#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काभ्रे ।काभ्रेमा आज २६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज १५ जना निको भएका छन् । शुक्रबार ३६ जना थपिएका थिए । विहिबार ५० जना थपिएका थिए ।अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ३५९ पुगेको छ । संक्रमित मध्ये १ हजार ८८० जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १०, बनेपाका ९, पाँचखालका १, रोशीका २ , तेमालका १, चौरीदेउरालीका १ र मण्डनदेउपुरका २ जना रहेका छन् । अब जिल्लामा ४४६ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।काठमाडौं उपत्यकामा आज १ हजार १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ८२ हजार २७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ३८५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ११२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १ हजार ७७१ पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । आज १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३२३ छ ।आजको पिसिआर परीक्षण ८ हजार १४४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ५२ हजार ४३ रहेको छ । आज २४ हजार ९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काभ्रेमा आज २६ जना संक्रमित थपिए, १५ जना निको भए

काभ्रे ।

काभ्रेमा आज २६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज १५ जना निको भएका छन् । शुक्रबार ३६ जना थपिएका थिए । विहिबार ५० जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ३५९ पुगेको छ । संक्रमित मध्ये १ हजार ८८० जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १०, बनेपाका ९, पाँचखालका १, रोशीका २ , तेमालका १, चौरीदेउरालीका १ र मण्डनदेउपुरका २ जना रहेका छन् । अब जिल्लामा ४४६ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा आज १ हजार १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८२ हजार २७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ३८५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ११२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १ हजार ७७१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । आज १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३२३ छ ।

आजको पिसिआर परीक्षण ८ हजार १४४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ५२ हजार ४३ रहेको छ । आज २४ हजार ९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार