चन्दा उठाएर क्वारेन्टाइन निर्माण

चन्दा उठाएर क्वारेन्टाइन निर्माण


मेलम्ची ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको हो ।

चालीस जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यबत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । । अहिले भने १५ जना क्षमताको तयारी भएको छ । इच्छा हुने एक व्यक्ति बराबर एक हजार संकलन गरेर क्वारेन्टाइन बनाइएको हो । क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताउँछन् । अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि पाँच थान गाउन र ५ सय थान मास्क निःशुल्क उपलब्ध गराएका थिए । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले पाँच सय थान मास्क प्रदान गरेको छ ।

चार जना आइसोलेशनमा
विदेशबाट फर्किएका चार जनालाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेशनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेशनमा रहने चार जना पुगेको हो । रिजाललाई चौतारा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।

यसअघि इराकबाट फर्केका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा राखिएको थियो । उनीहरु अझै आइसोलेशनमै छन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।—रासस

Logo