#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को विषय विश्व समुदायका लागि प्रमुख समस्याको विषय बनिरहेको छ । यस्तो अवस्थामा मानिसहरू कसरी यसबाट मुक्त हुन सकिन्छ भन्ने सोचमा छन् । कतिपय मानिसहरू कोरोना लाग्न नदिन अनेकौं उपायहरू अपनाउन बाध्य छन् । तर, ती उपाहरू कति सत्य र प्रभावकारी छन् त्यस कुराबाट भने अझै पनि अनविज्ञ नै छन् ।कोरोना भाइरस सर्न नदिन नियमित मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, भिडभाडमा नजाने लगायत विश्व स्वास्थ्य संगठनले दिएका मापदण्ड अनुरुप चल्न हो । तर, मानिसहरू कोरोनाबाट बच्न अन्य उपाय पनि अपनाइरहेका छन् । जस्तो रोगप्रतिरोधात्मक क्षमता वृद्धी गर्न, विभिन्न जडिबुटीको सेवन गर्ने, बजारमा पाइने विभिन्न प्रकारका इम्युनिटी बुस्टर पदार्थको सेवन गर्ने जस्ता विषयमा पनि रहेका छन् । तर, यी विविध सामग्रीको प्रयोग गर्दा हामी कति सुरक्षित छौं, अथवा भाइरसको जोखिमबाट हामी मुक्त छौं कि छैनौं भन्ने विषयबाट भने हामी अनविज्ञ नै छौं ।आज हामीले पछिल्लो समय विश्वमा कोरोना भाइरस ‘ट्रान्सफरमेसन फ्लो’, यसको प्रभाव र असर अनि इम्युनिटी पावर सम्बन्धी यथार्थ र भ्रमका विषयमा रहेर अमेरिकामा बस्दै आएका सर्जन साइन्टिस्ट डा. संजिव ह्योजुसँग कुरा गरेका छौं । सुरुका ८ वर्ष अमेरिकास्थित हार्वड विश्वविद्यालयमा र हाल युनिभर्सिटी अफ सिकागोमा ब्याक्टेरिया, भाइरस तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताका बारेमा सोध तथा अनुसन्धान गरि पिएचडि गरेका डा. हयोजुसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले भर्चुअल माध्यमबाट गर्नुभएको अन्तर्वार्ता :कोरोना भाइरस देखिएको लगभग १ वर्ष भइसकेको छ, हाल यस भाइरसको अवस्था कस्तो पाउनु भएको छ ?कोभिडको अवस्था दिनानुदिन डरलाग्दो भइरहेको छ । म बस्ने अमेरिकाको सिकागो भन्ने स्थानकै कुरा गर्ने हो भने पनि यसको संक्रमण दर तिब्र देखिएको छ । बिचमा केही कम भएको हो, तर जाडो सुरु भएसँगै यसको संख्या बढिरहेकै छ ।कोरोना भाइरस देखिएको सुरुवाती समय र हालको समयमा विश्वभर ‘भाइरस ट्रान्सफरमेसन फ्लो’ चाहिँ कस्तो छ ?भाइरसको सर्ने क्रम र बढ्ने क्रम बढिरहेकै छ । युरोप, अमेरिका, भारत, नेपाल लगायत देशमा बढ्ने क्रममै छ । अमेरिकाका विभिन्न राज्यहरूमा पनि बढिरहेकै छ र यसलाई नियन्त्रण गर्न सकिरहेको अवस्था छैन ।भाइरस कस्तो अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ ? भाइरस लागेकाहरू मध्ये पनि कतिपयलाई बढी असर र कतिपयलाई कम असर देखिएको छ, यसमा तपाईंहरूको खोज र अध्ययनले के देखाएको छ ?पहिलो कुरा त कोभिड भाइरस के हो, यो किन यति धेरैमा सरिरहेको छ र यसको प्रभाव किन भिन्न भिन्न प्रकृतिको छ ! बुझ्न जरुरी छ । विशेषतः यो भाइरस मान्छेका लागि नयाँ छ । छिट्टै यसको लक्षण नदेखिने कारण यो भाइरस एकबाट धेरैमा सर्न गएको हो र, यही कारणले यसले महामारीको रूप लिएको हो ।अब, काेरोना लागेका मानिसहरूको सन्दर्भमा धेरै मानिस सहजरूपमा निको भएका छन् । कतिपयलाई कुनै लक्षण नै देखिएको छैन र गाह्रो पनि भएको छैन । तर, कोभिड पीडित एउटा वर्ग छ, जसलाई आज पनि निकै गाह्रो भएको छ । त्यसमा, मोटोपना, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग भएकाहरु र ६० वर्षभन्दा माथिको उमेर समूह जो, अस्वस्थ्य भएकाहरु र ६० वर्षभन्दा माथिको उमेर समूह जो, अस्वस्थ्य छन्, उनीहरूले कोभिडको गहन र कठिन सामना गर्नु परेको छ । यसको अर्थ अरु उमेर समूह कोरोना पीडित छैनन् भन्ने होइन, तर ६० वर्षमाथिका र दीर्घरोगीहरू भाइरसबाट बढी प्रभावित छन् ।अब, बुझ्नु पर्ने विषय चाहिँ कोहीलाई बढी असर र कसैलाई कम असरको सन्दर्भ । आजको सन्दर्भमा कोभिडको बारेमा भन्नु पर्दा यो खतरनाक भाइरस हो जस्तो लाग्दैन । यदि यो भाइरस खतरनाक भएको भए, लाग्ने वित्तिकै लक्षण आउने, मृत्यु हुने हुनु पर्ने हो । तर, यसले अधिकांश निको भएका छन् । तर, जब भाइरस संक्रमण हुन्छ, अनि व्यक्तिको इम्युन पाउर (रोग प्रतिरोधी शक्ति)ले भाइरसलाई हेर्ने तरिकामा चाहिँ विविधता देखिएको छ । भाइरस संक्रमणपछि, प्रतिरोधी क्षमताले कुन हिसाबमा शरीर भित्र काम गरिरहेको छ, त्यसमा चाहि कारोना प्रभाव र असर भर पर्ने गर्छ ।प्रतिरोधी क्षमताले आवश्यक मात्रा भन्दा कम काम गरेमा वा आवश्यकता भन्दा बढी सक्रिय रहे पनि भाइरस प्रभाव धेरै देखिने गर्दछ । भाइरस लागिसकेपछि प्रतिरोधी क्षमताले त्यसलाई निस्तेज गर्न कसरी सक्रियरूपमा काम गरिरहेको छ, त्यसकै आधारमा कोभिडको असर धेरै वा थोरै देखिएको हो कि जस्तो लाग्छ ।यस्तो सन्दर्भमा बढी मात्रामा रोग प्रतिरोधात्मक क्षमता सक्रिय भएमा शरिरलाई थगाउने, गलाउने जस्ता असरहरू देखिन सक्छन् र कम मात्रामा भयो भने भाइरस प्रभाव झनै हुन सक्छ । तर, ठिक्क मात्रामा यो सक्रिय हुने हो भने भाइरसलाई सहजै परास्त गर्न सकिन्छ ।त्यसकारण, मेरो के सुझाव छ भने, भाइरसको बढी जोखिममा रहेकाहरूमा ‘इम्युन पावर’ बढी वा कम सक्रिय हुने गर्दछ । यो कारणले गर्दा लामो समयसम्म भाइरसको लक्षण देखिने र गाह्रो पार्ने गरेको देखिन्छ ।ड.साव यतिबेला आम मानिसमा, इम्युन पाउर बढी भयो भने कोरोना लाग्दैन अथवा, लागेपनि छिटो परास्त गर्न सकिन्छ भन्ने बुझाई छ नि ?हाम्रो समाजमा इम्युन पावर बढाउन, विभिन्न, इम्युन बुस्टर खाने, जडिबुटी, भिटामिन (सी, डि, ई, जिंक) लगायत कुराहरू खाने गरेका छन् । यो खाँदै गरेको वा खानु पर्छ कि पर्दैन भनेर मलाई प्रश्न पनि धेरै नै आउने गरेको छ । यो एक हदसम्म शरीरलाई आवश्यक हुन्जेलसम्म त ठिकै छ तर, मानव शरीरमा हामीले दैनिक खानेकुराहरूबाट पनि यी तत्वहरू पुगिरहेको हुन्छ । त्यसकारण जसरी मानिसहरू यतिबेला इम्युन बुस्टरका पछाडि लागिरहेका छन्, यो पैसा खर्च गर्ने माध्यम जस्तो मात्र लाग्छ ।कोरोना भाइरसलाई परास्त गर्न रोग प्रतिरोधी शक्ति धेरै सक्रिय भएरमात्र पनि हुँदैन । हाम्रो शरीरमा जुन प्रकारको संरचना छ, त्यसले नै पर्याप्त काम गर्दछ । हामीले दैनिक उपभोग गर्ने खाद्य सामग्रीहरूबाटै ती तत्वहरू प्राप्त हुन्छन्, त्यसैले कोरोनाको डरमा इम्युन बुस्टरहरूको पछाडि लाग्नु पर्ने जरुरत छैन ।यहाँ आम सर्वसाधारणले बुझेको भनेको ‘इम्युन पावर’ कम भएर भाइरसको प्रभाव बढी हुन्छ भन्ने बुझाई छ, तर तपाईंले त ‘इम्युन पावर’ बढी भएर पनि कोरोनाको प्रभाव बढी देखिएको भन्नु भयो नि, कसरी ?यो विषय धेरैले बुझ्नु पर्ने विषय हो । जतिबेला शरीरमा भाइरस प्रवेश गरेपछि ‘इम्युन सेल’ अर्थात् प्रतिरोधात्मक कोषहरू सक्रिय हुन्छन् । कोभिड भाइरसको प्रवेशमा मात्र नभएर सबैमा यही प्रक्रिया हुन्छ । अब, भाइरस शरीरमा प्रवेश गरेपछि, इम्युन सेलहरू सक्रिय हुन्छन्, यो भनेको मानव शरीरको सुरक्षात्मक संयन्त्र हो । यसको काम भाइरसलाई बृद्धी हुन नदिने हो, भाइरस,व्याक्टेरियाको असरबाट बचाउने हो । यी सेलहरू सक्रिय हुँदा शरीरमा साइटोप्लाजम, फ्रि–र्याडिकल अक्सिडिटी स्ट्रेस जस्ता रासायनिक पदार्थहरू निकाल्छन् । यी कुराहरू शरिरका लागि एउटा हदसम्म आवश्यक हुन्छ, तर कोभिडको केशमा चाहिँ यो प्रक्रिया बढ्दै जाने र एउटा लेभलमा पुगेपछि यी शरीरमा जम्मा भएका रासायनिक पदार्थहरूले उल्टो शरीरलाई नै हानी गर्न थाल्दछन् ।जस्तो, जिउ गलाउने, लामो समयसम्म ज्वरो आउने, फोक्सो विगार्ने, स्वासप्रस्वासमा समस्या आउने जस्ता प्रतिक्रियाहरू हुन्छन् । यस्तो अवस्थामा भाइरस भन्दा पनि भाइरस मार्नका लागि शरीरले निकालेको रासायनिक पदार्थहरूको सक्रियताले त्यस प्रकारका लक्षणहरू देखिएका हुन् । त्यसकारण इम्युन पावरको कमीका कारण भाइरसले पुर्याएको हानी नोक्सानीका कारण संक्रमितलाई गाह्रो भएको नभई आफ्नै शरिरमा भाइरस प्रतिरोधात्मक क्षमताका लागि सक्रिय सेलहरूले उत्पादन गरेको रासायनिक पदार्थको मात्राका कारण भएको भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।भाइरस ६ महिनासम्म मानिसको शरीर भित्र देखिएका केशहरू छन्, तर मानिसलाई केही भएको छैन । अर्कातर्फ कोभिड भएको मानिसहरूको मृत्यु पश्चात कोरोना नेगेटिभ छ । यसको अर्थ भाइरसको असर कति हुने हो भन्ने शरीरको रोग प्रतिरोधात्मक प्रणालीको खेल हो ।भाइरस शरीरमा प्रवेश गरिसकेपछि रोग प्रतिरोधात्मक क्षमता उच्च हुँदा यसले मानिसको मस्तिष्कमा पनि असर पुग्छ भनिन्छ , यस अर्थमा बजारमा पाइने इम्युन पावर बढाउनका लागि पाइने उत्पादनहरू उपभोग गर्नेहरूले बुझ्नु पर्ने विषय चाँही के हो ?हाम्रो रोग प्रतिरोधात्मक प्रणाली र मश्तिष्क आफैंमा नियमितरुपमा कम्युनिकेशनमा रहेका हुन्छन् । यदि शरीरको प्रतिरोधात्मक प्रणाली सक्रिय भयो भने मस्तिष्कमा पनि त्यसको सञ्चार हुन्छ नै । त्यही सञ्चारकै कारण हामीलाई ज्वरो आउने लगायतको कुराहरू हुन्छन् । अर्कातर्फ इम्युन सेलहरूका लागि पनि मस्तिष्कले निर्देशित गरिरहेकै हुन्छ । यस अर्थमा हामीले मनोवैज्ञानिक हिसाबमा सोच्दा पनि शरीरका रोग प्रतिरोधात्मक कोषिकाहरूलाई पनि सकारात्मक क्रियाबाट स्वचालित हुने किसिमले सोच्न आवश्यक हुन्छ । हामी जति नकारात्मक सोच्छौं, जति डराउँछौं, जति डर मान्छौं यसले मस्तिष्कमा नकारात्मक तरंग सृजना गर्दछ र यसले झनै गाह्रो बनाउँन सक्छ । त्यसैले नकारात्मक सोच भन्दा पनि सकारात्मक सोच तथा उच्च मनोबलका साथ शारीरिक व्यायामसहितको सन्तुलित जीवन यापन गर्न सके उत्कृष्ट हन्छ ।क्रमशः... (हामी डा. सन्जिबसँगको यस अन्तर्वार्तालाई विषय बस्तुको प्रकृती र प्रसंगका आधारमा क्रमश: प्रस्तुत गर्दै जानेछौं )

‘शरीरमा इम्युनिटी पावर बढी हुँदा पनि कोरोनाको असर ज्यादा हुन्छ’ : डा. संजिव ह्योजु (भिडियाे)

काठमाडौं ।

विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को विषय विश्व समुदायका लागि प्रमुख समस्याको विषय बनिरहेको छ । यस्तो अवस्थामा मानिसहरू कसरी यसबाट मुक्त हुन सकिन्छ भन्ने सोचमा छन् । कतिपय मानिसहरू कोरोना लाग्न नदिन अनेकौं उपायहरू अपनाउन बाध्य छन् । तर, ती उपाहरू कति सत्य र प्रभावकारी छन् त्यस कुराबाट भने अझै पनि अनविज्ञ नै छन् ।

कोरोना भाइरस सर्न नदिन नियमित मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, भिडभाडमा नजाने लगायत विश्व स्वास्थ्य संगठनले दिएका मापदण्ड अनुरुप चल्न हो । तर, मानिसहरू कोरोनाबाट बच्न अन्य उपाय पनि अपनाइरहेका छन् । जस्तो रोगप्रतिरोधात्मक क्षमता वृद्धी गर्न, विभिन्न जडिबुटीको सेवन गर्ने, बजारमा पाइने विभिन्न प्रकारका इम्युनिटी बुस्टर पदार्थको सेवन गर्ने जस्ता विषयमा पनि रहेका छन् । तर, यी विविध सामग्रीको प्रयोग गर्दा हामी कति सुरक्षित छौं, अथवा भाइरसको जोखिमबाट हामी मुक्त छौं कि छैनौं भन्ने विषयबाट भने हामी अनविज्ञ नै छौं ।

आज हामीले पछिल्लो समय विश्वमा कोरोना भाइरस ‘ट्रान्सफरमेसन फ्लो’, यसको प्रभाव र असर अनि इम्युनिटी पावर सम्बन्धी यथार्थ र भ्रमका विषयमा रहेर अमेरिकामा बस्दै आएका सर्जन साइन्टिस्ट डा. संजिव ह्योजुसँग कुरा गरेका छौं । सुरुका ८ वर्ष अमेरिकास्थित हार्वड विश्वविद्यालयमा र हाल युनिभर्सिटी अफ सिकागोमा ब्याक्टेरिया, भाइरस तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताका बारेमा सोध तथा अनुसन्धान गरि पिएचडि गरेका डा. हयोजुसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले भर्चुअल माध्यमबाट गर्नुभएको अन्तर्वार्ता :

कोरोना भाइरस देखिएको लगभग १ वर्ष भइसकेको छ, हाल यस भाइरसको अवस्था कस्तो पाउनु भएको छ ?

कोभिडको अवस्था दिनानुदिन डरलाग्दो भइरहेको छ । म बस्ने अमेरिकाको सिकागो भन्ने स्थानकै कुरा गर्ने हो भने पनि यसको संक्रमण दर तिब्र देखिएको छ । बिचमा केही कम भएको हो, तर जाडो सुरु भएसँगै यसको संख्या बढिरहेकै छ ।

कोरोना भाइरस देखिएको सुरुवाती समय र हालको समयमा विश्वभर ‘भाइरस ट्रान्सफरमेसन फ्लो’ चाहिँ कस्तो छ ?

भाइरसको सर्ने क्रम र बढ्ने क्रम बढिरहेकै छ । युरोप, अमेरिका, भारत, नेपाल लगायत देशमा बढ्ने क्रममै छ । अमेरिकाका विभिन्न राज्यहरूमा पनि बढिरहेकै छ र यसलाई नियन्त्रण गर्न सकिरहेको अवस्था छैन ।

भाइरस कस्तो अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ ? भाइरस लागेकाहरू मध्ये पनि कतिपयलाई बढी असर र कतिपयलाई कम असर देखिएको छ, यसमा तपाईंहरूको खोज र अध्ययनले के देखाएको छ ?

पहिलो कुरा त कोभिड भाइरस के हो, यो किन यति धेरैमा सरिरहेको छ र यसको प्रभाव किन भिन्न भिन्न प्रकृतिको छ ! बुझ्न जरुरी छ । विशेषतः यो भाइरस मान्छेका लागि नयाँ छ । छिट्टै यसको लक्षण नदेखिने कारण यो भाइरस एकबाट धेरैमा सर्न गएको हो र, यही कारणले यसले महामारीको रूप लिएको हो ।

अब, काेरोना लागेका मानिसहरूको सन्दर्भमा धेरै मानिस सहजरूपमा निको भएका छन् । कतिपयलाई कुनै लक्षण नै देखिएको छैन र गाह्रो पनि भएको छैन । तर, कोभिड पीडित एउटा वर्ग छ, जसलाई आज पनि निकै गाह्रो भएको छ । त्यसमा, मोटोपना, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग भएकाहरु र ६० वर्षभन्दा माथिको उमेर समूह जो, अस्वस्थ्य भएकाहरु र ६० वर्षभन्दा माथिको उमेर समूह जो, अस्वस्थ्य छन्, उनीहरूले कोभिडको गहन र कठिन सामना गर्नु परेको छ । यसको अर्थ अरु उमेर समूह कोरोना पीडित छैनन् भन्ने होइन, तर ६० वर्षमाथिका र दीर्घरोगीहरू भाइरसबाट बढी प्रभावित छन् ।

अब, बुझ्नु पर्ने विषय चाहिँ कोहीलाई बढी असर र कसैलाई कम असरको सन्दर्भ । आजको सन्दर्भमा कोभिडको बारेमा भन्नु पर्दा यो खतरनाक भाइरस हो जस्तो लाग्दैन । यदि यो भाइरस खतरनाक भएको भए, लाग्ने वित्तिकै लक्षण आउने, मृत्यु हुने हुनु पर्ने हो । तर, यसले अधिकांश निको भएका छन् । तर, जब भाइरस संक्रमण हुन्छ, अनि व्यक्तिको इम्युन पाउर (रोग प्रतिरोधी शक्ति)ले भाइरसलाई हेर्ने तरिकामा चाहिँ विविधता देखिएको छ । भाइरस संक्रमणपछि, प्रतिरोधी क्षमताले कुन हिसाबमा शरीर भित्र काम गरिरहेको छ, त्यसमा चाहि कारोना प्रभाव र असर भर पर्ने गर्छ ।

