#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको कारण बुधबार भर्चुअलमार्फत भएको क्यानको साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।साधारण सभाले क्यानको आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको लेखा परिक्षण प्रतिवेदनलाई पारित गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षणको लागि एबीएस एण्ड एसोसियट्सलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।वित्तीय वर्ष २०७७/७८ को कार्यक्रम र बजेट निर्माण गर्दै अघि बढ्न केन्द्रिय कार्यसमितिलाई निर्देशन दिएको छ । साधारण सभाले केन्द्रिय कार्यसमितिलाई एन्टी करप्सन, एन्डी डोपिङ र इथिक्स पोलिसी निर्माण गर्न, खेलाडीको कोड अफ कन्डक्ट र कन्ट्रयाक्ट तयार गर्दै कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।यस्तै पाँच वर्षे रणनैतिक योजना निर्माण गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषदमा पेश गर्न समेत साधारण सभाले अनुमति दिएको छ । त्यस्तै क्यानको स्वामित्व रहने गरी नेपाल प्रिमियर लिग (एनपीएल) संचालन गर्न कन्ट्रयाक्ट प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ ।नयाँ नेतृत्व आएपछि क्यानको यो पहिलो साधारण सभा हो । यस अघि क्यानले पटक पटक साधारण सभाको मिति तोक्दै आएको थियो । तर, कोरोनाको कारण सबै मिति सर्दै आएको थियो । साधारण सभाले गरेको निर्णयहरु :

क्यानको साधारण सभा सम्पन्न, के के भयो निर्णय ?

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको कारण बुधबार भर्चुअलमार्फत भएको क्यानको साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।

साधारण सभाले क्यानको आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको लेखा परिक्षण प्रतिवेदनलाई पारित गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षणको लागि एबीएस एण्ड एसोसियट्सलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

वित्तीय वर्ष २०७७/७८ को कार्यक्रम र बजेट निर्माण गर्दै अघि बढ्न केन्द्रिय कार्यसमितिलाई निर्देशन दिएको छ । साधारण सभाले केन्द्रिय कार्यसमितिलाई एन्टी करप्सन, एन्डी डोपिङ र इथिक्स पोलिसी निर्माण गर्न, खेलाडीको कोड अफ कन्डक्ट र कन्ट्रयाक्ट तयार गर्दै कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

यस्तै पाँच वर्षे रणनैतिक योजना निर्माण गर्दै अन्तराष्ट्रिय क्रिकेट परिषदमा पेश गर्न समेत साधारण सभाले अनुमति दिएको छ । त्यस्तै क्यानको स्वामित्व रहने गरी नेपाल प्रिमियर लिग (एनपीएल) संचालन गर्न कन्ट्रयाक्ट प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ ।

नयाँ नेतृत्व आएपछि क्यानको यो पहिलो साधारण सभा हो । यस अघि क्यानले पटक पटक साधारण सभाको मिति तोक्दै आएको थियो । तर, कोरोनाको कारण सबै मिति सर्दै आएको थियो ।
साधारण सभाले गरेको निर्णयहरु :

सम्बन्धित समाचारहरु

ताजा समाचार