#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
सांकेतिक तस्वीर
जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा शनिबार बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो ।साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत तेजाब प्रहार गरेको प्रहरीले जनाएको छ । तेजाब प्रहारले आरतीको अनुहार, छाती, पेट लगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ ।प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार तेजाब प्रहारबाट घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।रासस

श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ

सांकेतिक तस्वीर

जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा शनिबार बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत तेजाब प्रहार गरेको प्रहरीले जनाएको छ । तेजाब प्रहारले आरतीको अनुहार, छाती, पेट लगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ ।

प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार तेजाब प्रहारबाट घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार