#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त भएका छन् ।नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो । धादिङ रुबीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिवसमेत हुन् ।नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रबर्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने फाउण्डेशनले विश्वास लिएको छ ।पछिल्लो समय फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले जानकारी दिइन् । यस्तै सामाजिक क्षेत्रसमेतमा फाउण्डेशनले काम गर्दै आएको छ ।

गिरिजाप्रसाद कोइराला (जिपी) फाउण्डेशन पर्यटन विभागका निर्देशकमा गुरुङ

काठमाडौं ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त भएका छन् ।

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो । धादिङ रुबीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिवसमेत हुन् ।

नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको अनुसन्धान, प्रबर्धन तथा विकासमा उल्लेख्य भूमिका खेल्ने फाउण्डेशनले विश्वास लिएको छ ।

पछिल्लो समय फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले जानकारी दिइन् । यस्तै सामाजिक क्षेत्रसमेतमा फाउण्डेशनले काम गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु