#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
काठमाडौं । चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका हुन् । नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोलिरहेका बेला नेता पाण्डेलाई कमिटीभन्दा बाहिरबाट आएका १५ २० जनाको समूहले बैठकमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओली विरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए ।

पूर्व अर्थमन्त्री एवं नेकपा नेता पाण्डेमाथि आफ्नै कार्यकर्ताबाट दुर्व्यहार

फाइल फोटो

काठमाडौं । चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका हुन् । नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोलिरहेका बेला नेता पाण्डेलाई कमिटीभन्दा बाहिरबाट आएका १५ २० जनाको समूहले बैठकमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओली विरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार