#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार