#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै सम्हालेका थिए । दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा पन्तले ५६ रन बनाए । यसअघिको खेलमा ओपनिङ गर्दै आक्रमक ब्याटिङ गरेका मार्कस स्टोइनिस यो खेलमा भने शून्य रनमा आउट भए । त्यस्तै, शिखर धवनले १५ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन् ।मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

दिल्लीले मुम्बइलाई दियो १५७ रनकाे मध्यम लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।

दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै सम्हालेका थिए । दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा पन्तले ५६ रन बनाए । यसअघिको खेलमा ओपनिङ गर्दै आक्रमक ब्याटिङ गरेका मार्कस स्टोइनिस यो खेलमा भने शून्य रनमा आउट भए । त्यस्तै, शिखर धवनले १५ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार