नु भयो । दस वर्ष पछाडिको भेट, बुबाका पुराना इष्टमित्रहरू सबै चिया खाउँ, बसौँ न केहीबेर भन्ने मात्र भेटिन्थे । हामी घर फर्किँदा करिब ४ बजेको थियो । भोलि बिहान अँध्यारै पाथिभरा जाने सल्लाह हिजै गरेको थियो र हाम्रो साथी काका लेखनाथ जाने कुरा भएको थियो । तर हामी बजारबाट फर्केर आउँदा स्थिति अर्कै भैसकेछ घरमा त । ब्लेडले नङ काट्न थालेकी दिदीले खुट्टाको बुढीऔँला गहीरो काटिछे । मधेसबाट पाथिभरा जान आएका हामी अब दिदी जान नसक्ने भई । आमाको भाकल, छोराछोरी भएपछि दर्शन गराउन ल्याउँछु भनेको तर आज काखैको छेउमा पुगेर पनि छोरी जान नसक्ने भएपछि आमा निकै खिन्न बन्नुभयो । सबैले आमालाई सम्झाए । “मधेसबाट पाथिभरा नै जाने भनेर आइयो, अब राधाले नसके पनि छोरो लिएर जाऊँ” बुबाले पनि भन्नुभयो । आमालाई बिहान जान राज़ी गराएर मात्र सबै सुत्यौँ तर दिदी निकै राति सम्म घुँक्क घुँक्क रुँदैथिई । मलाई नराम्रो लाग्दालाग्दै कतिबेला निदाएँ , बिहान “ए उठ्, जाने बेला भयो “ भन्दा मात्र थाहा पाएँ ।करिब चार बजेको हुँदो हो, चिया र दूध चिउरा खाएर हामी चारजना पाथिभरा जान बाटा लाग्यौँ । “मधेसबाट पनि चार जना नै आएका थियौँ अहिले दिदीको ठाउँमा लेखनाथ काका भएर पुन: चार जनानै भइयो । आखिर ४ जना भएरै दर्शन गर्न जुरेको रहेछ , माताको इच्छा त्यस्तै रहेछ अनि हाम्रो के लाग्थ्यो र ?” फुङ्लिँग बजार काटेर सुकेटारको उकालो चढ्दै गर्दा बुबाले आमालाई भन्नुभयो । आमा अझै खिन्न हुनुहुन्थ्यो दिदी आउन नसकेकोमा । सुकेटार पुग्न करिब २ घन्टा लाग्यो । केहीबेर बसेर त्यहाँ रहेको एयरपोर्ट हेर्यौँ । विमान प्राय: बिहानै आउने रहेछ , “दिउँसो असाध्यै हावा चल्छ रे र बस्न सक्दैन रे “, लेखनाथ काका भन्दैहुनुहुन्थ्यो । जति उकालो जान्थ्यौँ उति चिसो बढ्दै थियो ।तल्लो फेदीमा पुगेर केहीबेर आराम गर्यौँ । बाटो त राम्रै थियो कतै माटाकै, कतै ढुंगा ओछ्याएको, हिँड्न त्यति कठिन भएको थिएन फेरि मधेसबाट आउँदाको चिनीको झोला पनि त थिएन । म हलुका रित्तो थिएँ र ?
सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद ।
सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद । “ म त बिहान बोझेबाट हिँडेर बेलुका बोझेमा नै सुत्न आइपुग्छु “ भन्दै हुनुहुन्थ्यो लेखनाथ काका । हामीसँग हिँड्दा सायद वहाँलाई पनि पट्यार लागेको थियो होला । साइकलको गतिमा मोटरसाइकलले हिँड्नु परे कति दिक्क मान्दो हो ? काकालाई त्यस्तै भएको हुँदो हो । तर हामीलाई हतार थिएन, बेलुका सम्ममा मन्दिर पुग्नुमात्र आजको लक्ष्य । माथिल्लो फेदीसम्म जसोतसो पुगियो तर ४ बज्यो त्यहाँ पुग्दै । अब अगाडि डबल घनघस्याको उकालो देखिन्छ ।सबैले एकएकवटा लौरा टेकेका छौँ । बाटोमा ढिलो हुनुमा जिम्मेदार हामी हिड्न नसक्नु चाहिँ होइन है , मुख्य कारण बुबा हो । बाटामा दर्शन गरेर फर्कनेहरू बुबाले नचिनेका र बुबालाई नचिन्ने विरलै भेटिन्थे । सबैसँग नमस्कार गरेर १/२ मिनेट बोल्दा पनि समय धेरै गैसकेको थियो । दसैको अष्टमीको दिन भएकोले पनि होला दर्शन गरेर फर्कनेहरू धेरैले टाउका बिनाका कुखुरा, परेवा, बोका बोकेर ओरालो झर्दै गरेका देखिन्थे ।माथिल्लो फेदीबाट एक घन्टा उकालो चढेपछि मलाई अचानक टाउको दुखेर रिंगटा लाग्न शुरुभयो । “ ए लु लु केटालाई लेक लाग्यो, खोइ सातु निकाल्नु त भाउजु, सातु खुवाउनु पर्छ “ लेखनाथ काकाले यति भनेको थाहा छ , त्यसपछि व्यूँझदा म पाथिभरा शिरको एउटा पाटीमा बुबाआमाका बिचमा सिरक भित्र गुँडुलिएको थिएँ । मलाई लेखनाथ काकाले बोकेर पुर्याउनु भएछ माथिसम्म । म पनि ठिक भैसकेको थिएँ अब त तर चिसो धेरै भएकोले म सिरक ओडेर बसिरहेँ, बुबा र काकाले दाउरा खोजेर ल्याउनुभयो, आमाले खाना पकाउनु भयो, सबैले खायौँ । अँध्यारो भैसकेकोले गर्दा देवीको दर्शन बिहान मात्र गर्ने सल्लाह गरेर सुत्यौँ । सिमसिम पानी पनि पर्न थालेकोले जाडोको मात्रा पनि बढेको थियो ।बिहानै सबैजना उठ्यौ । अरू मान्छेहरू पनि निकै त्यहीँ बास बसेका रहेछन् । पानीको चाहिँ धेरै समस्या रहेछ । मन्दिर भन्दा अलिक पर स-साना खाल्डा जस्ता बनाइएका रहेछन् जहाँ परेको पानी वा हिउँ पग्लेर जमेको पानी राख्ने गरिएको रहेछ यात्रीको सुविधाको लागि । नुहाउन भन्दा पनि छोइछिटो गर्ने ( तौलिया भिजाएर जिउ पुस्ने ) काम भयो । पिउनको लागि पानी तलै फेदीबाट बोकेर लगिँदो रहेछ । बिहानको नित्य कर्म सकेपछि बुबाआमा पूजा गर्न लाग्नुभयो । म काकासँग थिएँ । आश्विनको दिन शरद् ऋतु भए पनि चिसो पुसमाघ जस्तै थियो । जति लुगा लगाएपनि जीउ नतात्ने । तर पनि फेरि लेक चाहिँ लागेन । लगभग उज्यालो हुँदा बुबाले पूजा सक्नुभयो । सबैले माता भगवतीको दर्शन गर्यौँ । राति परेको सिमसिमे पानीले सबै आकाश पखालेर सफ़ा बनाएको रहेछ । पूर्वतिरबाट दिवाकर चियाउँदै रहेछन् , तर सविता देखिनु पूर्व नै कञ्चन्जङ्घा र कुम्भकर्णले सूर्योदयको आभास गराए सुनौलो टल्किएर । प्रेम विवाहकी दुलही जस्ती देखिए हिमालहरू , घुम्टो ओडेकी तर नलजाईकन हाँसिरहेकी । हामी पाथिभराको शिरमा थियौँ त्यहाँबाट कञ्चन्जङ्घा र कुम्भकर्णको बिचमा सम्म मैदान जस्तो सेतो देखियो कुहिरोले छोपेर मानौ बिचमा कुनै पहाड नै छैनन् र पर हाम्रै उचाईका जस्ता लाग्ने हिमालले हामीलाई अँगालो मारिरहेछन् । साँच्चै मनोरम दृष्य थियो त्यो । अहिलेको प्रविधि भए कति सेल्फी हानिन्थ्यो होला । मलाई देवीको दर्शन गर्दा पनि केही छुटेको आभाष भएको थिएन तर अहिलेको यो आह्लादकारी दृष्यपान गर्नबाट दिदी छुटेकोमा निकै नमज्जा लाग्यो । यसरी रमाइलो लाग्दा लाग्दै पनि हामी ओरालो लाग्यौँ र बेलुका साँझसाँझ पर्दा बोझे घरमा आइपुग्यौँ नवमीको दिन बेलुका । भोलि त टिकाको दिन !!टिकाको बिहान साइतकै समयमा काकाहजुरबुबा र काकीहजुरआमाको हातबाट टिका लगायौँ । बुबा आमाले पनि पहाडको काका काकीहरूलाई लगाइदिनु भयो । त्यसपछि सबै केटाकेटीहरूले वहाँहरूबाट टीका लगायौँ । दशमीको दिन दसपल्ट दस थोक खानु पर्छ भन्दै दही चिउरा केरा, सेल रोटी,अचार, तरकारी आदि विभिन्न परिकार आमा काकीहरूले दिनुभयो । खाएर केहीबेर बस्दैथियौँ, तीनधारेबाट चम्पादिदीहरू टिका लगाउन आउनु भयो । त्यसपछि बुबा आमा सहित हामी तारिबुंगमा जेठाबा ( जगन्नाथ भट्टराई) को घरमा टिका लगाउन गयौँ । उता टिका लगाएर बेलुका बोझे फर्कियौँ । एकादशीको दिन चारगाउँ दिदी ( हजुरबुबाकी दिदी) लाई भेट्न गयौँ । द्वादशीको दिन बोझेबाट बिदा भएर खोदुम्बू बुबाको मावली गाउँ गयौँ ।बुबा ३ वर्षको उमेरदेखि नै मावल बस्नु भएको रहेछ , त्यसैले बुबाको लागि बोझे भन्दा खोदुम्बू प्यारो लागेको कुरा वहाँको व्यवहारबाट लाग्दथ्यो । बुबाको मावलको हजुरआमा (आमै) अहिले पनि हामीसँगै हुनुहुन्थ्यो जसलाई घरमा छोडेर हामी पहाड आएका थियौँ । खोदुम्बू पुगेपछि एउटा ठूलो ढुंगामा पुगेपछि बुबा आमा दुबै रोकिनु भयो, अनुहारमा आश्चर्य, पीडा र वेदना एकैपल्ट आँखाबाट बर्सिए । दिदी र म बुबाआमालाई हेरिरह्यौँ । के भयो अचानक ? किन रुनुभयो दुवै ? केही बुझ्न सकेनौँ । आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो । बुबाले भन्नुभयो “ यही ढुंगो भएको ठाउँमा हाम्रो तीनतले वरिपरि बरन्डा भएको घर थियो, हामी मधेस जाने भएपछि बनाउँदा लागेको भन्दा सस्तो दाममा बेचेर गएका थियौँ २०२८ सालमा । तर २०३४ सालमा पहिरो आएर हाम्रो घर किन्नेका परिवारका ६ जनालाई घर सहित पुर्यो । पाथिभरा माताको कृपाले हामी मधेस गएर बाँच्यौ नत्र त्यो पहिरोमा हामी मर्ने थियौँ “। त्यो सुनेपछि मेरा त खुट्टा थरर कामेछन् । आमाको अँगालोमा थिएँ तर डरले सुसु झरेछ । फेरि पहिरो आए जस्तो लागेर रुन थालेँछु म त । बेलुका थरी साइँला बाको घरमा बास बस्यौँ । दिउँसोको घटना सम्झेर सबै हाँस्नु भयो । दिदी मलाई गिज्याउँदै थिई ।
आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो ।
त्रयोदशीको दिन बन्चरे भीरको बाटो खोक्से तरेर नाङ्खोल्याङ गयौँ यानिकी बुबाको मावल गाउँबाट हाम्रो मावल गाउँ । नाङ्खोल्याङमा अझै आमाका काका काकीहरू हुनुहुन्थ्यो । यता उता टिका लगाएर बेलुका आमाका साहिँला काकाका घरमा बसियो । चतुर्दशीको दिन बिहानै साइतको टिका लगाएर आमाको मावली गाउँ ह्वाकु तिर लाग्यौँ । समय छँदै ह्वाकु पुगियो र टिका आशीर्वाद लिने काम गरियो । पूर्णिमाको दिन ह्वाकुमै बस्यौँ र दिउँसो जल्दिबिर ( जुनार जस्तै) पेलेर अमिलो निकालियो । प्रतिपदाको दिन ह्वाकुबाट हिँडेर चारदिनमा सकुशल चारआली स्थित घरमा आइपुगियो । मेरो जीवनमा पहिलो दसैँ टिका आमै बिनाको भयो ।किन किन न्यास्रो लागेर बेलुका म आमैसँगै सुतेँ ।२०७७/७/२४, स्कटल्याण्ड ।

संस्मरण : पहिलो ताप्लेजुङ यात्रा !

  • दुष्यन्त भट्टराई

कुरा २०३९ साल आश्विनको हो । गते सम्झन सकिन तर पात्रो भेट्टाएँ भने चाहिँ भन्न सक्छु । “यो वर्षको दसैँ ताप्लेजुङमा मनाउन जाने” एकदिन बुबाले स्कुलबाट घर आइपुगेपछि आमालाई भन्नुभयो । दिदी र म पनि स्कुलबाट आएर खाजा खाँदै थियौँ । हामीले एक अर्कालाई हेर्यौँ । दिदी मुसुक्क हाँसी, मैले पनि दिदीकै हाँसोमा हाँसो मिसाइदिएँ ।

त्यो भन्दा करिब एक महिना अगाडि एकदिन बुबा र आमा बेलुकाको खानपिन सकेर सुत्ने बेलामा सल्लाह गर्दै गरेको सुनेको थिएँ । आमाले भन्नुभयो “ छोरो पनि अब १० वर्षको भैसक्यो, छोराछोरी नभएर पाथिभरा माताको भाकल गरेको पनि यत्तिका वर्ष भैसके ।अब त छोराछोरी पनि ठूला भैसके । एकपल्ट माताको दर्शन गर्न जानु पर्छ, यसो समय मिलाउनु पर्छ कि ?” बुबाले सुनिरहनु भयो । अँ अँ भन्दा बढी केही बोल्नु भएन । त्यसपछि सबै सुत्यौँ ।

बुबा अर्थात् पं नारायण प्रसाद भट्टराई । बुबाका परिचय धेरै थिए । दुहागढीको वाल सुवोधिनी निम्न माध्यमिक विद्यालयमा पढाउनु हुन्थ्यो, सबैले “ गुरुसर “ भन्थे । गुरु भनिसकेपछि सर किन भनेका हुन् मैले आजसम्म बुझेको छैन । सायद पढाउने सबै सर हुन् र संस्कृत र नेपाली पढाउने भएकोले सरमा गुरु पनि लगाएका होलान् । त्यस्तै चारआलीको सैनिक व्यारेकमा नियमित चौमासा पुराण भन्नु हुन्थ्यो , सबैले “पण्डित गुरु “ भन्थे । आमैको “नानी” ; हजुरबुबा, हजुरआमाको “ पण्डित” ; काकाहरूको “पण्डित दाजु” ; छर छिमेकीहरूको “भट्टराई पण्डित” यस्तै यस्तै थिए बुबाका परिचयहरू ।

बिहानै खाना खाएर लगभग सवा घन्टा हिँडेर स्कुल जानुहुन्थ्यो । १० देखि ४ सम्म स्कुल । तर घर टाढा भएकोले हेडसर भोला सुवेदीसँग अनुरोध गरेर अन्तिम पिरियडमा आफ्नो कक्षा नराख्ने गर्नुभएको थियो । स्कुलबाट हतार हतार ४५ मिनेटमा चारआली सैनिक व्यारेक पुगेर ६ बजे सम्म पुराण भन्नु हुन्थ्यो र झमक्क साँझ पर्दा मात्र घर आउनुहुन्थ्यो । पछि २०३७ सालमा साइकल सिकेपछि अलिक सजिलो र छिटो हुनथाल्यो । मैले र बुबाले सँगै साइकल सिक्यौँ ८ र ४८ वर्षको उमेरमा । एक जना डोनस ग्रान्डन नाम गरेका कर्णेल थिए । नाम सुन्दा अंग्रेज जस्तो लागे पनि उनी नेपाली नै थिए । क्रिस्चियन नाम जस्तो लागे पनि हिन्दु नै थिए । तामांग जातिका उनी बौद्ध र हिन्दु धर्म बराबर मान्दथे । सैनिक व्यारेकमा कुनै पूजापाठ गर्नु पर्ने भएमा बुबालाई बोलाउँथे र कन्डेकेटा केटीलाई पनि टिका लगाईदिने, पैसा दिने र मिठो मिठो खुवाउने गर्थे । बुबासँगै विशेष पूजाको दिन म पनि व्यारेक जान्थेँ । पछि अम्बिका न्यौपाने कर्णेल आउँदा पनि यो क्रम जारी रहेको थियो । यो चलन मैले थाहा पाउन थाले देखिकै हो ।

ए साँच्ची त ! कता ताप्लेजुङ जाने कुरा छाडेर बुबाको काममा अल्झेँछु म पनि । अब नअल्मलिइकन ताप्लेजुङ जाने है त ।

हामी घरमा ८ जना थियौँ । आमै ( बुबाको मावलको हजुरआमा), बुबा, आमा, दिदी, म, चौधरी बाबै(हली), भरत राजवंशी ( गोठालो) र काउली ( चौधरी बाबैकी छोरी ) । चौधरी बाबैकी श्रीमती मरेपछि एक्ली छोरी लिएर बाबै दु:खले भौँतारिरहेको बेला बुबाले काम गर्छौ भने तिमीहरू बाबुछोरीलाई नै म बस्न खान र केही पैसा पनि दिन्छु भनेपछि खुसी हुँदै हाम्रोमा हली बसेका थिए ।

बुबाले बसको दुईटा टिकट किनेर ल्याउनु भयो । घरमा घटस्थापना गरेर जमरा राख्ने काम गरियो । आमै र घरको राम्रो हेर बिचार गर्नु भनेर बुबाले सबैलाई अह्राईपराई गर्नु भयो । आमाले बाटाको लागि चिउरा, सख्खर, मकैको सातु, गुन्द्रुक, भटमास, अदुवाका चानाहरू, टर्चलाइट, जाडो मौसमलाई चाहिने कपडाहरू आदि सबै तयार गर्नुभयो । घटस्थापनाको भोलिपल्ट बिहान ४ बजे नै आमाले खाना तयार गर्नुभयो । हामी हिँड्ने चारजनाले खाना खायौँ । बुबाले बिहानै नित्य पान्चायन पूजा सकिसक्नु भएको थियो । आमैले सबैलाई साइतको टिका लगाइदिनु भयो । बिर्तामोडबाट ५:३०मा बस हिँड्ने भनेको रहेछ । हाम्रो घरबाट बस चढ्ने सड़क पुग्न १५ मिनेट हिँड्नु पर्थ्यो । सानागुरु ( माधव प्रसाद भण्डारी) जो होचो कदको हुनुहुन्थ्यो र आफ्नै घरमा गुरुकुल चलाएर बस्नु भएको थियो सबैले वहाँलाई सानागुरु भन्थे । अहिले गुरु बितेर गए पनि वहाँले दिएको जग्गामा बनेको माधव संस्कृत माध्यमिक विद्यालय चलिरहेको छ समाजकै दान र दाताहरूबाट । वहाँकै घर अगाडिको चौतारोमा बस रोकेर चढ्ने योजना रहेछ बुबाको । हामी ५:३० नबज्दै सानागुरुको घर अगाडि पुग्यौँ ।

आश्विन महिना, न जाडो न गर्मी । ५:३० मा भर्खर उज्यालो हुँदै थियो । घाम झुल्किसकेका थिएनन् । ७ किमी परको बिर्तामोडबाट ५:३० मा हिँड्ने भनेको बस ६ बजे पनि आएन । अहिलेको जस्तो मोवाइल वा इन्टरनेटको सुविधा थिएन सोधखोज गर्न । पर्खनु सिवाय अर्को कुनै उपाय थिएन । हामी पर्खँदै थियौँ । सानागुरु पनि फलैँचामै आएर बुबासँग कुरा गर्दै हुनुहुन्थ्यो । ६:१५ भयो तर बस आएन । पहिलो पल्ट पहाड जाँदैथिएँ म । मनमा अनन्त उत्साह थियो । तर बस नआएर दिक्क हुँदै थियौँ । सबैका आँखा चारआली तिरको बाटोमा ओछ्याइएका थिए । बल्ल बल्ल ६:३० बजे मेची यातायातको बस छतभरि मान्छे बोकेर आइपुग्यो । बुबाले हात उठाउनु भयो । बस रोकियो । बस यति भीड़ छ कि चढ्ने ठाउँ छैन । बल्ल तल्ल ठेलम्ठेल गर्दै बस चढियो ।

चढ्न त चढियो बस तर बुबाले काटेको टिकटको सिटमा त अरू नै मान्छे बसेका छन् । हामी केटाकेटी नै भएकोले बुबाले दुईटा मात्र टिकट काट्नु भएको थियो सायद छोरा छोरीलाई काखमा राखेर जान सकिन्छ भन्ने सोचले होला । तर यहाँ स्थिति उल्टो भयो, काटेको सीट पनि छैन । बसको स्टाफलाई भनेपछि र टिकट देखाएपछि बल्ल बल्ल ती बसेका मानिसले हाम्रो सीट छोडिदिए । बुबा र आमा सीटमा बस्नुभयो , दिदी बुबाआमाको बिचमा घुस्रिई । म झोलामाथि बसेँ । त्यति व्यवस्था हुँदा बस बर्नेको चियाबगान बिचबाट उकालो लाग्दैथियो ।

करिब दुई घन्टामा बस फ़िक्कल पुग्यो । पूर्व पश्चिम (महेन्द्र) राजमार्ग मात्र कालोपत्रे थियो त्यो समयमा । चारआलीबाट उत्तर लागेको मेची राजमार्ग कच्ची ( ग्राबेल) थियो । बिहानै भएकोले फिक्कल पुगुन्जेल खासै धुलो उडेको थिएन । केहीबेर फिक्कलमा चिया नास्ताको लागि रोकेपछि बस पुन: आइतबारेको उकालो उक्लिन शुरु गर्यो । बाटाका दाँयाबाँया चियाका बुटाहरू बसकै गतिमा धुलोको कम्बल ओड्दै पछाडितिर दौडिन्थे । आइतबारेको डाँडाबाट ओरालो लागेपछि चियाबारी पनि सकियो । तीनघरे, गोदक हुँदै कच्चीबाटोमा बिस्तारै ओरालोमा बामे सर्दै बस माई खोला पुगेर रोकियो । बसका सबै यात्रुहरू उत्रेर माईखोलालाई नमस्कार गर्ने, तल खोलामै गएर सूर्यमा पानी चढाउने आदि गर्न थाले । केही यात्रीहरू लघुशंका गर्न पनि कुनामा छेलिँदै हराए र केहीबेरमै झुल्किए पनि । पुन: सबै यात्रुहरूलाई बोकेर माई तरेर उकालो लागेको बस ठस् ठस् कन्दै करिब २ बजे इलाम पुगेर रोकियो ।

गाडीको बाटो इलाम सम्म मात्र थियो , त्यहाँबाट ताप्लेजुङको यात्रा पैदल हुने रहेछ । म मात्र दस वर्षको भए पनि करिब ५ किलोको झोला मेरो भागमा पनि परेको थियो । मधेसबाट पहाड जानेले प्राय: चिनी कोशेली लाने चलन रहेछ । हो त्यही ५ किलो चिनी मैले बोकेँ । दिदी, बुबा र आमाले पनि आफआफ्ना झोला बोक्नुभयो र बजारको बिचहुँदै चुरेघाँटी निस्कियौँ । करिब तीन बजेको थियो त्यतिबेला , बुबाले साँखेजुङ गएर बस्ने भन्नुभयो । बाटामा पैदल यात्रुहरू पनि हिँडिरहेका थिए । यस्तोमा साँझ साँझ पर्दैगर्दा करिब ५ बजे साँखेजुङ पुगेर एकजना लुईँटेलको घरमा बास मागेर बसियो ।

भोलिपल्ट बिहानै उठेर हातमुख धोएपछि आमाले त्यहीँ तातोपानी पकाउनु भयो र सबैले एक एक गीलास तातोपानी पिएर लुईँटेल परिवारलाई धन्यवाद दिँदै बिदा भयौँ । चुरेघाँटीबाट साँखेजुङसम्म त तेर्सो तेर्सो बाटो थियो हिजो बेलुका आउँदा तर यहाँबाट त टोपी खस्ने उकालो चढ्नु पर्ने रहेछ रक्से डाँडा । शुरु शुरुमा त ५ किलो चिनीको झोला बोकेर सबैभन्दा अगाडि हिँड्दै थिएँ म तर करिब १ घन्टा उकालो हिँडेपछि मेरा खुट्टा हिँड्न नसक्ने भए । मधेसको समथरमा जन्मेर खेलेको म पहाड हिँड्न नजान्ने रहेछु । मेरो झोला बुबाले बोकीदिनु भयो । बुबाले सिकाएको तरिकाले हिँड्न थालेँ , हलुका पनि भयो र अलिक सहज भयो । दुई घन्टा उकालो चढेपछि एकजना भण्डारीको घरमा पुगेर बुबाले दाउरा र तरकारी माग्नु भयो । आमाले खाना पकाउनु भयो र खाना खायौँ ।

आमा धन्दा गर्दैहुनुहुन्थ्यो । “अब हिँड्नु पर्छ, छिटो गर “ बुबाले भन्नुभयो ।
खाना पकाउने र खाने समयमा हाम्रो थकाई मरिसकेको थियो तर आमाको ? आमा केही बोल्नु भएन , दिदीले भाँडा पखाल्न सघाई । हतार हतार काम सकेर हिँड्दा १० बजेको हुनुपर्छ । उकालो सकिने छाँटकाँट छैन , चित्रे भन्ने गाउँबाट जङ्गल शुरु भयो । पहाडमा जङ्गललाई पाताल भन्दा रहेछन् । बुबाले भन्नुभयो “ अब पातालको बाटो छ , भालु लाग्न सक्छ त्यसैले हामी सरेसम्म अरू बटुवाहरू सँगै हिँड्नुपर्छ” । पाँचथर र ताप्लेजुङ जाने प्रमुख मार्ग भएकोले पनि होला मान्छेहरूको आवागमन बाक्लै थियो । तर जति गरेपनि हामीले कुनै एउटा समूहलाई पछ्याउन सकेनौँ । बेला बेला अरूसँगै र बेलाबेला हामीमात्र हुँदै अलिक सम्म र खुल्ला ठाउँमा पुग्यौँ । बाटाकै छेउमा एउटा पोखरी पनि रहेछ । पोखरीमा केही पानी थियो । यसलाई सुके पोखरी भन्दा रहेछन् । डाँडाको टुप्पामा पुगेका वटुवाहरूलाई प्यास मेट्ने पानी यही रहेछ । “पाताल छिचोल्न अझै धेरै छ हिड्नु पर्छ” भनेर त्यहाँ पनि नबसी हामी हिँड्यौ । भोक लाग्न थालेको थियो तर सुके पोखरीबाट उकालो सकिएर अलिक तेर्सो बाटो आएकोले हिँड्न सहज भयो । आमाले भुटेका ठेट्ना मकै बोक्नु भएको रहेछ । मेरा गोजीमा हालिदिनुभयो । म मकै चपाउँदै हिँड्न थालेँ । केही घन्टा हिँडेपछि एउटा खोल्सी आयो । त्यसको नाम नाम्दु खोला रहेछ । त्यसकै किनारै किनार हिँड्दै गयौँ । बाटो कहिले नाम्दु वारि कहिले नाम्दु पारि हुन्थ्यो । काठका मुडा तेर्स्याएर पुल त नभनौँ फड्के बनाइएका थिए । लेकको ठाउँ, खोलाको किनार, ओसिलो परेको जमिन जुका लाग्ने रहेछन् । सकेसम्म जुकाबाट जोगिँदै हिँड्दैथियौँ । हिँड्दाहिँड्दै साँझ पर्यो, वरपर गाउँ घर केही छैनन् । भर्खर औँसी सकिएकोले रात पनि अँधेरी छन्, आकाशमा अरवौँ तारा भएपनि एउटा जूनको जत्ति पनि काम गर्दैन रहेछन् । टर्चलाइटको सहायताले करिब ८ बजे राति एउटा घरमा पुग्यौ । घर लिम्बूको रहेछ । बुबाले बास माग्नुभयो । लिम्बूनी आमा साह्रै मज़ाकी रहिछन् , बास मात्र हैन , खानाको सबै सामाग्री तयार गरिदिइन्, आमाले खाना पकाउनु भयो । आगाको छेउमा बसेर आगो ताप्दै खुट्टामा हेरेको त सेतो कपडाको जुत्ता रातो भएको रहेछ । मलाई असाध्य डर लाग्यो र रुन थालेँ । बुबाले मेरा जुत्ता र मोजा खोलिदिनु भयो । औँलाका काप कापमा जुका अड्किएका थिए ।रगत चुसेर ढाडिएका जुकाहरू सजिलै निकालिदिनु भयो बुबाले , सबैको हालत उही रहेछ । अरूको देखेपछि म रुन छोडेँ । आमाले खाना पकाएपछि सबैले खाना खायौँ र सुत्दा निकै राति भैसकेको थियो । त्यो लालीखर्क रहेछ । थाकेको ज्यान भुसुक्कै निदायो आमाका काखमा ।

बुबाले बिहानै उठाउनु भयो । हातमुख धोयौँ । लिम्बुनी आमाले तातोपानी र चिया दुवै दिइन् । आँगनमा निस्कँदा उघ्रेको आकास र लहरै सेताम्य हिमालहरू देखिए । म सँग क्यामरा हुँदो हो त कति फोटा खिच्थेँ होला । तल फाँटजस्तो ठाउँमा ठूलो बजार देखियो । बुबाले भन्नुभयो “ फिदिम बजार त्यही हो ।” कञ्चन्जङ्घा र कुम्भकर्ण हिमालमा बिहानको सूर्यको किरण पर्दाको सुनौलो दृश्य साँच्चिकै मन लोभ्याउने थिए । तर हेरेर बस्ने समय थिएन, सात बजेतिर हामीले लिम्बू दम्पतिलाई धन्यवाद दिँदै फिदिम तिरको बाटो ततायौँ ।

समय त ९ मात्र बजेको थियो फिदिम पुग्दा । तर त्यहीँ बुबाले चिनेका एकजना भट्टराईकै घरमा खाना खाएर जाने कुरा भयो । घरबाट हिँडेपछि बल्ल एक छाक भएपनि पकाउनु नपरेर आमालाई आराम भयो । भट्टराई आमाले मिठो खाना खुवाउनु भयो । दही, मोही दुध, अचार , धेरै परिकार । घरमा खाएर हिँडेपछि घरमै खाएँ जस्तो भयो । तर पुग्नु धेरै टाढा भएकोले अलमल नगरी हामी बाटा लाग्यौँ ।

फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो ।

फिदिमबाट केही बेरमै तेर्सो तेर्सो बाटो हुँदै जोरसाल पुग्यौँ । जोरसालबाट तल तोमर नदी सुसाएको सुनियो र देखियो पनि । ठाडो ओरालो झरेर पहिले हेवा खोला तरेर तमोर किनार पुगियो । देख्न त बराहक्षेत्रमा सप्तकोशी पनि देखेको थिएँ तर शान्त , यहाँ त पानी पनि बौलाए जस्तै गरेर बग्दै थियो । यति उर्लेको, यति गर्जेको नदी मैले देखेकै थिएन । बुबाले भन्नुभयो “ यो तमोर त हामी सानामा पौडेर तर्थ्यौँ “। तमोर किनारमा बसेर हामीले चिउरा र सख्खर मिसाएर खाजा खायौँ , प्यास मेट्न तमोरको कलकल पानी छँदैथियो । हामी किनारै किनार केही हिँडेपछि एउटा झोलुङ्गे पुल देखियो । कुनै सिटौला दाताले बनाइदिएको हुनाले त्यसलाई सिटौला पुल भन्दा रहेछन् । सिटौला पुल तरेपछि बाटो ठाडो उकालो लाग्यो । मेरो काँधमा लालीखर्क देखिनै हिजोको ५ किलो झोला बुई चढेको थियो । बाटो धेरै उकालो भए पनि ढुंगा खिपेर सिँडी जस्तै बनाइएको हुनाले हिँड्न केही सहज भयो । फेरि मलाई पहाड हिँड्ने अनुभव पनि पूरै एक दिन र एक बिहानको भएकोले म पनि सिपालु भैसकेको थिएँ । घाम पश्चिम डाँडाको पिठ्यूँमा लुकिसकेका थिएँ । हाम्रो हिँडाई छिटो थिएन । बल्लबल्ल साँझमा छातेढुंगा पुगेर भवानी प्रसाद कन्दंगवाको घरमा बास बसियो । हिजो र अस्तिका बास बसेका घरहरू नचिनेका र मार्गमा खोजिएका बास थिएँ तर आज चाहिँ हामी यहीँ बस्ने भनेरै आएका थियौँ । किनकि कन्दंगवा झापामा दस वर्ष देखि हाम्रा छिमेकी हुनुहुन्थ्यो । अन्यस्थानमा बास बसे जस्तो हुन्थ्यो तर आज घरमा बसे जस्तो भैरहेको थियो । कन्दंगवा बा आमाहरूले खानपिनको सबै तयारी गरिदिनु भयो, आमाले पकाउनु भयो र सबैले खाएर सुत्यौँ । बिहान उठेर आमाले तातो पानी तताएर मलाई नुहाइदिनु भयो । तीन दिन पछाडि नुहायो ज्यानले । बिहान छिटो गरेर त्यहीँ खाना खाएर हामी हिँड्यौँ ।हिँड्ने बेलामा कन्दंगवा आमाले बारीमा फलेका अम्बक एक झोला हालिदिनु भयो । हामी खाँदै बाटा लाग्यौँ ।

बेलुका करिब ५ बजे हामी ह्वाकु पुग्यौँ । ह्वाकुमा आमाको मावली घर थियो । मावलकी हजुरआमा र मामा श्रीप्रसाद अनि मामाका दुई (श्रीमती) परिवार त्यहीँ बस्नु हुन्थ्यो । हामी पुग्दा हजुरआमा पिँडीमा बसेर वाती कात्तै हुनुहुन्थ्यो । मामा बस्तुभाउको थान्कोमुन्को गर्दै हुनुहुन्थ्यो । कान्छी माइज्यू भान्साको तयारी , ठूली माइज्यू मतानमा के के गर्दै, अन्य मामाका छोराहरू यता उता घर धन्दामै व्यस्त हुनुहुन्थ्यो । आकस्मिक रूपमा हामी पुग्दा सबै आश्चर्य चकित हुनुभयो । भलाकुसारी गरेर खानपिन गर्दै बिहान सबेरै हिँड्ने र दसैँको टिका लगाउन पूर्णिमा सम्ममा आइपुग्ने कुरा गरेर सुत्यौँ ।

“आज ताप्लेजुङ नै पुग्नु पर्छ, बाटो लामो छ , छिटो गर “ बुबा बिहानै उठेर भन्दै हुनुहुन्थ्यो । आमाकी माइज्युले बिहानको रातिनै उठेर खाना तयार गर्नुभएको रहेछ । सबैले खाना खाएर हिँड्दा लगभग ६ बजेको थियो । केही ओरालो, केही तेर्सो बाटो हुँदै हामी पैरे पुग्यौँ । तल तमोर नदीमा एउटा जीर्ण झोलुंगे पुल देखियो तर मानिसहरू जोखिम मोलेर पुलमा हिँड्दै थिएँ । गाउँकै कुनै लिम्बूनी आमैले आफ्नै खर्चमा बनाइदिएको पुल भएर त्यसलाई लिम्बूनी पुल भन्दा रहेछन् । त्यतिबेलाका मान्छेमा समाज सेवाको चेतना कति उच्च रहेछ जस्तो लाग्छ अहिले सम्झँदा । पैरेमा भोला सुवेदी बुबाको घरमा पुगेर केही बेर बसियो । पुन: हिँड्दै तमोरको किनारै किनार खर्कुणे पुगियो । खर्कुणे ताप्लेजुङमा र वरपर मर्ने मानिस जलाउने घाट रहेछ । एउटा झोलुंगे पुल पनि रहेछ । हामी पुग्दा पनि एउटा चिता जलिरहेको थियो ।

खर्कुणेको झोलुंगे पुल तरेर ठाडो उकालो लागियो । अहिले सम्झँदा ताना शर्माको घनघस्याको उकालो पनि यस्तै थियो होला टोपी खस्ने । त्यति धेरै मानिस हिँड्ने भए पनि साँघुरो बाटो र अव्यवस्थित बाटो रहेछ । केही कुतौजी परेर खुट्टा चिप्लियो भने सिधै तमोर नदीमा ।बडो कठिनले यो उकालो काटेर करिब साँझको छ बजे बोझे घर पुगियो । बोझे घरमा बुबाको कान्छा काका, काकी, वहाँका दुई छोरा र दुवै छोराका परिवार बस्नुहुन्थ्यो । हजुरबुबाहरू दुई भाइमा जेठोको परिवार (हामी) मधेस र कान्छो हजुरबाको परिवार बोझेपुर्ख्यौली घरमा बस्दै आएको थियो । ढोगभेट,भलाकुसारी गर्ने काम भए । द्वितीया तिथिमा घरबाट हिँडेका हामी आज षष्टीका दिन पहाडको घरमै पुगेर बास बसियो । पाँच दिनको लगातार हिँडाईले सबैजना धेरै थाकेका थियौँ । भोलि सप्तमीको दिन आराम गर्ने र अष्टमीको दिन पाथिभरा जाने सल्लाह गरेर सुतियो ।

सप्तमीको दिन बिहानै उठेर सेती धारामा नुहाउन लिएर जानुभयो बुबाले । पहाडको जरूवा पानीको धारा, बिहानै भएकोले बाहिरी मौसम चिसो तर धाराको पानी तातो लाग्यो र नुहाएँ । तर नुहाई सकेपछि भने जाडोले काम छुट्यो । म त दाँत किटेर काम्न थालेँछु । बुबाले हतार हतार घरमा ल्याएर अँगेनाको छेउमा बसाएर आफैँ हात खुट्टा सेकाई दिनु भयो । फूलपाति भित्र्याउने, पूजा गर्ने काम सकेर खाना खाएपछि बुबाले फुङ्लिँग बजार घुमाउन लानु भयो । आमा र दिदी घरमै बस्नुभएकोले बुबा, म र पहाडको कान्छो काका (लेखनाथ भट्टराई) मात्र गयौँ । केहीबेर बजार घुम्न गएका हामी बजार पुगेपछि त बुबा भेटे जति सबैसँग गफ गर्न थाल्नु भयो । दस वर्ष पछाडिको भेट, बुबाका पुराना इष्टमित्रहरू सबै चिया खाउँ, बसौँ न केहीबेर भन्ने मात्र भेटिन्थे । हामी घर फर्किँदा करिब ४ बजेको थियो । भोलि बिहान अँध्यारै पाथिभरा जाने सल्लाह हिजै गरेको थियो र हाम्रो साथी काका लेखनाथ जाने कुरा भएको थियो । तर हामी बजारबाट फर्केर आउँदा स्थिति अर्कै भैसकेछ घरमा त । ब्लेडले नङ काट्न थालेकी दिदीले खुट्टाको बुढीऔँला गहीरो काटिछे । मधेसबाट पाथिभरा जान आएका हामी अब दिदी जान नसक्ने भई । आमाको भाकल, छोराछोरी भएपछि दर्शन गराउन ल्याउँछु भनेको तर आज काखैको छेउमा पुगेर पनि छोरी जान नसक्ने भएपछि आमा निकै खिन्न बन्नुभयो । सबैले आमालाई सम्झाए । “मधेसबाट पाथिभरा नै जाने भनेर आइयो, अब राधाले नसके पनि छोरो लिएर जाऊँ” बुबाले पनि भन्नुभयो । आमालाई बिहान जान राज़ी गराएर मात्र सबै सुत्यौँ तर दिदी निकै राति सम्म घुँक्क घुँक्क रुँदैथिई । मलाई नराम्रो लाग्दालाग्दै कतिबेला निदाएँ , बिहान “ए उठ्, जाने बेला भयो “ भन्दा मात्र थाहा पाएँ ।

करिब चार बजेको हुँदो हो, चिया र दूध चिउरा खाएर हामी चारजना पाथिभरा जान बाटा लाग्यौँ । “मधेसबाट पनि चार जना नै आएका थियौँ अहिले दिदीको ठाउँमा लेखनाथ काका भएर पुन: चार जनानै भइयो । आखिर ४ जना भएरै दर्शन गर्न जुरेको रहेछ , माताको इच्छा त्यस्तै रहेछ अनि हाम्रो के लाग्थ्यो र ?” फुङ्लिँग बजार काटेर सुकेटारको उकालो चढ्दै गर्दा बुबाले आमालाई भन्नुभयो । आमा अझै खिन्न हुनुहुन्थ्यो दिदी आउन नसकेकोमा । सुकेटार पुग्न करिब २ घन्टा लाग्यो । केहीबेर बसेर त्यहाँ रहेको एयरपोर्ट हेर्यौँ । विमान प्राय: बिहानै आउने रहेछ , “दिउँसो असाध्यै हावा चल्छ रे र बस्न सक्दैन रे “, लेखनाथ काका भन्दैहुनुहुन्थ्यो । जति उकालो जान्थ्यौँ उति चिसो बढ्दै थियो ।तल्लो फेदीमा पुगेर केहीबेर आराम गर्यौँ । बाटो त राम्रै थियो कतै माटाकै, कतै ढुंगा ओछ्याएको, हिँड्न त्यति कठिन भएको थिएन फेरि मधेसबाट आउँदाको चिनीको झोला पनि त थिएन । म हलुका रित्तो थिएँ र ?

सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद ।

सबैभन्दा अगाडि हिँड्दै थिएँ तर आमाको हिँडाई अलिक सुस्त थियो । मन खुसी नभएर पनि होला सायद । “ म त बिहान बोझेबाट हिँडेर बेलुका बोझेमा नै सुत्न आइपुग्छु “ भन्दै हुनुहुन्थ्यो लेखनाथ काका । हामीसँग हिँड्दा सायद वहाँलाई पनि पट्यार लागेको थियो होला । साइकलको गतिमा मोटरसाइकलले हिँड्नु परे कति दिक्क मान्दो हो ? काकालाई त्यस्तै भएको हुँदो हो । तर हामीलाई हतार थिएन, बेलुका सम्ममा मन्दिर पुग्नुमात्र आजको लक्ष्य । माथिल्लो फेदीसम्म जसोतसो पुगियो तर ४ बज्यो त्यहाँ पुग्दै । अब अगाडि डबल घनघस्याको उकालो देखिन्छ ।सबैले एकएकवटा लौरा टेकेका छौँ । बाटोमा ढिलो हुनुमा जिम्मेदार हामी हिड्न नसक्नु चाहिँ होइन है , मुख्य कारण बुबा हो । बाटामा दर्शन गरेर फर्कनेहरू बुबाले नचिनेका र बुबालाई नचिन्ने विरलै भेटिन्थे । सबैसँग नमस्कार गरेर १/२ मिनेट बोल्दा पनि समय धेरै गैसकेको थियो । दसैको अष्टमीको दिन भएकोले पनि होला दर्शन गरेर फर्कनेहरू धेरैले टाउका बिनाका कुखुरा, परेवा, बोका बोकेर ओरालो झर्दै गरेका देखिन्थे ।

माथिल्लो फेदीबाट एक घन्टा उकालो चढेपछि मलाई अचानक टाउको दुखेर रिंगटा लाग्न शुरुभयो । “ ए लु लु केटालाई लेक लाग्यो, खोइ सातु निकाल्नु त भाउजु, सातु खुवाउनु पर्छ “ लेखनाथ काकाले यति भनेको थाहा छ , त्यसपछि व्यूँझदा म पाथिभरा शिरको एउटा पाटीमा बुबाआमाका बिचमा सिरक भित्र गुँडुलिएको थिएँ । मलाई लेखनाथ काकाले बोकेर पुर्याउनु भएछ माथिसम्म । म पनि ठिक भैसकेको थिएँ अब त तर चिसो धेरै भएकोले म सिरक ओडेर बसिरहेँ, बुबा र काकाले दाउरा खोजेर ल्याउनुभयो, आमाले खाना पकाउनु भयो, सबैले खायौँ । अँध्यारो भैसकेकोले गर्दा देवीको दर्शन बिहान मात्र गर्ने सल्लाह गरेर सुत्यौँ । सिमसिम पानी पनि पर्न थालेकोले जाडोको मात्रा पनि बढेको थियो ।

