#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये औषधि उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी फाइजर र बायोएनटेक कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासनसँग आपतकालीन खोप प्रयोगका लागि अनुमति मागेको छ । शुक्रबार एक निवेदन दर्ता गर्दै कम्पनीले खोप प्रयोगका लागि अनुमति मागेको हो ।त्यस्तै नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छान्न महासंघ जुटेको छ । यहि मंसिर ११, १२ र १३ गते हुन गइरहेको महासंघको साधारण सभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष चयन गर्न सहमतिका लागि पूर्वअध्यक्षहरु लागि परेका छन् । तर सहमति जुट्ने सम्भावना अत्यान्तै कमजोर देखिएको छ ।चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका छन् । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका हुन् ।त्यस्तैगरी नेपालमा कुल जनसंख्याको करिब २ प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने सरकारले अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने सक्ने अनुमान सरकारले गरेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने बताए ।नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुल्ला गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रुपमा सुरुआत गरेसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । आजबाट खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरुलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/6EHFKIrN0rc?list=UUPEwoZthpr3YZzrvlowpqgw

कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजरले माग्यो अनुमतिदेखि नेपालमा कुल जनसंख्याको २ प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने अनुमानसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये औषधि उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी फाइजर र बायोएनटेक कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासनसँग आपतकालीन खोप प्रयोगका लागि अनुमति मागेको छ । शुक्रबार एक निवेदन दर्ता गर्दै कम्पनीले खोप प्रयोगका लागि अनुमति मागेको हो ।

त्यस्तै नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छान्न महासंघ जुटेको छ । यहि मंसिर ११, १२ र १३ गते हुन गइरहेको महासंघको साधारण सभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष चयन गर्न सहमतिका लागि पूर्वअध्यक्षहरु लागि परेका छन् । तर सहमति जुट्ने सम्भावना अत्यान्तै कमजोर देखिएको छ ।

चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका छन् । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका हुन् ।

त्यस्तैगरी नेपालमा कुल जनसंख्याको करिब २ प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने सरकारले अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने सक्ने अनुमान सरकारले गरेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने बताए ।

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुल्ला गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रुपमा सुरुआत गरेसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । आजबाट खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरुलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार