नेपालमा आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ जना पुगेको छ । आज ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५२७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ३०९ सय जनाको परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा आज ३१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार ९२९, भक्तपुरमा ९ हजार ५४ र ललितपुरका १५ हजार ६१५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २३ हजार ६१५ जना पुगेको छ ।

Logo