बिहानै सबैजना उठ्यौ । अरू मान्छेहरू पनि निकै त्यहीँ बास बसेका रहेछन् । पानीको चाहिँ धेरै समस्या रहेछ । मन्दिर भन्दा अलिक पर स-साना खाल्डा जस्ता बनाइएका रहेछन् जहाँ परेको पानी वा हिउँ पग्लेर जमेको पानी राख्ने गरिएको रहेछ यात्रीको सुविधाको लागि । नुहाउन भन्दा पनि छोइछिटो गर्ने ( तौलिया भिजाएर जिउ पुस्ने ) काम भयो । पिउनको लागि पानी तलै फेदीबाट बोकेर लगिँदो रहेछ । बिहानको नित्य कर्म सकेपछि बुबाआमा पूजा गर्न लाग्नुभयो । म काकासँग थिएँ । आश्विनको दिन शरद् ऋतु भए पनि चिसो पुसमाघ जस्तै थियो । जति लुगा लगाएपनि जीउ नतात्ने । तर पनि फेरि लेक चाहिँ लागेन । लगभग उज्यालो हुँदा बुबाले पूजा सक्नुभयो । सबैले माता भगवतीको दर्शन गर्यौँ । राति परेको सिमसिमे पानीले सबै आकाश पखालेर सफ़ा बनाएको रहेछ । पूर्वतिरबाट दिवाकर चियाउँदै रहेछन् , तर सविता देखिनु पूर्व नै कञ्चन्जङ्घा र कुम्भकर्णले सूर्योदयको आभास गराए सुनौलो टल्किएर । प्रेम विवाहकी दुलही जस्ती देखिए हिमालहरू , घुम्टो ओडेकी तर नलजाईकन हाँसिरहेकी । हामी पाथिभराको शिरमा थियौँ त्यहाँबाट कञ्चन्जङ्घा र कुम्भकर्णको बिचमा सम्म मैदान जस्तो सेतो देखियो कुहिरोले छोपेर मानौ बिचमा कुनै पहाड नै छैनन् र पर हाम्रै उचाईका जस्ता लाग्ने हिमालले हामीलाई अँगालो मारिरहेछन् । साँच्चै मनोरम दृष्य थियो त्यो । अहिलेको प्रविधि भए कति सेल्फी हानिन्थ्यो होला । मलाई देवीको दर्शन गर्दा पनि केही छुटेको आभाष भएको थिएन तर अहिलेको यो आह्लादकारी दृष्यपान गर्नबाट दिदी छुटेकोमा निकै नमज्जा लाग्यो । यसरी रमाइलो लाग्दा लाग्दै पनि हामी ओरालो लाग्यौँ र बेलुका साँझसाँझ पर्दा बोझे घरमा आइपुग्यौँ नवमीको दिन बेलुका । भोलि त टिकाको दिन !!

टिकाको बिहान साइतकै समयमा काकाहजुरबुबा र काकीहजुरआमाको हातबाट टिका लगायौँ । बुबा आमाले पनि पहाडको काका काकीहरूलाई लगाइदिनु भयो । त्यसपछि सबै केटाकेटीहरूले वहाँहरूबाट टीका लगायौँ । दशमीको दिन दसपल्ट दस थोक खानु पर्छ भन्दै दही चिउरा केरा, सेल रोटी,अचार, तरकारी आदि विभिन्न परिकार आमा काकीहरूले दिनुभयो । खाएर केहीबेर बस्दैथियौँ, तीनधारेबाट चम्पादिदीहरू टिका लगाउन आउनु भयो । त्यसपछि बुबा आमा सहित हामी तारिबुंगमा जेठाबा ( जगन्नाथ भट्टराई) को घरमा टिका लगाउन गयौँ । उता टिका लगाएर बेलुका बोझे फर्कियौँ । एकादशीको दिन चारगाउँ दिदी ( हजुरबुबाकी दिदी) लाई भेट्न गयौँ । द्वादशीको दिन बोझेबाट बिदा भएर खोदुम्बू बुबाको मावली गाउँ गयौँ ।

बुबा ३ वर्षको उमेरदेखि नै मावल बस्नु भएको रहेछ , त्यसैले बुबाको लागि बोझे भन्दा खोदुम्बू प्यारो लागेको कुरा वहाँको व्यवहारबाट लाग्दथ्यो । बुबाको मावलको हजुरआमा (आमै) अहिले पनि हामीसँगै हुनुहुन्थ्यो जसलाई घरमा छोडेर हामी पहाड आएका थियौँ । खोदुम्बू पुगेपछि एउटा ठूलो ढुंगामा पुगेपछि बुबा आमा दुबै रोकिनु भयो, अनुहारमा आश्चर्य, पीडा र वेदना एकैपल्ट आँखाबाट बर्सिए । दिदी र म बुबाआमालाई हेरिरह्यौँ । के भयो अचानक ? किन रुनुभयो दुवै ? केही बुझ्न सकेनौँ । आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो । बुबाले भन्नुभयो “ यही ढुंगो भएको ठाउँमा हाम्रो तीनतले वरिपरि बरन्डा भएको घर थियो, हामी मधेस जाने भएपछि बनाउँदा लागेको भन्दा सस्तो दाममा बेचेर गएका थियौँ २०२८ सालमा । तर २०३४ सालमा पहिरो आएर हाम्रो घर किन्नेका परिवारका ६ जनालाई घर सहित पुर्यो । पाथिभरा माताको कृपाले हामी मधेस गएर बाँच्यौ नत्र त्यो पहिरोमा हामी मर्ने थियौँ “। त्यो सुनेपछि मेरा त खुट्टा थरर कामेछन् । आमाको अँगालोमा थिएँ तर डरले सुसु झरेछ । फेरि पहिरो आए जस्तो लागेर रुन थालेँछु म त । बेलुका थरी साइँला बाको घरमा बास बस्यौँ । दिउँसोको घटना सम्झेर सबै हाँस्नु भयो । दिदी मलाई गिज्याउँदै थिई ।

आमाले दिदी र मलाई समातेर छातीमा टाँस्नु भयो र माता पाथिभरालाई धन्यवाद दिनुभयो ।

त्रयोदशीको दिन बन्चरे भीरको बाटो खोक्से तरेर नाङ्खोल्याङ गयौँ यानिकी बुबाको मावल गाउँबाट हाम्रो मावल गाउँ । नाङ्खोल्याङमा अझै आमाका काका काकीहरू हुनुहुन्थ्यो । यता उता टिका लगाएर बेलुका आमाका साहिँला काकाका घरमा बसियो । चतुर्दशीको दिन बिहानै साइतको टिका लगाएर आमाको मावली गाउँ ह्वाकु तिर लाग्यौँ । समय छँदै ह्वाकु पुगियो र टिका आशीर्वाद लिने काम गरियो । पूर्णिमाको दिन ह्वाकुमै बस्यौँ र दिउँसो जल्दिबिर ( जुनार जस्तै) पेलेर अमिलो निकालियो । प्रतिपदाको दिन ह्वाकुबाट हिँडेर चारदिनमा सकुशल चारआली स्थित घरमा आइपुगियो । मेरो जीवनमा पहिलो दसैँ टिका आमै बिनाको भयो ।

किन किन न्यास्रो लागेर बेलुका म आमैसँगै सुतेँ ।

२०७७/७/२४, स्कटल्याण्ड ।

सम्बन्धित समाचारहरु

ताजा समाचार