प्रतिरोधी क्षमताले आवश्यक मात्रा भन्दा कम काम गरेमा वा आवश्यकता भन्दा बढी सक्रिय रहे पनि भाइरस प्रभाव धेरै देखिने गर्दछ । भाइरस लागिसकेपछि प्रतिरोधी क्षमताले त्यसलाई निस्तेज गर्न कसरी सक्रियरूपमा काम गरिरहेको छ, त्यसकै आधारमा कोभिडको असर धेरै वा थोरै देखिएको हो कि जस्तो लाग्छ ।

यस्तो सन्दर्भमा बढी मात्रामा रोग प्रतिरोधात्मक क्षमता सक्रिय भएमा शरिरलाई थगाउने, गलाउने जस्ता असरहरू देखिन सक्छन् र कम मात्रामा भयो भने भाइरस प्रभाव झनै हुन सक्छ । तर, ठिक्क मात्रामा यो सक्रिय हुने हो भने भाइरसलाई सहजै परास्त गर्न सकिन्छ ।

त्यसकारण, मेरो के सुझाव छ भने, भाइरसको बढी जोखिममा रहेकाहरूमा ‘इम्युन पावर’ बढी वा कम सक्रिय हुने गर्दछ । यो कारणले गर्दा लामो समयसम्म भाइरसको लक्षण देखिने र गाह्रो पार्ने गरेको देखिन्छ ।

ड.साव यतिबेला आम मानिसमा, इम्युन पाउर बढी भयो भने कोरोना लाग्दैन अथवा, लागेपनि छिटो परास्त गर्न सकिन्छ भन्ने बुझाई छ नि ?

हाम्रो समाजमा इम्युन पावर बढाउन, विभिन्न, इम्युन बुस्टर खाने, जडिबुटी, भिटामिन (सी, डि, ई, जिंक) लगायत कुराहरू खाने गरेका छन् । यो खाँदै गरेको वा खानु पर्छ कि पर्दैन भनेर मलाई प्रश्न पनि धेरै नै आउने गरेको छ । यो एक हदसम्म शरीरलाई आवश्यक हुन्जेलसम्म त ठिकै छ तर, मानव शरीरमा हामीले दैनिक खानेकुराहरूबाट पनि यी तत्वहरू पुगिरहेको हुन्छ । त्यसकारण जसरी मानिसहरू यतिबेला इम्युन बुस्टरका पछाडि लागिरहेका छन्, यो पैसा खर्च गर्ने माध्यम जस्तो मात्र लाग्छ ।

कोरोना भाइरसलाई परास्त गर्न रोग प्रतिरोधी शक्ति धेरै सक्रिय भएरमात्र पनि हुँदैन । हाम्रो शरीरमा जुन प्रकारको संरचना छ, त्यसले नै पर्याप्त काम गर्दछ । हामीले दैनिक उपभोग गर्ने खाद्य सामग्रीहरूबाटै ती तत्वहरू प्राप्त हुन्छन्, त्यसैले कोरोनाको डरमा इम्युन बुस्टरहरूको पछाडि लाग्नु पर्ने जरुरत छैन ।

यहाँ आम सर्वसाधारणले बुझेको भनेको ‘इम्युन पावर’ कम भएर भाइरसको प्रभाव बढी हुन्छ भन्ने बुझाई छ, तर तपाईंले त ‘इम्युन पावर’ बढी भएर पनि कोरोनाको प्रभाव बढी देखिएको भन्नु भयो नि, कसरी ?

यो विषय धेरैले बुझ्नु पर्ने विषय हो । जतिबेला शरीरमा भाइरस प्रवेश गरेपछि ‘इम्युन सेल’ अर्थात् प्रतिरोधात्मक कोषहरू सक्रिय हुन्छन् । कोभिड भाइरसको प्रवेशमा मात्र नभएर सबैमा यही प्रक्रिया हुन्छ । अब, भाइरस शरीरमा प्रवेश गरेपछि, इम्युन सेलहरू सक्रिय हुन्छन्, यो भनेको मानव शरीरको सुरक्षात्मक संयन्त्र हो । यसको काम भाइरसलाई बृद्धी हुन नदिने हो, भाइरस,व्याक्टेरियाको असरबाट बचाउने हो । यी सेलहरू सक्रिय हुँदा शरीरमा साइटोप्लाजम, फ्रि–र्याडिकल अक्सिडिटी स्ट्रेस जस्ता रासायनिक पदार्थहरू निकाल्छन् । यी कुराहरू शरिरका लागि एउटा हदसम्म आवश्यक हुन्छ, तर कोभिडको केशमा चाहिँ यो प्रक्रिया बढ्दै जाने र एउटा लेभलमा पुगेपछि यी शरीरमा जम्मा भएका रासायनिक पदार्थहरूले उल्टो शरीरलाई नै हानी गर्न थाल्दछन् ।

जस्तो, जिउ गलाउने, लामो समयसम्म ज्वरो आउने, फोक्सो विगार्ने, स्वासप्रस्वासमा समस्या आउने जस्ता प्रतिक्रियाहरू हुन्छन् । यस्तो अवस्थामा भाइरस भन्दा पनि भाइरस मार्नका लागि शरीरले निकालेको रासायनिक पदार्थहरूको सक्रियताले त्यस प्रकारका लक्षणहरू देखिएका हुन् । त्यसकारण इम्युन पावरको कमीका कारण भाइरसले पुर्याएको हानी नोक्सानीका कारण संक्रमितलाई गाह्रो भएको नभई आफ्नै शरिरमा भाइरस प्रतिरोधात्मक क्षमताका लागि सक्रिय सेलहरूले उत्पादन गरेको रासायनिक पदार्थको मात्राका कारण भएको भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

भाइरस ६ महिनासम्म मानिसको शरीर भित्र देखिएका केशहरू छन्, तर मानिसलाई केही भएको छैन । अर्कातर्फ कोभिड भएको मानिसहरूको मृत्यु पश्चात कोरोना नेगेटिभ छ । यसको अर्थ भाइरसको असर कति हुने हो भन्ने शरीरको रोग प्रतिरोधात्मक प्रणालीको खेल हो ।

भाइरस शरीरमा प्रवेश गरिसकेपछि रोग प्रतिरोधात्मक क्षमता उच्च हुँदा यसले मानिसको मस्तिष्कमा पनि असर पुग्छ भनिन्छ , यस अर्थमा बजारमा पाइने इम्युन पावर बढाउनका लागि पाइने उत्पादनहरू उपभोग गर्नेहरूले बुझ्नु पर्ने विषय चाँही के हो ?

हाम्रो रोग प्रतिरोधात्मक प्रणाली र मश्तिष्क आफैंमा नियमितरुपमा कम्युनिकेशनमा रहेका हुन्छन् । यदि शरीरको प्रतिरोधात्मक प्रणाली सक्रिय भयो भने मस्तिष्कमा पनि त्यसको सञ्चार हुन्छ नै । त्यही सञ्चारकै कारण हामीलाई ज्वरो आउने लगायतको कुराहरू हुन्छन् । अर्कातर्फ इम्युन सेलहरूका लागि पनि मस्तिष्कले निर्देशित गरिरहेकै हुन्छ । यस अर्थमा हामीले मनोवैज्ञानिक हिसाबमा सोच्दा पनि शरीरका रोग प्रतिरोधात्मक कोषिकाहरूलाई पनि सकारात्मक क्रियाबाट स्वचालित हुने किसिमले सोच्न आवश्यक हुन्छ । हामी जति नकारात्मक सोच्छौं, जति डराउँछौं, जति डर मान्छौं यसले मस्तिष्कमा नकारात्मक तरंग सृजना गर्दछ र यसले झनै गाह्रो बनाउँन सक्छ । त्यसैले नकारात्मक सोच भन्दा पनि सकारात्मक सोच तथा उच्च मनोबलका साथ शारीरिक व्यायामसहितको सन्तुलित जीवन यापन गर्न सके उत्कृष्ट हन्छ ।

क्रमशः…
(हामी डा. सन्जिबसँगको यस अन्तर्वार्तालाई विषय बस्तुको प्रकृती र प्रसंगका आधारमा क्रमश: प्रस्तुत गर्दै जानेछौं )

सम्बन्धित समाचारहरु

ताजा समाचार