काभ्रे ।
काभ्रेमा आज ३६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ६४ जना निको भएका छन् । विहिबार ५० जना थपिएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ३३३ पुगेको छ । संक्रमित मध्ये १ हजार ८६५ जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १२, बनेपाका ११, पनौतीका ८, पाँचखालका २, नमोबुद्धका १ र मण्डनदेउपुरका २ जना रहेका छन् । अब जिल्लामा ४३५ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा आज १ हजार १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८१ हजार ५८८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ३३६ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ९४८ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८७२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ । आज १ हजार ९४५ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । आज निको हुनेको संख्या ५ हजार ३६४ छ ।
आजको पिसिआर परीक्षण १० हजार ३४० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ४३ हजार ८९९ रहेको छ । आज २४ हजार ६६५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।