#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
मोरङ ।मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट शुक्रबार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय नागरिक पनि रहेका छन् ।मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजेटिभ आएको थियो ।सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।यस्तै नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।रासस

मोरङमा कोरोना सङ्क्रमणबाट एकै दिन तीन जनाको मृत्यु

फाइल फोटो

मोरङ ।

मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट शुक्रबार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय नागरिक पनि रहेका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजेटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।

यस्तै नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार