#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
काठमाडौं ।नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राति ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन्’ कार्यकारी निर्देशक कँडेलले भने – ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’ हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्नेछ ।‘सक्किगोनी’ को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ । आज आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजनबिच उक्त सम्झौता गरिरहेको छ ।साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खवर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।यसपटक हामीले ‘सक्किगोनी’ का कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे 'पाँडे'सँग तिहारसँग केन्द्रित रहेर रमाइलाे कुराकानी गरेका छाै‌ँ । प्रस्तुत छ उनीहरुसँग गरिएकाे कुराकानी याे भिडियाेमा : 

जिग्री र पाँडेको तिहार अनुभव : जब राजेश हमालको घरमा देउसी खेल्न पुगे ! (भिडियाे)

काठमाडौं ।

नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राति ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन्’ कार्यकारी निर्देशक कँडेलले भने – ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’ हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्नेछ ।

‘सक्किगोनी’ को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ । आज आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजनबिच उक्त सम्झौता गरिरहेको छ ।

साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खवर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।

यसपटक हामीले ‘सक्किगोनी’ का कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’सँग तिहारसँग केन्द्रित रहेर रमाइलाे कुराकानी गरेका छाै‌ँ । प्रस्तुत छ उनीहरुसँग गरिएकाे कुराकानी याे भिडियाेमा :

 

सम्बन्धित समाचारहरु