#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी कार्यक्रम एवं विकास आयोजनाहरुको अनुगमन गर्न गएका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे विरुद्ध गरिएको दुर्व्यहारकाे घटनाले गम्भीर बनाएको बताएका छन् । शनिबार साँझ प्रेस बक्तव्य जारी गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् । उनले जारी गरेको बक्तव्यमा भनिएको छ–‘विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।’साथै कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा गरिएको अभद्र व्यवहार निन्दनीय भएको उनको भनाइ छ । उनले भनेका छन्–‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछु ।’ साथै वरिष्ठ नेता खनालले उक्त घटनाप्रति ध्यानाकर्षण भएकाे बताएका छन् । उनले जारी गरिएको बक्तव्यमा भनिएको छ–‘कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।’ वरिष्ठ नेता खनालले पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।चितवनमा नेकपाका प्रधानमन्त्री केपी शर्मा अ‌ाेली निकटका कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यहार गरेका थिए । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुर्व्यहार गरेका थिए । नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोलिरहेका बेला नेता पाण्डेलाई कमिटीभन्दा बाहिरबाट आएका १५ २० जनाको समूहले बैठकमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओली विरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए ।

चितवन घटनाप्रति वरिष्ठ नेता खनालको ध्यानाकर्षण

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी कार्यक्रम एवं विकास आयोजनाहरुको अनुगमन गर्न गएका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे विरुद्ध गरिएको दुर्व्यहारकाे घटनाले गम्भीर बनाएको बताएका छन् । शनिबार साँझ प्रेस बक्तव्य जारी गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् । उनले जारी गरेको बक्तव्यमा भनिएको छ–‘विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।’

साथै कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा गरिएको अभद्र व्यवहार निन्दनीय भएको उनको भनाइ छ । उनले भनेका छन्–‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछु ।’ साथै वरिष्ठ नेता खनालले उक्त घटनाप्रति ध्यानाकर्षण भएकाे बताएका छन् । उनले जारी गरिएको बक्तव्यमा भनिएको छ–‘कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।’ वरिष्ठ नेता खनालले पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।

चितवनमा नेकपाका प्रधानमन्त्री केपी शर्मा अ‌ाेली निकटका कार्यकर्ताले पूर्वअर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यहार गरेका थिए । शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुर्व्यहार गरेका थिए । नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोलिरहेका बेला नेता पाण्डेलाई कमिटीभन्दा बाहिरबाट आएका १५ २० जनाको समूहले बैठकमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओली विरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार