#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
नयाँ दिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १ सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या ५ लाख १७ लाख २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६ सय ८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।कुल सङ्क्रमित मध्ये अहिलेसम्म ४ लाख ६८ हजार १ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९ सय ३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४ सय २५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिएपनि अहिले पछिल्लो समयमा फेरि वृद्धि भएको छ ।तीव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई २ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५ सय रुपैयाँ मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर २ हजार बनाइएको हो । त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।–रासस/एएनआई

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १ सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या ५ लाख १७ लाख २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६ सय ८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल सङ्क्रमित मध्ये अहिलेसम्म ४ लाख ६८ हजार १ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९ सय ३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४ सय २५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिएपनि अहिले पछिल्लो समयमा फेरि वृद्धि भएको छ ।

तीव्र रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई २ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५ सय रुपैयाँ मात्रै रहेको जरिवानालाई एकाएक वृद्धि गरेर २ हजार बनाइएको हो । त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।–रासस/एएनआई

सम्बन्धित समाचारहरु