#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।गीतकार विनिता खनालको विवाह सम्बन्धि गिती एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यस एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।एल्बम सार्वजनिक कार्यक्रममा यी पाँचवटै गीतका भिडियोसमेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा, दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।दिपेन गौतम माइकल प्रोडक्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर रहेको भिडियोका असिस्टेन्ट डाइरेक्टर साइव्रत आचार्य हुन् । त्यस्तै, भिडियोकी क्रियटिभ डाइरेक्टरको रुपमा जया शर्मा छिन् । दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् । 

विवाह सम्बन्धी पाँच गीत समावेश ‘लगनगाँठो’ सार्वजनिक (भिडियो)

काठमाडौं ।

गीतकार विनिता खनालको विवाह सम्बन्धि गिती एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यस एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

एल्बम सार्वजनिक कार्यक्रममा यी पाँचवटै गीतका भिडियोसमेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।

पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा, दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

दिपेन गौतम माइकल प्रोडक्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर रहेको भिडियोका असिस्टेन्ट डाइरेक्टर साइव्रत आचार्य हुन् । त्यस्तै, भिडियोकी क्रियटिभ डाइरेक्टरको रुपमा जया शर्मा छिन् । दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार