#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
  • भेषराज पाेखरेल
न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै।म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छैन। एउटा अदृश्य डरले पुरै मस्तिष्कलाई लथालिङ्ग बनाइ दिएको छ। कल्पनानै नगरेका आफन्त र साथीभाइहरूको अकाल अनि भयानक अन्त्यको खबरले परिस्थिति विकराल नै भइ सकेको अनुभूत गराउन थालेको छ! बरु म आफू संक्रमित हुँदा यति डराएको थिइनँ जति दिनहुँ छापिने मृत्युका कठोर प्रहारहरूको समाचारहरूबाट डराएको छु! आफूलाई आइपर्ने दुर्घटनाको आभासले भन्दा पनि समाजमा भइ रहेको दुर्घटनाको त्रासले मन आक्रान्त हुन पुगेको छ। नसम्झिन खोज्दा पनि बाध्य छु युरोप र अमेरिकाको आततायी नरसंहार अनि सामुहिक चिहानका डरलाग्दा परिदृश्यहरू।तर यी तमाम निराशाहरूको कालो बादल भित्र पनि एउटा आशाको झिनो र कमजोर उज्यालोको कल्पना गर्न चाहिँ छोडेको छैन। मैले कोरोनालाई जितिसकेँ अब मलाई केही हुन्न भन्नेहरू र मलाई त अहिलेसम्म लाग्दै लागेन अब के लाग्ला र भन्नेहरूलाई विनम्र अनुरोध गर्न चाहान्छु। तपाईंको घमण्ड र बल मिच्याइँ भन्दा कोरोना हजार गुना शक्तिशाली छ तर यसलाई बेलैमा थिच्न सकियो भने तपाईंको अगाडि यो जति निरीह कुनै रोग हुने छैन।म चिकित्सा क्षेत्रको विशेषज्ञ त होइन नै तर मेरो अनुभवजन्य परामर्शले समाजमा आशाको किरण छर्न सक्छ भन्ने कुरामा शतप्रतिशत विश्वस्त छु। कोरोनाले कुनै पनि मानिसमा प्रवेश गरेपछि शुरुको 4/6 दिन नाक र घाँटीलाई मात्रै आफ्नो आश्रय स्थल बनाउने रहेछ। यो अवधिमा कसैमा सामान्य लक्षण देखिने, कसैमा लक्षण नै नदेखिने र कसैमा जटिल लक्षण पनि देखिने हुँदो रहेछ। यदि शुरुवाती 6 दिनभित्र हामीले वरदान स्वरुप प्राप्त गरेको घरेलु जडिबुटीको भरपुर उपयोग गर्न सक्ने हो भने कोरोनाको असर कमिलाको टोकाइ बराबर पनि नहुने रहेछ। तर जब शुरुवाती दिनमा हामी लापर्वाह हुन्छौ र मलाई केही भएको छैन , यो जाबो कोरोनालाई त म यत्तिकै पचाइ दिन्छु भन्ने दम्भले दबाउन खोज्छौँ तब हामी आफ्नै चिहान खन्ने काममा लाग्दा रहेछौँ।मानिसहरूको दर्दनाक अन्त्यको प्रमुख कारण पनि शुरुवाती दिनमा देखिएको सामान्य अवस्थामा आवश्यक सजगता अपनाउन नसक्नु हो भन्ने कुरामा म विश्वस्त छु। यो रोगले फकाइफकाइ मानिसलाई मृत्युशैय्यामा पुर्याउने रहेछ। यसर्थ विज्ञानको दबदबालाई समेत तुच्छ प्रमाणित गर्न सक्ने, संसारकै सर्वशक्तिमान मानिएको प्राणीलाई नै कायल पार्न सक्ने कोभिड 19 को पहिलो आक्रमणलाई नै निस्तेज पार्नु हाम्रो जीवनरक्षाको निर्विकल्प उपाय हो।यसका लागि निम्न कुराहरूको अवलम्बनमा सदा सचेत र सजग रहनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहान्छु।१) तिर्खा लाग्दा या नलाग्दा जुनसुकै बेला पनि मनतातो भन्दा अलि बढी तातोपानी नै पिउने बानी बसालौँ। २) आँखा पोल्ने, दुख्ने, बिझाउने या सामान्य असजिलो अनुभव मात्रै भएमा पनि तातोपानी(खाने कपुर, असुरोको पात, तुलसीको पात र नून सहित) को वाफ दिनमा कम्तीमा ३ पटक नियमित लिने गरौँ। ३) खाने कपूरलाई धूलो पारी सफा कपडामा बेरेर जुनसुकै बेला नाकबाट गन्ध लिइ राख्ने गरौँ। ४) दिनमा ४/५ पटक एउटा टिम्मुर र एउटा मरिच मुखमा राखिराख्ने बानी बसालौँ । ५) काँडापानी बनाउँदा सक्खर(गुण), तुलसी, ज्वानो, जिरा, दालचीनी, टिम्मुर, र अदुवाको प्रयोगलाई अनिवार्य बनाऔं।कोरोनाको आतंक रहुन्जेल चिसो पानी या अन्य चिसो पेय पदार्थको प्रयोग गर्नु भनेको मृत्युसँग मितेरी गाँस्नु सरह हो भन्ने कुरालाई गम्भीर रूपमा मनन गरौँ। यति मात्रै विधि अपनाउन सके पनि हाम्रा आफन्तले हाम्रो आत्माको चिरशान्तिको कामना गर्नु पर्दैन। हाम्रा फोटाहरूले अखबार र सामाजिक सन्जालका भित्ताहरू रङ्गिने छैनन्।कोरोना लागेपछि म धेरै पैसा खर्च गरेर बाँचिहाल्छु नि भन्नेहरूलाई पनि उनीहरूले कमाएको अथाह धनराशिले बचाउन सकेको पाइएन। प्रकृतिले हामीलाई कोरोनाको विरुद्ध सजिलै लड्न सक्ने प्रतिरोधात्मक उपायका लागि सहस्र स्रोत दिएको छ। यी स्रोतहरूको नियमित उपयोग गरौँ र सबैलाई उपयोग गर्न उत्प्रेरित गरौँ। (लेखक मेरिल्याण्ड कलेजका प्रबन्ध निर्देशक हुन्)

“कोरोना आतंक र प्रतिरोधका उपायहरू” : भेषराज पाेखरेल (शिक्षाविद्)

  • भेषराज पाेखरेल

न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै।

म कोरोना प्रतिरोध गर्न सक्षम भनाउँदोको पनि मन स्थिर छैन। एउटा अदृश्य डरले पुरै मस्तिष्कलाई लथालिङ्ग बनाइ दिएको छ। कल्पनानै नगरेका आफन्त र साथीभाइहरूको अकाल अनि भयानक अन्त्यको खबरले परिस्थिति विकराल नै भइ सकेको अनुभूत गराउन थालेको छ! बरु म आफू संक्रमित हुँदा यति डराएको थिइनँ जति दिनहुँ छापिने मृत्युका कठोर प्रहारहरूको समाचारहरूबाट डराएको छु! आफूलाई आइपर्ने दुर्घटनाको आभासले भन्दा पनि समाजमा भइ रहेको दुर्घटनाको त्रासले मन आक्रान्त हुन पुगेको छ। नसम्झिन खोज्दा पनि बाध्य छु युरोप र अमेरिकाको आततायी नरसंहार अनि सामुहिक चिहानका डरलाग्दा परिदृश्यहरू।

तर यी तमाम निराशाहरूको कालो बादल भित्र पनि एउटा आशाको झिनो र कमजोर उज्यालोको कल्पना गर्न चाहिँ छोडेको छैन। मैले कोरोनालाई जितिसकेँ अब मलाई केही हुन्न भन्नेहरू र मलाई त अहिलेसम्म लाग्दै लागेन अब के लाग्ला र भन्नेहरूलाई विनम्र अनुरोध गर्न चाहान्छु। तपाईंको घमण्ड र बल मिच्याइँ भन्दा कोरोना हजार गुना शक्तिशाली छ तर यसलाई बेलैमा थिच्न सकियो भने तपाईंको अगाडि यो जति निरीह कुनै रोग हुने छैन।

