#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
फाइल फोटो
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरूलाई पक्राउ गरेको हो ।अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरू बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरूले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

पिसिआरको नक्कली रिपोर्ट बनाउने ३ पक्राउ

फाइल फोटो

चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरू बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरूले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार