तपाईंलाई कसले कँज्याएको हो !

तपाईंलाई कसले कँज्याएको हो !


  • रमेश भट्टराई ‘सहृदयी’

कसैले मुहारपुस्तिका (फेसबुक) मा लेखेको विचार (स्टाटस) बडो दिलचस्पी लाग्यो– “कोरोना कम ठूलो हुन्छ । आखिर त्यसलाई लिन गएपछि मात्रै आउने रे । म त घरदेखि बाहिरै निस्कन्न । खुब भाउ खोज्ने रहेछ । म त लिन जाँदै जाँदिन ।”

सरकारले घरमै बस्ने अवस्था (लकडाउन) अर्थात् सङ्कटको निषेधाज्ञा जारी ग¥यो तर अवज्ञा गर्नेहरूको एउटा सोच देख्दा अब कफ्र्युको खाँचो हो भन्ने पनि लाग्छ । कृपया हामी त्यहाँसम्मको मूर्ख नबनौँ : विशेष गरेर प्रदेश नम्बर २ का जनताहरूमा यो कुरा आवश्यक देखिन्छ । आखिर सुरक्षा कसका लागि ? के तपाईँ हामीलाई कसैले कँज्याउन चाहेर घरमा कँज्याएको हो र ? आखिर यो सङ्कटको अवस्था नेपालको पेवा पनि त होइन । यो मानव मात्रको कल्याणका लागि विश्वव्यापी बाध्यता हो । अब त अझ प्राणी मात्रको भन्ने अवस्था पनि भइरहेको लाग्छ । हालै कुकुर, सालकमा पनि यो रोगको लक्षण देखिइसकेका छन् । हुनलाई यो सानो सङ्कट कि त लापरबाही, कि त अनजानीबाट या अटेरीका कारण तिल नै पहाड भइदियो । आज विश्वव्यापी रूपको भयङ्कर महामारी बन्न पुग्यो ।

नेपालमा कोरोना सङ्क्रमित भनिएका बिरामी सबै बाहिर देशबाट नेपाल आएका मानिस हुन् । यसर्थ सरकारलाई धन्यवाद दिनुपर्छ किनकि समयमै सचेतता अपनायो । घरमै बस्ने अवस्था (लकडाउन) को नीतिलाई समयमै अपनायो । धेरै राम्रो काम गरेको छ । अब भारत तथा चीनबाट सामान ढुवानी गर्दा पनि ख्याल गरियोस् । सिङ्गो ढुवानीको सामग्री, व्यक्ति तथा अन्य सबै कुरामा सचेतता अपनाउनै पर्ने देखिन्छ । कोरोना सुरु भएको चीनको वुहानमा अहिले ट्राफिक जाम बढिसकेको तथा त्यहाँ उल्लेख्य सुधार भएका समाचार आइरहेका छन् ।

अमेरिकाले लापरबाही गरेकै हो । त्यहाँबाट एकजना मेरा आफन्तले भन्दै हुनुहुन्थ्यो– “यहाँका पसलहरू खुलै छन् । मानिसहरू ओहोरदोहोर गरिरहेका छन् । यहाँ स्कुलहरू मात्र बन्द भएका हुन् तर हस्पिटलमा डाक्टरहरू स्वास्थ्य परीक्षण गराउन जाँदा तर्किन्छन् ।” अमेरिकामा हालै ८५ हजार सङ्क्रमित भइरहँदा यो तथ्याङ्कले त्यहाँको बेवास्ता र लापरबाहीलाई पुष्टि गर्छ । विश्वमा २४ हजार ७० जना मानिसको ज्यान गइसकेको दुःखद् समाचार छ । बितेको २४ घण्टामा मात्रै विश्वमा ६० हजार ६ सय ६३ जना सङ्क्रमित भएका तथा २ हजार ७ सय ८८ जनाको मृत्यु हुनुले भयबोध गराइरहँदा उपचार भएर घर फर्केका पनि धेरै छन् । चीनले उल्लेख्य रूपमा आपूmलाई सुधार गरिसकेको छ । ऊ सचेत भएकैले त्यहाँ सुधार भइरहेको हो । मननीय विषय : मानिस मरेका मात्र होइन निको भएर घर पनि गइरहेका छन् ।

घरमै बस्नुपर्ने यो अवस्थाका बीचमा गरिब, असक्त अर्थात् अत्यावश्यकीय समस्यामा जेलिने अमानवीय सङ्कटका पक्षमा सरकारले ध्यान पु¥याउनु पर्छ । देशमा अप्ठ्यारोमा सरकारले सहयोग गर्छ भन्ने आभास दिलाउनु सरकारको प्रमुख कर्तव्य हो । दूतावासले विदेशमा अलपत्र नेपालीका अवस्थाप्रति ख्याल गर्नु आवश्यक छ । निम्न आय भएका र दिनमा मजदुरी गरेर छाक टार्ने बाध्यता भएकालाई यो अवस्थामा आधारभूत आवश्यकताका लागि मानवीय सहयोगको हात अघि बढाऔँ । यो पुण्य कमाउने अवसर पनि त हो । तिनका बारेमा हुने र सक्नेले सकारात्मक नियममा रहेर सहयोग गरौँ ।

कोरोना भाइरस त एउटा बाध्यता हो तर नेपालीहरू कुनै पनि ठाउँमा अलपत्र भइरहँदा तिनको उद्धार गर्नु, गरिब, असक्त तथा असहायका निम्ति द्रुत योजना बनाएर कमसेकम आधारभूत आवश्यकतामा ध्यान दिने कुरामा देशका सहयोगी संस्थाले पनि त साथ दिनुपर्ने होइन र ! धेरैको सङ्ख्यामा सुविधा पाइरहेकालाई मात्र हेरेर अल्पसङ्ख्यक गरिब, भरिया, मजदुरहरूका दशालाई बेवास्ता गरिनुहुन्न । यो सङ्कटको समय अवश्य हो तर थप अर्को कृत्रिम सङ्कटमा जेलाएर मानिसले तड्पनु पर्ने भयो भने त्यो कार्यलाई सुरक्षित कदम हो मात्र भनिरहन मिल्दैन । तब त त्यो कार्य अमानवीय व्यवहार साबित हुनेछ । महङ्गी, कालोबजारी, मेडिकल माफिया जस्ता हर्कत गर्नेलाई तत्काल नियन्त्रण गर्ने संयन्त्र बनाइनु वर्तमान आवश्यकता हो ।

कोही सङ्कटकालीन चपेटामा रहेर जीवन–मरणको दोसाँधमा प्राणको भिख मागिरहँदा कोही एउटा मानव प्रतिबिम्ब चाहिँ कसरी दानवको हर्कत देखाउन तम्सिन्छ ? के संसारमा पैसाको लक्कुभन्दा प्राण प्यारो होइन र !

हिजो भूकम्प र नाकाबन्दीका समयमा देखिएका लाञ्छित व्यवहार आजको विश्वव्यापी सङ्क्रमणमा पनि देखिएका छन् । सवारी चलेका समयमा कसैले बढी भाडा असुल्न भ्याए, स्वास्थ्य क्षेत्रमा माक्स, सेनेटाइजर लगायतका वस्तुमा कालोबजारी गरेका, ग्याँस, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा भित्रभित्रै मनोमानी मूल्य निर्धारण गर्दै सर्वसाधारणलाई ठगेका घटनादेखि झुटा अपवाह र समाचार सम्प्रेषण गरेर भाइरसको निहुँमा भाइरल हुनेको चर्को लर्कोले पनि नछोडेको कुराले अमानवीय हर्कतलाई बोध गराउँछ । सरकार र सुरक्षा निकायले सबैतिर आँखा पु¥याउनु आवश्यक छ । खुला फोन नम्बर दिएर त्यस्ता कार्यमा खबरदारी गर्न उपभोक्ताकै साथ लिनु सान्दर्भिक रहन सक्छ ।

सरकार सचेत रहोस् तर यो दुःखद् संवेदनामा पनि भूकम्पमा जसरी नक्कली पीडित बनेर त्रिपाल र एक बोरा चामल उठाउन लामबद्ध बन्ने सोच भएका धनाढ्यको गरिब मन अघि सर्न सक्छ । कडा नियम लागू गरौँ । यो सङ्कटको समय हो । मेडिकल माफियादेखि कालाबजारी र मौकामा मुख बाउनेहरूको कमी नहुने रहेछ, दुःखको कुरा हो । यद्यपि सहयोगी, मनकारीको पनि कमी छैन तिनलाई समर्थन गरौँ– खुशीको कुरा हो । सरकारको यो काम हामी सबैको हितमा छ । एसईई रोकेर, लोकसेवाका परीक्षा रोकेर, त्रि.वि. लगायतका परीक्षादेखि सभा, सम्मेलन, सीमा नाका अनि घरमा बस्ने नियम (लकडाउन) जारी गरेर सरकारले बेलैमा बुद्धि पु¥याएको छ, अब सहयोगी बनौँ । सहजमहजमा हो अन्तर्विरोध यतिखेर सबैको उद्देश्य बाँच्नु हो र बचाउनु हो । कुरो सानो भाइरसको हो जो आपैmँमा जीवित पनि होइन । हामीले चाहँदा मर्छ र चाहँदा पैmलन्छ ।

दुःखको कुरा सरकारले निषेधाज्ञा जारी गरिरहँदा जावलाखेलको सेन्ट जे भियर स्कुलले सरकारको नियमको उल्लङ्घन गरेर प्रवेश परीक्षाका लागि निकै ठूलो भीड लगाउन भ्यायो । अभिभावक पनि यति अचम्मका मानौँ त्यो कुनै मेला जस्तै थियो । त्यो लकडाउनको आदेश दिने सिंहदरबारको मुखैमा रहेको स्कुलले गरेको यो कार्यलाई आखिर सरकारले कसरी हे¥यो ? सरकारले चैत्र ५ गतेसम्ममा कक्षा ९ सम्मको परीक्षा सक्नु भन्यो, भर्ना अभियान नचलाउन भन्यो तर धेरै सामुदायिक विद्यालयले यो अवस्था र आदेशलाई माने पनि निजी विद्यालयका धेरैले अवज्ञा गर्ने जमर्को गर्न भ्याएका थिए । जब कि सरकारले प्रवेश परीक्षाभन्दा ठूला–ठूला परीक्षा त रोकिसकेको थियो । ठूला–ठूला भनिएका नाम कहलिएका निजी विद्यालयले जनतासँग कसरी कमाउ धन्दा पासो फाल्छन् त्यो अर्को खोजको विषय बन्ला । यद्यपि संसारको परिस्थितिमा साथ दिने कि पैसै मात्र हेर्ने भन्ने अर्को विषय गम्भिर हो ।
हामी कस्ता मान्छे ?

कोरोना आज विश्व मानव समाजलाई मानवतारूपी साझा सोचको झन्डामुनि रहने सन्देश दिइरहेको छ । प्राकृतिक जीवन र पृथ्वीरूपी घरमा बन्धुत्वलाई बोध पनि गराइरहेको छ । बाँच अनि बचाउको सचेतताको स्वरमा एकत्रित गर्दैछ । अलिकति शाकाहारी जीवन र स्वच्छ विचारमा जिउन, ग्रामीण समाजमा रम्न, पारिवारिक एकत्वमा जम्न सिकाउँदै छ । यो बाध्यताभित्रको एउटा राम्रो पक्ष पनि हो । अनि, डराएर होइन सचेत भएर जुध्न सिकाइरहेको छ । तर, यो युद्धमा सचेतनाका साथमा हतियारको खोजी गर्नु नै ठूलो कार्य हो ।

के हाम्रो देशले सधैँ अर्काले औषधी खोजिदेला र हामी जोगिउँला मात्र भन्ने हो त ? के हाम्रो सरकारले, कुनै जानकार वा विज्ञ वा जिज्ञासु वा सचेतकले कोरोना रोगलाई निको तुल्याउने औषधी खोज्ने कदम पनि चालेको छ ? दुःखको कुरा हामी नेपालीहरूमा उत्पादनको प्रयोग गर्ने कुरामा सधैँ परजीवी सोचबाट ग्रसित पनि त छौँ । हाम्रो देश जडिबुटीको खानी हो । यहाँको माटो र प्रकृति नै औषधीको भण्डार हो भने यतिखेर आयुर्वेदिक होस् या अन्य कुनै प्रकृतिका अध्येता : तिनलाई औषधी निर्माणार्थ सहयोग गरौँ । काम गरिसक्दा सफल नै हुनुपर्छ भन्ने होइन तर कोसिस गरौँ अनि काम गर्नेलाई प्रोत्साहन गरौँ ।

नेपालमा विश्वविद्यालयमा थुप्रै अनुसन्धान हुन्छन् । ठूला–ठूला थेसिस लेख्न लगाइन्छ । सरकारले ल्याबका लागि खर्च गरेकै होला त । अनि ती विद्वत् वर्ग र अनुसन्धाताले के यतिखेर यस्ता भाइरसको रोकथामका लागि भनेर कुनै अनुसन्धान गर्दैछन् ? के सरकार र सम्बन्धित निकायले यस विषयमा पनि ध्यान दिनुपर्ने होइन । के थेसिस लेख्ने, अनुसन्धान गर्ने र गराउने भनेको हतार–हतार कालो मुखपृष्ठको बाक्लो गत्तामा शीर्षक राखेर टाकनटुकन पार्ने हो ? अनि प्राविधिक र व्यावसायिक शिक्षाका ठूला कुरा गरेर मात्र परिवर्तनकारी र समाजवाद उन्मुख समृद्ध मुलुकका जनता बन्न सकिएला ? यो समय सरकार, धनाढ्य, विद्वान् तथा बुद्धिजीवी अनि अनुसन्धाता ल्याबमा तल्लिन हुनुपथ्र्यो, खोज्नुपथ्र्यो । केही नयाँ काम गर्नुपर्ने हो । यहाँ त विद्वान् प्राध्यापक डाक्टरहरू सरकारको क्वाटरभित्र क्वारेन्टाइनमा बसेका हुनन् अनि संसारका अनुसन्धानमा ठूला–ठूला कार्यपत्र तयार पारेर गफ गर्दा हुनन् । पुरानो संस्कार ।

विश्व अर्थतन्त्रलाई भाइरसले नकारात्मक असर पारिरहँदा आर्थिक मन्दीको अर्को सन्त्रासलाई सहजै पूर्वानुमान गर्न सकिन्छ । सन् २००३ मा सार्स भाइरसका कारणले विश्व अर्थतन्त्रलाई १ प्रतिशतले कमी तुल्याएको थियो । मानिसमा यतिखेर बाँच र बचाउको साझा नारा घन्किँदै छ । देशभरि, संसारभरि, घरघरमा, व्यक्ति व्यक्तिको दिलमा एउटै समस्याले गाँजिरहँदा यसको औषधी खोज्नु एउटा आवश्यकता हो भने अर्को अवसर पनि हो ।

ठोकुवा गरेरै भन्न सकिन्छ जुन देशले कोरोना विरुद्धको औषधी खोज्छ उसले विश्वमा नाम र दाम दुवै कमाउनेछ । यतिखेर संसार हतियारविनाको लडाइँमा केवल सतर्कताको, प्राथमिक उपचारमै चित्त बुझाउन विवस छ । के माक्सले कोरोना छेकिन्छ त ? अनि कति समय माक्स लगाएर, घरमा बसेर हामी नेपाली बाँच्न सक्छौँ ? के यो समस्या महिनौँ या वर्षौँसम्म चल्ने भयो भने हामी कसैले कोरोनाको औषधी बनाइदेला अनि लगाउँला वा खाउँला भन्ने कि ? कि हाम्रो त क्षमतै छैन भन्ने कि ? अनि, सास रहुन्जेलको आशमा बाँच्नु पर्दाको पीडा अझ भयानक हुँदैन र ।

यो सङ्कटलाई केही दिनको पाहुना थियो भन्ने अवस्थामा पु¥याउने खुबी हरेक मानिसमा छ । यतिखेर संसारले एउटै आवाजलाई बुलन्द गर्नु सबैभन्दा हितकारी छ । नियममा रहँदा बाँच र बचाउको एउटा आवाज गुञ्जायमान हुन्छ । आखिर कसैलाई मार्ने कि कसैको सेवा गर्ने भन्ने दायित्व हरेक मानिसको हो । विश्व नै एउटा घर हो भन्ने भावनालाई बोध गर्नु हरेक मानिसको दायित्व हो । यो नियम, घरवासको नियम कसैलाई कँज्याउन, बाध्यकारी बनाउने कानुन होइन । यो हाम्रै सुरक्षाका लागि हो भन्ने बोध गर्नु प्रत्येक मानव मात्रको आजको सचेतनाको परीक्षा हो । यसर्थ हामीले घरमै बस्नुपर्ने नियमलाई अरू कसैले जन्माएको होइन केवल यो कोभिड १९ ले नै हो । यसलाई त ज्ञान सिक्ने अवसर बनाऔँ ।

पुस्तक पढौँ । नयाँ सिर्जना गरौँ । त्यसैले नियम नमान्नेलाई सबै मिलेर खरबदारी पनि गरौँ र कसैलाई अभावमा रहने अवस्था नआओस् भनेर सेवा गरौँ ।

[email protected] 

 

Logo