म चिकित्सा क्षेत्रको विशेषज्ञ त होइन नै तर मेरो अनुभवजन्य परामर्शले समाजमा आशाको किरण छर्न सक्छ भन्ने कुरामा शतप्रतिशत विश्वस्त छु। कोरोनाले कुनै पनि मानिसमा प्रवेश गरेपछि शुरुको 4/6 दिन नाक र घाँटीलाई मात्रै आफ्नो आश्रय स्थल बनाउने रहेछ। यो अवधिमा कसैमा सामान्य लक्षण देखिने, कसैमा लक्षण नै नदेखिने र कसैमा जटिल लक्षण पनि देखिने हुँदो रहेछ। यदि शुरुवाती 6 दिनभित्र हामीले वरदान स्वरुप प्राप्त गरेको घरेलु जडिबुटीको भरपुर उपयोग गर्न सक्ने हो भने कोरोनाको असर कमिलाको टोकाइ बराबर पनि नहुने रहेछ। तर जब शुरुवाती दिनमा हामी लापर्वाह हुन्छौ र मलाई केही भएको छैन , यो जाबो कोरोनालाई त म यत्तिकै पचाइ दिन्छु भन्ने दम्भले दबाउन खोज्छौँ तब हामी आफ्नै चिहान खन्ने काममा लाग्दा रहेछौँ।

मानिसहरूको दर्दनाक अन्त्यको प्रमुख कारण पनि शुरुवाती दिनमा देखिएको सामान्य अवस्थामा आवश्यक सजगता अपनाउन नसक्नु हो भन्ने कुरामा म विश्वस्त छु। यो रोगले फकाइफकाइ मानिसलाई मृत्युशैय्यामा पुर्याउने रहेछ। यसर्थ विज्ञानको दबदबालाई समेत तुच्छ प्रमाणित गर्न सक्ने, संसारकै सर्वशक्तिमान मानिएको प्राणीलाई नै कायल पार्न सक्ने कोभिड 19 को पहिलो आक्रमणलाई नै निस्तेज पार्नु हाम्रो जीवनरक्षाको निर्विकल्प उपाय हो।

यसका लागि निम्न कुराहरूको अवलम्बनमा सदा सचेत र सजग रहनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहान्छु।

१) तिर्खा लाग्दा या नलाग्दा जुनसुकै बेला पनि मनतातो भन्दा अलि बढी तातोपानी नै पिउने बानी बसालौँ।
२) आँखा पोल्ने, दुख्ने, बिझाउने या सामान्य असजिलो अनुभव मात्रै भएमा पनि तातोपानी(खाने कपुर, असुरोको पात, तुलसीको पात र नून सहित) को वाफ दिनमा कम्तीमा ३ पटक नियमित लिने गरौँ।
३) खाने कपूरलाई धूलो पारी सफा कपडामा बेरेर जुनसुकै बेला नाकबाट गन्ध लिइ राख्ने गरौँ।
४) दिनमा ४/५ पटक एउटा टिम्मुर र एउटा मरिच मुखमा राखिराख्ने बानी बसालौँ ।
५) काँडापानी बनाउँदा सक्खर(गुण), तुलसी, ज्वानो, जिरा, दालचीनी, टिम्मुर, र अदुवाको प्रयोगलाई अनिवार्य बनाऔं।

कोरोनाको आतंक रहुन्जेल चिसो पानी या अन्य चिसो पेय पदार्थको प्रयोग गर्नु भनेको मृत्युसँग मितेरी गाँस्नु सरह हो भन्ने कुरालाई गम्भीर रूपमा मनन गरौँ। यति मात्रै विधि अपनाउन सके पनि हाम्रा आफन्तले हाम्रो आत्माको चिरशान्तिको कामना गर्नु पर्दैन। हाम्रा फोटाहरूले अखबार र सामाजिक सन्जालका भित्ताहरू रङ्गिने छैनन्।

कोरोना लागेपछि म धेरै पैसा खर्च गरेर बाँचिहाल्छु नि भन्नेहरूलाई पनि उनीहरूले कमाएको अथाह धनराशिले बचाउन सकेको पाइएन। प्रकृतिले हामीलाई कोरोनाको विरुद्ध सजिलै लड्न सक्ने प्रतिरोधात्मक उपायका लागि सहस्र स्रोत दिएको छ। यी स्रोतहरूको नियमित उपयोग गरौँ र सबैलाई उपयोग गर्न उत्प्रेरित गरौँ। (लेखक मेरिल्याण्ड कलेजका प्रबन्ध निर्देशक हुन्)

सम्बन्धित समाचारहरु

ताजा समाचार