#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए। बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनु पर्ने तर स्थगित भएको परीक्षा मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।अभिमुखीकरण जारीबोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनु भन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए । कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् ।ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो । धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने जनाइएको छ ।कक्षा ११ को परीक्षा विद्यालयबाटै कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डले दिएको छ । विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापन अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको सबै काम गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै दिइएको छ ।गोरखापत्रबाट

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा हुँदै

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए। बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनु पर्ने तर स्थगित भएको परीक्षा मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

अभिमुखीकरण जारी

बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनु भन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए । कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् ।

ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो । धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने जनाइएको छ ।

कक्षा ११ को परीक्षा विद्यालयबाटै
कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डले दिएको छ । विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापन अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न पाउने छन् । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतको सबै काम गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै दिइएको छ ।गोरखापत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार